रामेछाप- रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघको संचालक समितिको अध्यक्षमा पुनः जगन्नाथ दाहाल नै दोहोरिएका छन् । शनिबार सम्पन्न भएको संघको १५औँ साधारणसभा तथा निर्वाचनबाट सर्वसम्मत रुपमा संचाकल समितिको अध्यक्षमा पुनः दाहाल नै दोहोरिएका हुन् ।
त्यस्तै संघको उपाध्यक्षमा नवीन के.सी., महासचिवमा शिवराज श्रेष्ठ र कोषाध्यक्षमा कुल बहादुर कार्की निर्वाचित भएका छन् । संचालक समितिको सदस्यहरुमा क्रमशः दिपशिखा दाहाल, देव बहादुर श्रेष्ठ, रत्न बहादुर नेवार, शोविता न्यौपाने र सरेश कुमार के.सी. निर्वाचित भएका छन् । संचालक समितिको अध्यक्ष, पदाधिकारी र सदस्यहरु सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् ।
त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा प्रज्ञान खड्का चयन भएका छन् भने सदस्यहरुमा विवेक श्रेष्ठ र संगिता अधिकारी चयन भएका छन् ।
रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडमा १ सय ७३ वटा सहकारी संस्था आबद्ध रहेका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्