Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home स्थानीय सरकार

बालबालिका र जेष्ठ नागरिक प्रति जनप्रतिनिधिको मायाः न्यानो कपडा बोकेर घरमै पुग्छन भेट्न

संवादाताः हाम्रो प्रहार
माघ १, २०७७

रामेछाप– हाम्रो नेपाली समाज आफूभन्दा ठूलालाई सम्मान र सानालाई माया गर्ने समाज हो । हाम्रो धर्म, परम्परा, सांस्कृतिक र व्यवहारले साना बालबालिका र जेष्ठ नागरिक प्रति कर्तव्य पालना गर्न सिकाएको छ । अहिलेका जनप्रतिनिधि पनि बालबालिका र जेष्ठ नागरिक प्रति आफ्नो कर्तव्य पालना गर्दै न्यानो कपडा बोकेर उनिहरुको अवस्था बुझ्न विद्यालय र घर–घरमै पुग्न थालेका छन् । बुधबार बिहानै देखि रामेछाप नगरपालिका–५ रामपुरका वडाध्यक्ष भिम तामाङ नगर उपप्रमुख सृजना खड्का सहितको टोली लिएर आफ्नो वडामा रहेका विद्यालयमा घुमीरहेका थिए । त्यति मात्रै हैन्, वडा कार्यालय सम्म आउन नसक्ने जेष्ठ नागरिकहरुलाई भेट्न टोल–टोलमा पनि वडाध्यक्ष तामाङको टोली पुगेका छ । उनको टोली विद्यालय घुम्नुको एउटा कारण थियो बालबालिकाको अवस्था बुझ्ने र न्यानो कपडा वितरण गर्ने भने अर्को गाउँ घुम्नुको कारण थियो जेष्ठ नागरिकलाई ज्याकेट वितरण ।

‘चालु आर्थिक वर्षमा हामीले लक्षित वर्ग अन्तरगत बालबालिका र जेष्ठ नागरिकहरुलाई सहयोग पुग्ने गरी केही काम गर्नु पर्छ भनेर दुई लाख बजेट छुट्याएका थिर्यौ । त्यही बजेटबाट तपाईहरुलाई स्वीटर लिएर आएका छौँ, विद्यार्थीको अगाडी वडाध्यक्ष भिम बहादुर तामाङले भने, ‘यो तपाईहरु प्रति हाम्रो कर्तव्य हो ।’

रामेछाप– ५ रामपुरमा ७ ओटा विद्यालयमा अध्ययनरत ५ कक्षा मुनीका ३ सय ६५ जना विद्यार्थीहरुलाई न्यानो कपडा अन्तरगत स्वीटर उपलब्ध गराईएको वडाध्यक्ष भिम बहादुर तामाङले बताए । उनले भने– ‘रामपुरमा जम्मा ७ ओटा विद्यालय छन् । तिनै विद्यालयमा अध्ययनरत ५ कक्षा मुनीका भाइबहिनीहरुको अवस्था बुझ्ने र उनिहरुलाई हाम्रा लागि पनि सरकार रहेछ भन्ने महसुस दिलाउन स्वीटर लिएर विद्यालयमा गएका हौँ । त्यस्तै जेष्ठ नागरिक प्रति सम्मान गर्ने उद्देश्यले ७५ वर्ष पार गरेका वडाका सबै जेष्ठ नागरिकहरुलाई पनि न्यानो कपडा उपहार स्वारुप ज्याकेट वितरण गरेका छौँ ।’

वडामा ७५ वर्ष पार गरेका जेष्ठ नागरिक १ सय ७० जना रहेको र उनिहरु सबैलाई न्यानो कपडा ज्याकेट उपलब्ध गराईएको वडाध्यक्ष तामाङले बताए । आर्थिक वर्ष २०७७÷७८ को बालबालिका, जेष्ठ नागरीक र अपाङ्ग कार्यक्रम अन्तर्गत रहेको दुई लाख रकमबाट विद्यार्थीहरुलाई स्वीटर वितरणमा एक लाख र ७५ वर्ष माथीका जेष्ठ नागरिकलाई ज्याकेट वितरणमा एक लाख गरी दुई लाख खर्च भएको वडाध्यक्षले जानकारी दिए ।

नगरपालिकाले बालबालिका र जेष्ठ नागरिकलाई लक्षित गरेर नगर स्तरिय र वडा स्तरिय कार्यक्रम गर्दै आएको उपप्रमुख सृजना खड्काले बताइन् । गत वर्षहरुमा नगरपालिकाबाट गरिदैँ आएका लक्षित वर्गका कार्यक्रमहरु सबै वडामा लगिएकाले सबै कार्यक्रमहरु वडाबाटै हुने उनको भनाई रहेको छ । नगरपालिका सम्म आउन नसक्ने बालबालिका र जेष्ठ नागरिकहरुलाई लक्षित गरेर राखिएको अघिल्ला वर्षाका जस्ता स्वास्थ्य शिविर यस वर्ष कोरोनाको कारण गर्न नसकिएको र त्यस्ता कार्यक्रमलाई आगामी दिनमा नियमित गरिने पनि उपप्रमुख खड्काको भनाइ रहेको छ ।

Related Posts

रामेछाप नगरपालिका बालमैत्री नगर घोषणा
समाचार

रामेछाप नगरपालिका बालमैत्री नगर घोषणा

संवादाताः रामचन्द्र वि.क.
भदौ २२, २०८२
0

रामेछाप- रामेछाप नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा भएको छ । बालमैत्री शासनयुक्त नगर हुन पुरा गर्नु पर्ने ५१ ओटा...

पुरा पढ्नुहोस्
सुनापतिको तिज विशेष लोकगीत प्रतियोगितामा १५ हजारको पुरस्कार वडा नं २ को समूहलाई
समाचार

सुनापतिको तिज विशेष लोकगीत प्रतियोगितामा १५ हजारको पुरस्कार वडा नं २ को समूहलाई

संवादाताः हाम्रो प्रहार
भदौ ८, २०८२
0

रामेछाप- सुनापति गाउँपालिकाले हरितालिका तिजको अवसर पारेर आयोजना गरेको गाउँपालिका स्तरीय लोकगीत प्रतियोगितामा वडा नं २ को दिदीबहिनी समूह प्रथम...

पुरा पढ्नुहोस्
स्थानीय तह स्वमूल्यांकनमा गोकुलगंगा पहिलो
समाचार

स्थानीय तह स्वमूल्यांकनमा गोकुलगंगा पहिलो

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८२
0

रामेछाप- रामेछापको गोकुगंगा गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा जिल्लामै प्रथम भएको छ । संघीय मामिला तथा सामान्य...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper