Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home विचार

टेलिकमका हाकिम साबको संक्रान्ति बिदा सकिएको छैन, आफ्नो चाहि जागिर नै जाला जस्तो छ !

संवादाताः हाम्रो प्रहार
माघ ६, २०७७

माघ १ गते माघे संक्रान्ति । यो दिन सबैलाई चाड नलाग्ने कुरै भएन् । तर म आफू संचारकर्मी भएकाले न चाड न पर्व । आम जनतालाई सूचना दिने जिम्मेवारीमा बसेपछि त्यो दिन पनि केही समय बाहेक समाचार संकलन र प्रकाशन एवं प्रशारणमा नै व्यस्त हुनु पर्ने भयो । म जिल्लाबाट प्रकाशित हुने एक अनलाईन र एक पत्रिकामा आबद्ध छु । त्यस्तै केन्द्रबाट प्रशारण हुने प्राइम टाईम्स टेलिभिजन र अर्को पालिका खबर ग्रुपमा पनि आबद्ध छु । तर, माघ १ गते देखि ५ गते सम्ममा नत जिल्लाबाट प्रकाशित हुने अनलाईनमा समाचार प्रकाशित गर्न पाएको छु नत पत्रिकामा भने जति समाचार छाप्न नै पाएको छु । केन्द्रमा त झन एउटा टिभी रिपोर्ट बाहेक अरु केही पनि सामाग्री पठाउन सकेको छैन् । काम गर्ने इच्छा शक्ती हुँदा हुदै पनि यि सबै काम गर्न नसक्नुको एउटै कारण हो । नेपाल रामेछाप टेलिकमले दिने सेवा अवरुद्ध हुनु ।

माघ १ गते देखि अवरुद्ध भएको रामेछाप नेपाल टेलिकमको टेलिफोन सेवा र इन्टरनेट सेवा पाँच दिन हुँदा सम्म पनि केही सुधार आएको छैन् । जसको कारण लाखौँ नागरिकहरु पाँच दिन देखि सूचनाको पहुँचबाट टाढा रहनु परेको छ । टेलिफोन सेवामा समस्या आएदेखि मोबाइल फोन र ल्याण्डलाइन टेलिफोनबाट फोन डायल गर्दा लग्दैन, लागीहाले पनि हेलो भनेको पनि आदि आउँछ । तर, टेलिकमले महसुल भने पहिलाकै दरले नियमित रुपमा काटीरहेको छ ।

म आफू संचारकर्मी भएकाले मेरो काम प्राय सबै जसो टेलिफोन र इन्टरनेटबाट नै हुने गर्छ । माघ १ गते देखि इन्टरनेट चलेको छैन् । टेलिफोन नेटवर्कले पनि राम्रो काम गरेको छैन । जसले गर्दा मैले आफ्ना सबै काम तामेलीमा राख्नु परेको छ । पालिका खबर ग्रुपमा मैले हप्ताको दुई दिन सोमबार एउटा, विहिबार एउटा गरी दुई ओटा रिपोर्ट अनिवार्य पठाउनु पर्छ । तर, इन्टरनेट नहुँदा दुई दिन नै रिपोर्ट पठाउन सकेको छैन् । १ गते विहिबार मैले रिपोर्ट पठाउन नसकेपछि मलाई अफिसबाट ५५ पटक फोन गर्न प्रयास गरेको भन्ने म्यासेज मेरो मोबाइल नम्बरमा आयो । मैले पनि यताबाट फोन फर्काउन ३३ पटक फोन गर्न खोजे तर लागेन । अन्तिममा एक पटक लागेको थियो, उताबाट हेलो भनेको सुनियो अरु के हो म आफैले बुझिन् । विहिबार पठाउन नसकेपछि मैले विहिबारका लागि तयार गरेको रिपोर्ट शनिबार साथीकोमा गएर अर्को इन्टरनेट (सुविसु) प्रयोग गरेर पठाए । त्यसपछि मैले केही सामाग्री पनि पठाउन सकेको छैन् । त्यसपछि केन्द्रबाट सयौँ पटक फोन गरेको म्यासेज देखाउँछ फोन आउँदैन । त्यो सबै नेपाल टेलिकमले गर्दा हो ।

१ गते देखि अवरुद्ध भएका नेपाल टेलिकमका सेवा पाँच गते सम्म पनि सुधार नभएपछि नेपाल पत्रकार महासंघले नेतृत्व गरेर हामी जिल्लाका सबै संचारकर्मी र नागरिक अगुवा सहित नेपाल टेलिकमलाई ६ माग सहित सोमबार विहान करिव साँढे ११ बजे ज्ञापन पत्र बुझाउन गयौँ । तर त्यहाँ गएपछि मात्रै थाहा भयो कि टेलिकमका हाकिम साब त संक्रान्ति बिदामा पो हुनुहुदो रहेछ । हाकिम साब बिदामा भएकाले टेलिकमलाई सेवा सुचारु गर्न अनुरोध गरेर लेखेको ज्ञापन पत्र बुझाउन समेत समस्या भयो । किनकी हाकिम साबले आफू बिदामा भएपनि कार्यालयको काम गर्न अरु कसैलाई निमित्तको लिखित जिम्मेवारी नै दिनुभएको रहेनछ । तै पनि कार्यालयका सूचना अधिकारीले रामेछाप टेलिकममा समस्या आउनुको कारण भने पछि हामीले त्यो ज्ञापन पत्र उहाँ सहितको कार्यालयको टिमलाई छोडेर फर्कियौँ ।

त्यसपछि उक्त ज्ञापन पत्रको बोदार्थ प्रमुख जिल्ला अधिकारीलाई पनि दिने भनिएको हुँदा प्रमुख जिल्ला अधिकारीकोमा पनि गयौँ । त्यहाँ पत्रकार महासंका अध्यक्ष रमेश ढुंगेलले टेलिकमको सेवा अबरुद्ध भएको सबै कुरा गरेर बोदार्थको रुपमा ज्ञापन पत्र दिनुभयो । धेरै जसो साथीहरुले टेलिकमका हाकिम साबका गतिविधि सबै भन्नुभयो । प्रमुख जिल्ला अधिकारीले पनि टेलिकमको सेवा अवरुद्ध हुँदा जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने केही सेवा ठप्पा भएको बताउनुभयो । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले टेलिकमका कार्यालय प्रमुख विष्णु भण्डारीले बिदामा घर जान लागेको जानकारी गराएको भएपनि यत्रो पाँच गते सम्म नआएको कुरा आफूलाई थाहा नभएको भन्नुभयो । तर सेवा अवरुद्ध भएको विषयमा भण्डारी सरसँग प्रमुख जिल्ला अधिकारीको कुराकानी हुँदा आफू टेलिफोन र इन्टरनेटमा समस्या आएपछि त्यही काम गर्न काठमाण्डौ बसेको भन्ने जबाफ दिएर संक्रान्ति बिदालाई लम्ब्याउने प्रयास गर्दै हुनुहुदो रहेछ ।

संक्रान्ति बिदामा हुनुभएका हाकिम साब कार्यालय आउने अनिश्चित भएजस्तै हामीले विगत पाँच दिन देखि भोग्दै आएका टेलिकमका सेवा समस्या समधान पनि निश्चित छैनन् ।

हाकिम साबलाई त संक्रान्ति बिदाले रमाइलै होला । मलाई त हप्तामा दुई ओटा अनिवार्य रुपमा पठाउनु पर्ने रिपोर्ट नपठाए बापत जागिरबाटै निकाल्ने पो हुन की ? त्यसको क्षतिपुर्ती कस्ले दिन्छ हाकिम साब ?

Related Posts

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो
समाचार

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो

संवादाताः हाम्रो प्रहार
भदौ ३१, २०८३
0

रामेछाप- नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितको सहयोगका लागि आर्थिक सहयोग गरेको छ । नेपाली काँग्रेसको मातृ संस्था समेत...

पुरा पढ्नुहोस्
उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने
समाचार

उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने

संवादाताः हाम्रो प्रहार
भदौ २७, २०८३
0

रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रामेछाप सहित गाउँपालिकाबाट प्रवाह हुने सरकारी सेवा गाउँमै पुर्‍याउने भएको छ । नागरिकहरुले...

पुरा पढ्नुहोस्
रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते
समाचार

रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते

संवादाताः हाम्रो प्रहार
भदौ २६, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा नं १ सुकाजोर खोला नजिक टाटाको योद्धा गाडि दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper