Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण

संवादाताः हाम्रो प्रहार
जेष्ठ २२, २०८३

रामेछाप- विश्व वातावरण दिवसको अवसर पारेर रामेछाप जेसिजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्यले मन्थली नगरपालिका–३ ठुलीमदौ क्षेत्रमा विभिन्न जातका बिरुवा रोपेर दिवस मनाइएको हो ।

नेपाल जेसिजको ‘प्रकृति जगाऔँ अभियान’ अन्तर्गत आयोजित कार्यक्रममा रामेछाप जेसिजका पदाधिकारी, सदस्य तथा स्थानीय युवाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा फलफूल तथा वनजन्य प्रजातिका विभिन्न बिरुवा रोपिएको जेसिजले जनाएको छ ।

रामेछाप जेसिज वर्ष २०२६ का अध्यक्ष कुमार श्रेष्ठले वातावरण संरक्षण अहिलेको प्रमुख आवश्यकता भएको बताउँदै वृक्षारोपण जस्ता कार्यक्रमले प्रकृतिप्रति नागरिकको जिम्मेवारीबोध बढाउन सहयोग पुग्ने बताए । उनले वन विनाश, जलवायु परिवर्तन र वातावरणीय प्रदूषणका चुनौती बढ्दै गइरहेका बेला वृक्षारोपणलाई अभियानकै रूपमा अघि बढाउन आवश्यक रहेको उल्लेख गरे ।

उनले प्रत्येक व्यक्तिले कम्तीमा एक बिरुवा रोप्ने र त्यसको संरक्षण गर्ने संस्कार विकास गर्न सके वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । रोपिएका बिरुवाको नियमित हेरचाह तथा संरक्षणका लागि पनि जेसिजले विशेष ध्यान दिने जनाएको छ ।

रामेछाप जेसिजले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, नेतृत्व विकास, सरसफाइ, वातावरण संरक्षण तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसका अवसरमा समुदायसँग प्रत्यक्ष सरोकार राख्ने कार्यक्रम आयोजना गर्दै आएको जेसिजले आगामी दिनमा पनि वातावरण संरक्षण सम्बन्धी अभियानलाई निरन्तरता दिने जनाएको छ ।

Related Posts

चुनावी घोषणापत्रमा उल्लेख गरेभन्दा बढी काम गरिरहेका छौँ : अध्यक्ष तामाङ
समाचार

चुनावी घोषणापत्रमा उल्लेख गरेभन्दा बढी काम गरिरहेका छौँ : अध्यक्ष तामाङ

संवादाताः हाम्रो प्रहार
अशोज २४, २०८३
0

रामेछाप- रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले चुनावी घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धताभन्दा बढी काम गर्ने लक्ष्यसहित गाउँपालिका अघि बढिरहेको बताएका...

पुरा पढ्नुहोस्
आफ्नो अनुभव सुनाउँदै सुरेश श्रेष्ठले भने– ‘तीता क्षण बिर्सिन्छु, मीठा अनुभव बोकेर जान्छु’
समाचार

आफ्नो अनुभव सुनाउँदै सुरेश श्रेष्ठले भने– ‘तीता क्षण बिर्सिन्छु, मीठा अनुभव बोकेर जान्छु’

संवादाताः रामचन्द्र वि.क.
अशोज २४, २०८३
0

रामेछाप– कुनै ठाउँमा पुग्नु र त्यहाँको जिम्मेवारी पूरा गरेर बिदा हुनु सामान्य प्रशासनिक प्रक्रिया हो । तर, त्यो अवधिमा बनाएका...

पुरा पढ्नुहोस्
कांग्रेस केन्द्रीय सदस्यमा रामेछापका ९ नेताको उम्मेदवारी
समाचार

कांग्रेस केन्द्रीय सदस्यमा रामेछापका ९ नेताको उम्मेदवारी

संवादाताः रामचन्द्र वि.क.
अशोज २१, २०८३
0

रामेछाप- नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा रामेछापका ९ जनाले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । पार्टीको केन्द्रीय महाधिवेशनअन्तर्गत उम्मेदवारी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper