Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

मेरमानको कस्तो जीवन ? गाउँको विकासले उठिबास, फलाम कुटेर परिवार धान्दै थिए छिमेकीले कुटी–कुटी मारिदिए !

संवादाताः हाम्रो प्रहार
माघ ४, २०७७

रामेछाप– तत्कालिन गाउँविकास समितिहरुमा विकासको क्रम अगाडी बढी रहेको थियो । साविकको बेताली गाविस हुँदै अरु गाविसहरु जोड्ने सडक विस्तार हुने क्रममा रामेछापको फर्पु–नामाडी–बेताली–रस्नालु–ठोसे सडक विस्तार भयो । जिल्लाका उत्तरी गाविसहरु जोड्को लागि विस्तार गरिएको सडकले धेरैको जग्गा काट्यो । बेतालीको जोगीडाडा हुँदै विस्तार गरिएको सडकले केही यस्ता व्यक्तिको पनि जग्गा काट्यो । जो सँग घर बनाउन अरु जग्गा–जमिन नै थिएन् । ती मध्येका एक हुन मेरमान कामी ।

सडक विस्तार र विद्युतीकरणले बास उठायो !

बेतालीको जोगीडाँडामा सँधै जसो पानी निस्कीरहने सिम जस्तै ठाउँमा करिव ६ आना जग्गा भएका मेरमान कामी त्यहि जग्गामा सानो झुप्रो घर बनाएर बसेक थिए । त्यही झुप्रोमा रहेका परिवार पाल्नको लागि आफ्नो पुख्र्यौली पेशा आरानको काम पनि गर्थे उनि । तर, सडक विस्तारले थोरै भएको जग्गा पनि काटिदिएपछि उनको बास उठ्ने निश्चित भयो । तैपनि उनले हिम्मत हारेनन् त्यहीबाट आफ्नो परिवार पाल्ने सोच बनाएर त्यही झुप्रोलाई आफ्नो महल सम्झेर बसेका थिए । फेरि मेरमानलाई अर्को विपत्त आइलाग्यो, गाउँमा विद्युतीकरण भयो । उनै मेरमानको घरको छानोमाथि तार पर्ने गरी विद्युत प्राधिकरणले लाइन बिस्तार गर¥यो । गरिबीले गर्दा मेरमानले सडकले जग्गा काट्दा र विद्युतीकरण हँुदा आफ्नो भएको थोरै जग्गा जोगउनको लागि केही बोल्न सकेनन् । उनकी श्रीमती पम्फादेवीले सडक विस्तार गर्दा सडक विस्तार गर्नको लागि अगुवा गरेर आउनेसँग आफ्नो जग्गा जोगाइदिन धेरै अनुरोध गरिन । त्यति मात्र हैन् । उनले विद्युतीकरण गर्दा आफ्नो घरको छानोबाट तार नलैजन धेरै अनुरोध गरिन । तर विद्युत प्राधिकरणले निःशुल्क बत्ती बाल्न दिने भनेर सँधैका लागि जोखिम बनार आफ्नो काम गरेर हिड्यो । पम्फादेवीको अनुरोध नत सडक विस्तार गर्ने निकायले सुन्यो नत विद्युत प्राधिकरणले नै सुन्यो । त्यसपछि मेरमानले आफ्नो परिवारलाई जोखिममा राख्न सकेनन्, नजिकै रहेको छिमेकी गाविस रस्नालुमा आरान पेशा गरेरै भएपनि परिवार पाल्ने सोचले रस्नालु तिर लागे ।

फलाम कुटेर परिवार पाल्दै थिए मेरमान तर…..

आफ्नै गाउँको विकासले उठिबास लगएपछि करवि ७ वर्ष अगाडि रस्नालुको थामडाडामा पुगेका मेरमान अरुको जग्गामा बसेर पुख्र्यौली पेशा (आरान) फलाम कुटेरै भएपनि ५३ वर्षे उमेरमा पनि आफ्नो परिवार पाली रहेका थिए । तर उनका लागि पौष २५ गते मृत्युको कालो दिन बनेर आयो !

गाउँभरीलाई चाहिने कृषि औजार बनाउने मेरमान पौष २५ गते दिउँसोको ३ बजेको समयमा माख्लो गाउँ गएर आउने क्रममा उनकै छिमेकी गाउँकै अगुवा ‘सागा’ भन्ने साङतेन्जी शेर्पासँग बाटोमा भेट भयो । भेटपछि सामान्य भनाभन मात्रै के परेको थियो । साङतेन्जीले मेरमानलाई त भतुवालाई मैले यहाँ ल्याएर राखेको हो, त डांग्रो भतुवा होस भन्दै सकेको कुटे । त्यहि कुटाई मेरमानको काल भयो । मेरमानको छोरा रुद्र विकले भक्कनिदै भने– ‘गाउँकै सेवा गरेर बसेका मेरा बुबाले कसैको कुभलो गर्नुभएको थिएन, तर गाउँकै अगुवा हुँ भन्ने मानिसले एकहोरो कुटेर मेरो बुबालाई मारिदयो ।, खै कसरी सम्झिन सक्छु र त्यो दिन् । मेरो बुबालाई कुट्ने बेला छेउमै भएका केही मानिसले छुट्याई दिएको भए सायद अहिले बुबा हामीसँगै हुनुहुन्थ्यो होला । तर उहाँहरुले छुट्याउन त परै जाओस्, यो मन्छेले कुटेको छ भनेर हामीलाई खबर समेत गरेनन् । जसको कारण आज हामीले परिवारको सबै भरथेग गर्ने बुबा गुमाएका छौँ ।’

अस्पताल घुमाउदा घुमाउँदै मेरमानको ज्यान पनि गायो परिवारलाई ४ लाख ऋण पनि लाग्यो

२५ गते दिउँसो ३ बजेको समयमा कुटिएका मेरमानको साँझ मात्रै होस आएपछि हात खुट्टा टेकेर घर आएको सुनाउँदै उनकी श्रीमती पम्फादेवीले रुँदै भनिन्– ‘सँधै हासीखुी आउने मेरो श्रीमान त्यो दिन बोल्नै नसक्ने भएर आउनुभयो । उहाँको पहिलो बोली नै मलाई सागाले कुट्यो भन्ने थियो । त्यसपछि सबै कुरा भनेपछि म बाँच्दिन अब छोराछोरीलाई बोलाई दे भन्नुभयो । त्यो रात हामी सबै परिवारको रुवाबासीमै बित्यो । उज्यालो भएपछि अस्पताल लैजनको लागि हामीले तयार गर्‍यौं । त्यतिबेला पनि कसैले सहयोग गरेनन् ।’

जिल्ला प्रहरी कार्यालय रामेछापमा रुदै आफ्नो पीडा सुनाउँदै स्व‍‌ मेरमानकी श्रीमती पम्फादेवी

एम्बुलेन्स बोलाउँदा समेत यस्तो बिरामीलाई पनि एम्बुलेन्स चाहिदैन भन्ने धेरै भएको तितो कुरा सुनाउँदै मेरमानका छोरा रुद्र विकले भने– ‘अस्पताल लैजानको लागि २६ गते विहान भाईले एम्बुलेन्स लिएर आउँदा यति बिरामीलाई एम्बुलेन्स चाहिदैन भन्ने ठूलो भिड पनि त्यो समाजमा थियो । कस्तो निर्दयी समाज ! त्यति भन्दा भन्दै पनि हामीले आफ्नै पहलमा एम्बुलेन्समा हालेर मन्थलीको तामाकोशी अस्पतालमा लग्यौ । त्यहाँबाट यहाँ हुदैन तुरुन्तै काठमाण्डौ लैजानु भनेपछि हामीले सिधै पाटन अस्पताल लग्यौ, त्यहाँ कोभिडको बिरामी राखेर उपचार गर्ने ठाउँमा राखेर उपचार गर्ने भनेपछि हामीले त्यहाँ राख्न मानेनौ । फेरि अल्का अस्पताल लग्यौँ । त्यहाँ सुरुमा पैसा डिपोजिट गरेर मात्रै बिरामी राख्ने भनेपछि पैसा नभएको कारण बुबालाई राख्न सकेनौ । आफन्तसँग छलफल गर्दा बी एण्ड बी अस्पतालमा ल्याउन सुझाव दिए त्यतै तिर लिएर गयौँ । बी एण्ड बी अस्पतालले आइस्युमा राख्नु पर्छ हामीसँग आइस्यु छैन भन्यो । त्यसपछि हामीले फेरि केही पैसा जम्मा गरेर अल्का अस्पतालमा नै लग्यौ । तर अल्का अस्पतालले राख्न मानेन बरु टिचिङ अस्पताल लैजन अनुरोध गरे । त्यसपछि हामीले बल्ल राती टिचिङ अस्पताल पु¥यौँ । अनि मात्रै उपचार सुरु भयो । २७ गते टिचिङमा अपरेशन गरेपछि केही सुधार भएको थियो तर दिउँसो एक्कासी स्वास्थ्यमा समस्या आएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दा गर्दै २८ गते बुबा बित्नुभयो । बुबा पनि बाँचु भएन हामीलाई चार लाख भन्दा बढी ऋण पनि लाग्यो अब त्यो पैसा कसरी तिर्ने हो । थाहा छैन् ।’

कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका शेर्पा अस्पतालमा उपचाररत

मेरमानलाई कुट्ने साङतेन्जी शेर्पा अहिले प्रहरीको नियान्त्रणमा छन् । उनलाई जिल्ला प्रहरी कार्यालय रामेछापले मेरमानको ज्यान गएको दिन नै नियान्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको छ । तर कर्तव्य ज्यानमा पक्राउ परेका शेर्पा विरामी भएको भन्दै अस्पताल भर्ना भएका छन् । मृतकका आफन्तले हामीलाई उजुरी दिएलगतै पीडकलाई हामीले नियान्त्रणमा लिएका छौँ, रामेछापका प्रहरी प्रमुख बसन्त पाठकले भने, ‘उनलाई कानून अनुसार कारबाही प्रक्रिया अगाडि बढाएका छौँ । तर, ६५ वर्ष भन्दा माथीका शेर्पालाई दमको रोग भएको कारण अहिले उपचारको लागि तामाकोशी अस्पतालमा राखिएको छ ।’

पम्फादेवी रुदै भन्छिन्ः ६ जनाको परिवार कसरी पाल्ने ?

चार छोरा, एक छोरी र आफू सहितको परिवार धान्ने श्रीमानलाई छिमेकीले कुटी–कुटी मारेपछि पीडामा परेकी पम्फादेवीले जिल्ला प्रहरी कार्यालय अगाडि रुदै भनिन्– ‘अब कसरी यो परिवार बचाउने हो ? जेठो छोराको पनि गाडी दुर्घटनामा परेर ढाड भाँचिएको छ । काम गर्न सक्दैन् । अरुको पनि रोजगारी छैन् । न जग्गा छ न घर बनाएर बस्ने ठाउँ छ ! अब यो परिवारको विजोग हुने भयो ।’

स्थानीय नेताको सहयोगमा शव ब्यवस्थापन

टिचिङ अस्पतालमा मेरमानको ज्यान गएपछि अस्पतालबाट शव निकाल्नको लागि मृतकका  परिवारसँग न पैसा थियो नत पैसा माग्ने ठाउँ नै थियो । अस्पतालबाट शव निकाल्न समस्या भएपछि बेतालीकै काँग्रेस नेता नानीबाबु बस्नेतको पहलमा पैसा उठाएर शव व्यवस्थापन भएको छ । हामीले गोकुलगंगा गाउँपालिका घर भई कठमाण्डौ बस्ने साथीहरुसँग पैसा उठाएर उहाँको शव व्यवस्थापनमा सहयोग गर्‍यौ, काँग्रेस नेता नानीबाबु बस्नेतले भने,‘उनको परिवार आर्थिक रुपमा कमजोर परिवार भएकाले आज यस्तो समस्या आएको हो । यस्तो बेला हामी सबै मिलेर उहाँको परिवारलाई सहयोग गर्नु पर्छ ।’

यो खबर आजको प्रहार खबर साप्ताहिकमा छापिएको छ ।

Related Posts

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते
समाचार

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते

संवादाताः हाम्रो प्रहार
फाल्गुन १८, २०८२
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीको सिरुबारीमा निर्वाचन सामाग्री सहित निर्वाचन कर्मचारी बोकेको मिनीट्रक दुर्घटना हुँदा दुई जनाको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper