Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home अर्थ

रामेछाप र दोलखाको माटोमा अम्लीयपन बढ्दै, कृषि चुन प्रयोग गरेर घटाउन सुझाव

संवादाताः हाम्रो प्रहार
जेष्ठ २७, २०७९

रामेछाप– रामेछाप र दोलखाको माटोमा अम्लीयपनको मात्रा बढ्दै गएको पाइएको छ । माटो तथा मल परीक्षण प्रयोगशाला हेटौडाले सदरमुकाम मन्थलीमा गरेको नमूना माटो परीक्षणमा रामेछाप र दोलखाको माटोमा अम्लीयपन बढी भएको पाइएको हो । प्रयोगशालाको तथ्यांक अनुसार परीक्षण गरिएको ४० प्रतिशत माटोमा ६ पिएच मिटर भन्दा कम अम्लीयपनको मात्रा रहेको छ । अम्लीयपनको मात्रा ६.५ पिएच मिटर भन्दा बढी भएको माटोलाई स्वस्थ माटो मानिन्छ ।

प्रयोगशालाको रिपोर्टले रामेछाप र दोलखा दुबै जिल्लाको माटोमा प्रांगारिक पदार्थको मात्रा पनि घट्दै गएको देखाएको छ । तथ्यांक अनुसार नमूना परीक्षण गरिएको माटोमा प्रांगारिक पदार्थको मात्रा ५ प्रतिशत भन्दा कम भएको देखिएको छ । स्वस्थ माटोमा प्रांगारिक पदार्थको मात्रा ५ प्रतिशत भन्दा बढी हुन्छ ।

माटोको मुटु मानिने प्रांगारिक पदार्थको मात्रा घट्दै जानु र अम्लीयपनको मात्रा बढ्दै जानु भनेको माटोको उर्वराशक्ति घट्नु भएको माटो तथा मल परीक्षण प्रयोगशाला हेटौडाका बरिष्ठ माटो विज्ञ डा. जनार्दन खड्काले बताए । अम्लीयपनको मात्रा बढ्नु र प्रांगारिक पदार्थको मात्रा घट्दै जानुलाई हामीले हाम्रो माटो बिग्रिँदै गएको र उत्पादनमा कमी आएको सम्झनु पर्ने खड्काको धारणा रहेको छ ।

विज्ञ डा. जनार्दन खड्का माटोमा अम्लीयपन बढ्नुको प्रमुख कारण रासायनिक मलको बढ्दो प्रयोग भएको बताउँछन् । ‘बस्तु पाल्ने र गोबर मल हाल्ने चलन नै हराइसक्यो’, उनले भने, ‘किसानहरूमा माटो परीक्षण नै नगरी रासायनिक मलको प्रयोग ज्यादा हुनाले माटो बिग्रिरहेको छ ।’ तीन दिन सम्म गरिएको नमूना माटो परीक्षणमा ४० प्रतिशत माटोमा अम्लीयपन देखा परेको उनले बताए । ‘माटो परीक्षण नगरी रासायनिक मल प्रयोग हुने गरेको छ । युरिया धेरै प्रयोग हुन्छ’, उनले भने, ‘पोटास र डीएपीको मात्रा मिलाइँदैन । यसले माटोमा अम्लीयपन बढाउँदै लगेको छ ।’

माटो परीक्षण नगरी रासायनिक मल प्रयोग हुनु र गोबर मलको घढ्दो प्रयोगले बर्सेनि माटोमा अम्लीयपन बढ्दै गएको विज्ञ बताउँछन् । बालीअनुसार अम्लीय आवश्यकताको मात्रा फरक हुने खड्का बताउँछन् । अम्लीयपन बढे उत्पादन स्वतः घट्ने उनको भनाइ छ । अम्लीयपनको मात्रा यसरी नै बढे तरकारी, फलफूललगायत बाली उत्पादन केही वर्षमै शून्यमा झर्ने स्थिति रहेको माटोविज्ञ बताउँछन् ।

बरिष्ठ माटोविज्ञ खड्काले अम्लीयपन घटाउन चक्रीय प्रणालीअनुरूप बाली लगाउनुपर्ने बताउँछन् । सिजनअनुसार धान, गहुँ रोपेपछि, तरकारी, फलफूल, कोसेबाली लगाउनुपर्ने उनको सुझाव छ । मास, मुग दालजस्ता बाली लगाउनाले जमिन उर्वर हुने र त्यस्ता बालीले माटोको अम्लीयपन घटाउन मद्दत गर्ने उनको भनाइ छ ।

दुई जिल्लाको माटोमा देखिएको अम्लीयपनलाई घटाउन कृषि चुनको प्रयोग गर्न सकिने बरिष्ठ माटो विज्ञ डा. जनार्दन खड्काले सुझाव दिएका छन् । उनले हाल परीक्षण गरिएको माटोमा अम्लीयपनको मात्रा घटाउन प्रति रोपनी ६० देखि १ सय केजी सम्म कृषि चुन प्रयोग गरे माटोमा बढेका अम्लीयपन घट्दै जाने माटो विज्ञले बताए । त्यस्तै माटोमा प्रांगारिक पदार्थको मात्रा बढाउन उपलब्ध भएको प्रांगारिक पदार्थको सदुपयोग वा गुणस्तरमा बढोत्तरी गर्नु पर्ने बताए ।

परीक्षण गरिएको माटोमा पोटासको मात्रा सामान्य रहेको भएपनि फस्फोरस र नाईट्रोजनको मात्रा पनि कम रहेको पाइएको छ ।

कृषि चुन सहज रुपमा पाइयोस्, किसान किन्न तयार छन्– किसान

आफ्नो जिल्लाको माटोमा अम्लीयपनको मात्रा बढेको रिपोर्ट आएपछि किसानहरुले अम्लीयपन घटाउन प्रयोग गरिने कृषि चुन सहज रुपमा उपलब्ध गराउन राज्यसँग माग गरेका छन् । कृषकलाई माटो परीक्षणबारे सचेत गराई सुधार्नेतिर पनि ध्यान दिनुपर्ने र सहज रूपमा कृषि चुन पाउने व्यवस्था मिलाउनुपर्ने मन्थली–१ का कृषक पशुपति न्यौपाने बताउँछन् । प्रत्येक वर्ष उत्पादन घट्दै गएको उनी सुनाउँछन् । किसानलाई आवश्यक पर्ने कृषि चुन ल्याउने वातावरण सरकारले मिलाउनु पर्ने न्यौपानले बताए । यदि सरकारले कृषि चुन ल्याउने व्यवस्था मिलाए हजारौ किसान आफै पैसा तिरेर चुन खरिद गर्न तयार रहेको न्यौपानेको तर्क रहेको छ ।

कृषि ज्ञान केन्द्र रामेछाप, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछाप र मन्थली नगरपालिकाले आ आफ्नो कार्य क्षेत्रका ५ सय ८ जना किसानको माटोको नमूना परीक्षण गरिएको कृषि ज्ञान केन्द्रकी प्रमुख निर्मला गुरुङले बताइन् ।

माटोमा देखिएको समस्या समधानको लागि तीनै तहको सरकार मिलेर समधान गर्नु पर्ने तर्फ लाग्नु पर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई रामेछापका प्रमुख थिरलाल गैह्रेले बताए ।

माटो तथा मल परिक्षण प्रयोगशाला हेटौडाको आयोजना तथा कृषि ज्ञान केन्द्र रामेछाप, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछाप र मन्थली नगरपालिकाको सहकार्यमा  माटो परिक्षण शिविर संचालन गरिएको थियो ।

Related Posts

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper