Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home स्वास्थ्य

सुनापतिको बेथानमा खुल्यो नागरिक आरोग्य सेवा केन्द्र

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७७ माघ १४
  • 72shares

रामेछापको सुनापति गाउँपालिका वडा नं ४ बेथानमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ । आयुर्वेदिक उपचार प्रणाली सँग जोडिएको त्यस आरोग्य सेवा केन्द्रमा बेथानका स्थानीयहरुले निःशुल्क औषधी र थेरापी सेवा पाउने छन् भने केही समयपछि योग समेत सञ्चालनमा ल्याइने बताइएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थलीले आफ्नो सेवा बिस्तारको क्रममा सुनापति गाउँपालिकामा पनि सेवा प्रवाह गरेको हो । प्राचीन परम्परागत औषधी प्रणाली नेपाली समाजमा निकै लोकप्रिय र हानिरहित औषधी प्रणालीको रुपमा रहदै आएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी आरोग्य सेवा केन्द्रको उद्धघाटन गरिएको हो । जिल्ला समन्वन्य समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरी सेवा सुरुवात भएको घोषणा गरेका हुन् ।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ, सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामा, सुनापति गाउँपालिका वडा नम्बर ४ बेथानका अध्यक्ष खड्ग घिसिङ, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थलीका डा. नरेन्द्र प्रसाद गिरी, बेथानका पूर्व गाउँ विकास समितिका अध्यक्ष रामकृष्ण घिसिङ लगायतले आयुर्वेद औषधी प्रणालीको बारेमा आफ्नो विचार राखेका थिए ।

कार्यक्रममा बोल्दै अतिथि वक्ताहरुले नेपाल ऋषिमुनिको तपोभूमी, ज्ञान भूमी भएकाले यस क्षेत्रमा धेरै खोज अनुसन्धानको काम बाँकी रहेको बताएका थिए । प्राकृतिक हिसाबले विविधता भएको नेपालमा लाखौँ करोडौँ प्रजातिका जडिबटी रहेको र ती जुडिबुटीलाई प्रशोधन गरेर औषधी बनाउन सके आर्थिक रुपमा नेपाल सम्पन्न बन्न सक्ने विचार व्यक्त गरेका थिए । सुनापति गाउँपालिकाका स्थानीयले भने आयुर्वेद औषधी उपचारको व्यवस्था गाउँमा नै भएको कारण सेवा लिन टाढा जानुपर्ने बाध्यता हटेकोमा खुसी व्यक्त गरेका छन् । चिकित्सकको समेत व्यवस्था भएकाले नियमित स्वास्थ्य परीक्षणमा सहजता हुने उनीहरुको भनाई छ ।

सुनापति गाउँपालिका स्वास्थ्य शाखाका संयोजक अर्जुन श्रेष्ठले अब गाउँपालिका भित्रका नागरिकहरुलाई घरदैलोमा नै पुगेर स्वास्थ्य सेवा दिने योजना स्वास्थ्य शाखाले अघि सारेको बताए ।

  • 72shares
ShareTweetPin

Related Posts

कोरोना भाइरस विरुद्धको खोप सुरक्षित छ ढुक्क भएर लगा‍औँ
समाचार

कोरोना भाइरस विरुद्धको खोप सुरक्षित छ ढुक्क भएर लगा‍औँ

रामेछापमा कोरोना विरुद्धको दोस्रो चरणको खोप आइतबार देखि लगाइने
समाचार

रामेछापमा कोरोना विरुद्धको दोस्रो चरणको खोप आइतबार देखि लगाइने

गाउँमै भिडियो एक्सरे
समाचार

गाउँमै भिडियो एक्सरे

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
संरक्षकः गुञ्ज कार्की, बुद्धिकुमार सुनुवार
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन