Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home स्थानीय सरकार

मेयरको भनाई प्रति पत्रकार महासंघ सहित ८ संगठनको आपत्ति, मेयरले गरे आत्मालोचना

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७७ माघ २

रामेछाप– मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले नगरपालिकाको नगरसभामा पत्रकारहरुलाई गाली गरेको भन्दै नेपाल पत्रकार महासंघ सहित ८ संघसंगठनहरुले विज्ञप्ती मार्फत आपत्ति जनाएका छन् । मन्थली नगरपालिकाको गत पौष २८ गते सम्पन्न आठौ नगरसभामा बोल्ने क्रममा पत्रकारहरु उपस्थिति नभएको विषयलाई लिएर नगर प्रमुख बस्नेतले ‘पत्रकारहरु खान र लिन पाउने भए लाईन लागेर आउथे, त्यो व्यवस्था नभए पछि किन आउथे’ भन्ने अभिव्यक्ति दिएर मगन्ते र भिखारीको संज्ञा दिदैँ गाली गरेको भन्दै उनको भनाई प्रति आपत्ति जनाउँदै विज्ञप्ती जारी गरेका हुन् ।

नेपाल पत्रकार महासंघ रामेछाप र नेपाल प्रेस युनियन रामेछापले छुट्ट छुट्टै, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, नेपाल फोटो पत्रकार महासंघ, राष्ट्रिय दलित पत्रकार संघ नेपाल, क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे), सञ्चारिका समूह रामेछाप र रिपोर्टस क्लब नेपालले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर नगर प्रमुख रमेश कुमार बस्नेतको अभिव्यक्ति प्रति आपत्ति जनाएका छन् ।

हाम्रो प्रहार डटकम

उता नेपाल पत्रकार महासंघ सहित ८ पेशागत संगठनहरुले नगर प्रमुखको भनाई प्रति घोर भत्र्सना गर्दै विज्ञप्ती जारी गरेपछि नगर प्रमुख रमेश कुमार बस्नेतले आफ्नो भनाईले कसैको भावनामा चोट पुग्न गएमा आत्मालोचित हुनेछु भन्दै आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले एक नोट जारी गर्दै भनेका छन्– ‘२०७७ पौष २८ गते मन्थली नगरपालिकाको आठौ नगरसभामा मैले आफ्ना धारणा राख्ने क्रममा भनेका केही विषयलाई लिएर नेपाल पत्रकार महासंघ रामेछाप र विभिन्न पेशागत संगठनहरुले घोर भत्र्सना गर्नुभएको सन्दर्भमा प्रष्ट पार्न चाहन्छु ।

सबैभन्दा पहिले म आफै सदस्य रहेको संस्था र सहकर्मीहरु प्रति सदैव सम्मान गर्दछु । नगरसभामा पाँच वटा एफ. एम.हरुलाई मात्रै आमन्त्रण गरिएको र उहाँहरुबाट स्वमं प्रतिनिधिरु समेत आउनुभएको थियो । अरु दुई जना साथीहरुलाई स्वमं आफैले शुरु हुन लागेको जानकारी गराएको थिए । आमन्त्रण नगरेका साथीहरु प्रति मेरो गुनासो छैन् । बोलाउँदा समेत नआउनेहरु प्रति म बाट व्यक्त भनाइले कसैको भावनामाथी चोट पुग्न गएमा सँधै आत्मालोचित हुनेछु । सबै प्रति उच्च सम्मान मेरो राजनैतिक चरित्र रहेको हुँदा अन्यथा नलिइदिन विनम्रता पूर्वक अनुरोध गर्दछु ।’

यस्ता छन् विहिबार जारी भएका विज्ञप्तीहरुः

नगर प्रमुखले जारी गरेकाे नोट यस्तो छः

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper