Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home स्वास्थ्य

खाँडादेवीमा खुल्यो नागरिक आरोग्य सेवा केन्द्र

संवादाताः हाम्रो प्रहार
माघ १६, २०७७

रामेछाप– खाँडादेवी गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना भएको छ । बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तरगत जिल्ला आयुर्वेद रामेछापले संचालन गर्ने गरी खाँडादेवी गाउँपालिकाको वडा नं ८ गागल भदौरेमा सेवा केन्द्रको स्थापना भएको हो ।

आयुर्वेदिक पद्धतिबाट उपचार सहितको योगाभ्यास समेतका सेवा दिने गरी स्थापना भएको सेवा केन्द्रको बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले शुक्रबार उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री ढुङ्गेलले हरेक नागरिकलाई स्वस्थ बनाउनको लागि गाउँ–गाउँमा स्वास्थ्य सेवाहरु पुर्‍याउने अभियान सरकारको भएकाले गाउँमै नागरिक आरोग्य सेवा केन्द्रको स्थापना भएको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री ढुङ्गेलले प्रदेश सरकारकै आर्थिक सहयोगमा नव निर्मित सामुदायिक स्वास्थ्य केन्द्रको भवनमा आरोग्य सेवा केन्द्र पनि सञ्चालनमा आउँदा नागरिकलाई स्वास्थ्य सेवा लिन धेरै सजिलो हुने विश्वास व्यक्त गरे । उनले खाँडादेवी गाउँपालिकाका नागरिकलाई सेवा दिने गरी स्थापना भएको नागरिक आरोग्य सेवा केन्द्रलाई थप व्यवस्थित बनाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

आयुर्वेदिक उपचार र योगाभ्यासलाई गाउँ–गाउँमा लैजाने तयारीमा सरकार लागेको पनि मन्त्री ढुङ्गेलले बताए ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि एवं जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले गाउँमै आयुर्वेदिक पद्धतिको उपचार सेवा पाउँदा स्थानीयलाई स्वास्थ्य उपचारका लागि थप सहयोग पुगेको बताए । प्रमुख खड्काले आयुर्वेदिक पद्धतिबाट उपचार गर्दा कम खर्चिलो हुने र रोगहरु पनि सहजै निको हुने भएकाले नागरिक आरोग्य सेवा केन्द्रबाट प्रवाह हुने सेवाको बारेमा आम नागरिकलाई जानकारी गराउनु पर्नेमा जोड दिए ।

खाँडादेवी गाउँपालिकामा स्थापना भएको नागरिक आरोग्य सेवा केन्द्रबाट निःशुल्क स्वास्थ्य परिक्षण, निःशुल्क औषधी वितरण र योगाभ्यास सहितका सेवाहरु प्रवाह हुने जिल्ला आयुर्वेद स्वाथ्य केन्द्र रामेछापका प्रमुख डा. नरेन्द्र प्रसाद गिरीले बताए । जिल्ला आयुर्वेद स्वाथ्य केन्द्र रामेछापमा अत्याधुनिक अस्पताल बनाउन तयार पारिएको डीपि आर पनि त्यही कार्यक्रममा मन्त्रीलाई बुझाइएको प्रमुख डा. गिरीले बताए ।

नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको भवन बनाउन निःशुल्क १ रोपनी जग्गा दिने उदय बहादुर भण्डारीलाई आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

खाँडादेवी गाउँपालिका वडा नं ८ का वडाध्यक्ष इन्द्र बहादुर तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा खाँडादेवी गाउँपालिकाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, स्थानीय लगायतको सहभागिता रहेको थियो ।

Related Posts

रामेछापमा कोरोना विरुद्धको दोस्रो चरणको खोप आइतबार देखि लगाइने
समाचार

रामेछापमा ६६ हजारले लगाए कोरोना विरुद्धको खोप, पूर्ण खोप लगाउनेको संख्या ४४ प्रतिशत

संवादाताः हाम्रो प्रहार
मंसिर ८, २०७८
0

रामेछाप– रामेछाप जिल्लामा दश महिनाको अवधिमा ६६ हजार भन्दा बढी नागरिकले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । २०७७ माघको...

पुरा पढ्नुहोस्
नि:शुल्क स्वास्थ्य परिक्षण एवं रक्तदान कार्यक्रम सम्पन्न
समाचार

नि:शुल्क स्वास्थ्य परिक्षण एवं रक्तदान कार्यक्रम सम्पन्न

संवादाताः हाम्रो प्रहार
साउन १८, २०७८
0

दुर्गा भुजेल काठमाडौ- एबि इन्टरनेशनल क्लव र नेपाली प्रबासि समाजको संयुक्त रुपमा आयोजित निशुल्क भोजन , स्वास्थ्य शिबिर ,एबं रक्तदान...

पुरा पढ्नुहोस्
नेपाली काँग्रेस लिखुतामाकोशी–काठमाण्डौ सम्पर्क समितिद्वारा स्वास्थ्य सामग्री वितरण
समाचार

नेपाली काँग्रेस लिखुतामाकोशी–काठमाण्डौ सम्पर्क समितिद्वारा स्वास्थ्य सामग्री वितरण

संवादाताः हाम्रो प्रहार
जेष्ठ १४, २०७८
0

रामेछाप– नेपाली काँग्रेस लिखुतामाकोशी–काठमाण्डौ सम्पर्क समितिले पालिकाका सबै वडामा व्यक्तिगत स्वास्थ्य सुरक्षका सामग्री, मेडिकल उपकरण र औषधि वितरण गरेको छ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper