रामेछाप– नेकपाका केन्द्रीय सदस्य (ओली समूह) महेश बस्नेतले पूर्व माओवादीबाट अन्यायमा परेका शहीद परिवार, द्वन्द्व पीडित र बहिर्गमित लडाकुको जिम्मा केपी ओलीले लिएको दावी गरेका छन् । विहिबार रामेछापमा राष्ट्रिय युवा संघ रामेछाप र अनेरास्ववियू रामेछापले संयुक्त रुपमा आयोजना गरेको बृहत युवा विद्यार्थी भेलालाई संवोधन गर्दै केन्द्रीय सदस्य बस्नेतले प्रचण्डले रक्सी खाएर आफ्नो घरमा भएका सदस्यहरुलाई अलपत्र पारेर चलाएको अभियानले गर्दा अलपत्र परेका शहीद परिवार, द्वन्द्व पीडित, बहिर्गमित लडाकु र घाइते परिवारको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले लिइसकेको बताएका हुन् ।
पूर्वउद्योगमन्त्री तथा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज समेत रहेका बस्नेतले अहिलेका प्रचण्ड र माधव कुमार नेपाललाई बिग्रिएको नोकिया मोबाईलको संज्ञा दिदैँ केपी ओली अहिलेको समयानुकूल आइ फोन जस्तै भएकालेको समयमा देश हाक्ने नेतृत्व लिन सक्ने केपी लोली मात्रै भएको बताए । उनले पुष्प कमल दाहाल प्रचण्डलाई पूर्व माओवदीकै ठाउँमा फर्केर हसिया हतौडा चुनाव चिन्ह लिएर चुनाब लडेर देखाउन चुनौती दिदैँ आफूहरु पनि सुर्य चिन्ह लिएर चुनाव लड्ने बताए ।
प्रचण्डले पद मागेपछि प्रधानमन्त्री ओलीले पार्टीका कार्यकारी अधिकार दिएको स्मरण गर्दै नेता बस्नेतले प्रचण्डले कार्यकारी भूमिका पाएसँगै पार्टी दुर्घटनाको बाटोमा अगाडी बढाएको आरोप समेत लगाए ।
आफ्नो प्रतिकृया दिनुहोस्