रामेछाप– हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थलीको १५औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । मंगलबार सहकारीका अध्यक्ष रघुनाथ श्रेष्ठको अध्यक्षमा साधारणसभा सम्पन्न भएको हो । साधारणसभाले सचिव रविन्द्र श्रेष्ठको प्रतिवेदन, कोषध्यक्ष विश्वराज कोइरालाको आर्थिक प्रतिवेदन र लेखा संयोजक रामहरि के.सीको लेखा प्रतिवेदन पास गरेको छ ।
आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष विश्वराज कोइरालाले सहकारीको कुल पुँजी ५ करोड ५३ लाख ४८ हजार ३ सय ४५ रुपैयाँ रहेको बताएका छन् । कोषाध्यक्ष कोइरालाका अनुसार सहकारीले गत आर्थिक वर्षमा मात्रै खुद नाफा १ लाख ४९ रुपैयाँ कमाएको छ भने सहकारीको यस वर्षको आम्दानी ६१ लख ४८ हजार ५ सय रुपैयाँ रहेको छ ।
२०६२ सालमा स्थापना भएको सहकारीमा हाल ८ सय शेयर सदस्य रहेका छन्।
आफ्नो प्रतिकृया दिनुहोस्