Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

साँघुटारको हिमगंगा उमाविसँग भौतिक निर्माणको हिसाब सार्वजनिक गर्न स्थानीयको माग

संवादाताः हाम्रो प्रहार
माघ १६, २०७७

रामेछाप– रामेछाप नगरपालिकाको वडा नं ३ साँघुटारमा रहेको हिमगंगा उमाविलाई भौतिक संरचना निर्माण गर्दा भएको खर्च विवरण सार्वजनिक गर्न माग गर्दै स्थानीयले विद्यालयलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । विहिबार स्थानीय नवराज ढकाल र मनोज खड्का सहितको टोलीले २०७६ साल देखि हाल सम्म विद्यालयमा निर्माण भएका भौतिक संरचनाको हिसब चाडो भन्दा चाडो अभिभावक माझ सार्वजनिक गर्न माग सहित ८ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

विद्यालयलाई नमूना बनाउनको लागि स्थानीयहरुले सहयोग गर्दा गर्दै विद्यालय प्रशासन, विद्यालय व्यवस्थापन समिति र लेखापालले अभिभावकलाई उपेक्षा गरेर अगाडि बढेको कारण विद्यालयमा हुने रहेक गतिविधिलाई पारादर्शिता बनाउनको लागि आफूहरुले नेतृत्व गरेर ध्यानाकर्षण पत्र बुझाएको मनोज खड्काले बताए । उनले भने– ‘२०७६ साल देखि विद्यालयमा निर्माण सम्पन्न भइसकेका र निर्माण कै क्रममा रहेका भौतिक संरचनाको हिसाब अहिले सम्म स्थानीयलाई देखाइएको छैन् । विद्यालयको लागि आवश्यक पर्ने शौचालय निर्माण गर्न विना प्रतिस्पर्धा पाँच लाखकमा काम भइरहेको छ, जुन काम गर्न त्यहीका स्थानीयले ४ लाखमा गर्छौ भनेका थिए । तर, स्थानीयको मागलाई बेवास्ता गर्दै पाँच लाख मै निर्माण कार्य भइरहेको छ । यसरी कम पैसामा गर्छौ भनेर स्थानीयले भन्दा बढी पैसामा काम दिनु भनेको विद्यालयमा भएको पैसा माथि आर्थिक अनियमितता गर्न खोज्नु हो । यस अघि पनि एक विद्यालय निर्माणको लागि  विद्यालय प्रशासनको मिलेमतोमा १४ लाखमा निर्माण गर्न दिएको र उक्त निर्माण कार्यलाई रोकेर हाम्रै पहलमा ११ लाख ८५ हजारमा काम गरायौँ, त्यतिबेला हाम्रो कारणले विद्यालयको दुई लाख १५ हजार जोगायौँ । तर, यस वर्ष भने हामी सफल भएनौँ । जसको कारण विद्यालयलाई आर्थिक भार बढेको छ ।’

विद्यालयका प्रधानाध्यापक अनिरुद्र सुवेदीले स्थानीय सहितको सहभागितामा दिएको ध्यानाकर्षण पत्र विद्यालयको लागि स्वागतयोग्य भएको बताउँदै ध्यानाकर्षण पत्रमा उल्लेख भएका विषय बस्तुमाथि विद्यालय व्यवस्थापन समिति र निदेकहरुलाई समेत राख्ने गरी बैठक राखेर छलफल भएको बताए । उनले भने– ‘विद्यालयमा भएका विभिन्न गतिविधिमा उहाँहरुले उठाउनु भएका बिषयबस्तु स्वागतयोग्य छन् । सोही विषयमा हामीले निवेदक र विद्यालय व्यवस्थापन समितिलाई राखेर बैठक गर्न खेजेका थियौँ तर निवेदकहरुको काम परेको भन्दै आउनु भएन् । उहाँहरु नआएपनि ध्यानाकर्षण पत्रमा उल्लेख भएका ८ बुदाको विषयमा छलफल गरेका छौँ ।’

विना प्रतिस्पर्धामा शौचालय निर्माण गर्न दिएको विषयमा भने विद्यालय व्यस्थापन समितिले निर्णणय गरेर दिएकाले उहाँहरुले भनेजस्तो आर्थिक अनियमितता नभएको प्रअ सुवेदीले दावी गरे । पाँच लाख भन्दा कम लागतमा निर्माण गर्छौ भनेर आधिकारिक रुपमा कसैले पनि नभनेको उनले बताए । ध्यानाकर्षण पत्रमा लेखिएका सबै विषयका बारेमा जानकारी गराउने गरी फागुन १२ गते अभिभावक भेला गर्ने गरी विद्यालय व्यवस्थापन समितिले शुक्रबार निर्णय गरेको पनि प्रअ सुवेदीले जानकारी दिए ।

उता निदेनका विषयमा छलफलका लागि शुक्रबार विहान ११ बजे आफूहरुलाई बोलाईएको र त्यहि समयमा विद्यालयमा गएर साँढे ११ बजे सम्म बस्दा सरोकारवालाहरु नआएपछि आफूहरु हिडेको निदेक मनोज खड्काले बताए । ‘हामी आधा घण्टा बस्यौँ उहाँहरु कोही पनि आउनु भएन, हामी साँघुटार बाहिर गएको चाल पाएपछि मात्रै उहाँहरुले छलफलका लागि बोलाउनुभयो । अनि हामी कसरी जान सक्छौँ र ?’

स्थानीयले बुझाएको ध्यानाकर्षण पत्र

Related Posts

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते
समाचार

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते

संवादाताः हाम्रो प्रहार
फाल्गुन १८, २०८२
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीको सिरुबारीमा निर्वाचन सामाग्री सहित निर्वाचन कर्मचारी बोकेको मिनीट्रक दुर्घटना हुँदा दुई जनाको...

पुरा पढ्नुहोस्
संजय बुढाथोकीको संयोजकत्वमा ८ सय १ जनाको समिति
समाचार

संजय बुढाथोकीको संयोजकत्वमा ८ सय १ जनाको समिति

संवादाताः हाम्रो प्रहार
फाल्गुन ९, २०८२
0

रामेछाप- नेपाली काँग्रेस  रामेछापले पार्टीका उम्मेदवार रामचन्द्र खड्कालाई विजयी गराउन गठन गरेको बिशेष युवा परिचालन समितिले जिल्लाका ६४ ओटै वडाका...

पुरा पढ्नुहोस्
बागमती प्रदेशस्तरीय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न, २२८ खेलाडी सहभागी
समाचार

बागमती प्रदेशस्तरीय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न, २२८ खेलाडी सहभागी

संवादाताः हाम्रो प्रहार
फाल्गुन ४, २०८२
0

भक्तपुर– भक्तपुरको सुर्यविनायकमा नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघको आयोजना तथा आशा फर चिल्ड्रेन फाउन्डेशनको सह–आयोजनामा फागुन २ र ३ गते...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper