Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापमा ६६ हजारले लगाए कोरोना विरुद्धको खोप, पूर्ण खोप लगाउनेको संख्या ४४ प्रतिशत

संवादाताः हाम्रो प्रहार
मंसिर ८, २०७८

रामेछाप– रामेछाप जिल्लामा दश महिनाको अवधिमा ६६ हजार भन्दा बढी नागरिकले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । २०७७ माघको दोस्रो साताबाट लगाउन सुरु गरिएको कोरोना भाइरस विरुद्धको खोप विभिन्न समयमा गरेर दश महिनाको अवधिमा ६६ हजार २ सय १९ जना नागरिकले लगाएका छन् । जसमा पूर्ण खोप अर्थात पहिलो र दोस्रो खोपको मात्रा लगाउने ६० हजार ६ सय ४३ जना रहेका छन् । यसरी तथ्यांकमा हेर्दा जिल्लामा पहिलो खोप लगाउनेको संख्या ४८ दशमलव ०८ प्रतिशत रहेको छ भने पूर्ण खोप अर्थात पहिलो र दोस्रो खोप लगाउनेको संख्या ४४ दशमलव ०३ प्रतिशत रहेको छ । स्वास्थ्यको मापदण्ड अनुसार १८ वर्ष भन्दा माथिका उमेर समूहले मात्रै कोरोना भाइरस विरुद्धको खोप लगाउन मिल्ने भएकाले रामेछापमा १८ वर्ष भन्दा माथि उमेर समूहका ४४ दशमलव ०३ प्रतिशतले पूर्ण खोप लगाएका हुन् ।

पूर्ण खोप लगाउनेको संख्या सबै भन्दा बढी मन्थली नगरपालिकामा

दुई नगरपालिका र ६ गाउँपालिका रहेको रामेछाप जिल्लामा सबै भन्दा बढी खोप लगाउनेको संख्या मन्थली नगरपालिकामा रहेको छ । मन्थली नगरपालिकामा पूर्ण खोपको मात्रा लगाउनेको संख्या १६ हजार ३९ जना अर्थात ५१ दशमलव ४७ प्रतिशत रहेको छ । त्यस्तै रामेछाप नगरपालिकामा पूर्ण खोप लगाउनेको संख्या ८ हजार ५ सय १९ अर्थात ४२ दशमलव १३ प्रतिशत रहेको छ ।

खाँडादेवी गाउँपालिकामा ७ हजार ५६ जना अर्थात ४० दशमलव ४७ प्रतिशतले पूर्ण खोपको मात्रा लगाएका छन् । त्यस्तै दोरम्बा शैलुङ गाउँपालिकामा पूर्ण खोप लगाउनेको संख्या ६ हजार ९ सय ४३ अर्थात ४५ दशमलव ४२ प्रतिशत रहेको छ ।

गोकुलगंगा गाउँपालिकामा पूर्ण खोप लगाउनेको संख्या ६ हजार ६२ जना अर्थात ४४ प्रशित रहेको छ । लिखुतामाकोशी गाउँपालिकामा पूर्ण खोपको मात्रा लगाउनेको संख्या ५ हजार ८ सय ५६ जना अर्थात ३७ दशमलव ६५ प्रतिशत रहेको छ ।

उमाकुण्ड गाउँपालिकामा पूर्ण खोपको मात्रा लगाउनेको संख्या ५ हजार ८६ अर्थात ४२ दशमलव २ प्रतिशत रहेको छ । त्यस्तै सुनापति गाउँपालिकामा पूर्ण खोप लगाउनेको संख्या ५ हजार ८२ अर्थात ४१ दशमलव ५२ प्रतिशत रहेको छ ।

पहिलो खोपको मात्रा लगाएर दोस्रो खोप नलगाउनेको संख्या ५ हजार ५ सय ७६ देखिएको भएपनि यि मध्ये अधिकासंले जिल्ला बाहिर नै खोपको दोस्रो मात्रा लगाइसकोको स्वास्थ्य कार्यालय रामेछापको दावी रहेको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार खोपको पहिलो मात्रा लगाएका केही मानिसहरुले विभिन्न कारणले गर्दा दोस्रो मात्रा नलगाएको भएपनि अधिकासंले अन्य जिल्लाबाट पूर्ण खोपको मात्रा पुरा गरिसकेका छन् ।

रामेछाप जिल्लामा हाल सम्म विभिन्न देशले तयार पारेका कोभिसिल्ड, भेरोसेल, एस्ट्राजेनेका र जोन्सन एण्ड जोन्सन खोप लगाइएको छ ।

प्रहार खबर साप्ताहिकमा २०७८ कार्तिक २८ गते आइतबार प्रकाशित

Related Posts

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper