Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किसानलाई दियो अनुदानमा बोका–पाठी र कृषि उपकरण

संवादाताः कुमार श्रेष्ठ
पुस २८, २०७७

रामेछाप– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई रामेछापले किसानहरुलाई पचास प्रतिशत अनुदानमा उन्नत जानको पोका–पाठी र कृषि उपकरण वितरण गरेको छ । परियोजनाले मंगलबार एक कार्यक्रमको आयोजना गरेर बाख्रा जोन लागु भएका स्थानीय तहका बाख्रा पालक किसानलाई पचास प्रतिशत अनुदानमा बोयर क्रस बोक–पाठी र बाख्रा पालक किसानहरुलाई नै आवश्यक पर्ने कृषि उपकरण वितरण गरेको हो ।

बाख्रा जोनमा सहभागी कृषि सहकारी, कृषि समूह र कृषि फार्महरुका लागि एक सय ओटा बोका–पाठी वितरण गरिने कार्यक्रम अन्तरगत १५ ओटा बोका र ६ ओटा पाठी वितरण गरिएको परियोजना कार्यन्वयन इकाई रामेछापका कार्यालय प्रमुख होमनाथ लम्सालले बताए । त्यस्तै बाख्रा जोनमा सहभागी भएका कृषि सहकारी, कृषि समूह र कृषि फार्महरुको माग अनुसार बाख्रा पालक किसानहरुलाई आवश्यक पर्ने विभिन्न प्रकारका ६९ ओटा उपकरण पनि वितरण गरिएको कार्यालय प्रमुख लम्सालले बताए ।

अघिल्लो वर्षबाट संचालनमा आएको बाख्रा जोन कार्यक्रममा सहभागी केही किसानहरुले राम्रै आम्दनी गर्न लागेको कार्यलय प्रमुखको भनाई रहेको छ । कार्यालय प्रमुख लम्सालले भने– ‘बाख्रा जोन कार्यक्रम सुरु हुँदा हामीसँग केही सहकारी, कृषि समूह र कृषि मार्फ मात्रै सहभागि थिए । यस वर्ष कृषि फार्म, सहकारी र कृषि समूह गरी डेढ सयको हाराहारीमा संस्थाहरु बाख्रा जोनमा सूचीकृत भएका छन । यसरी समिति क्षेत्रमा संचालन भएको जोनमा यति धेरै संस्था सहभागी भएर काम गर्नु भनेको निकै राम्रो हो । अघिल्लो वर्ष ३० ओटा बोयर जातको बोका लिने किसानले यस वर्ष देखि आम्दनी लिन थालीसक्नुभएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष धेरै किसानहरु सभागी हुनु भएको छ । किसानहरुले छोड्दै गएको पशुपालन व्यावसाय तर्फ उनिहरु आकर्षित हुँदै गएका छन् । जसको कारण पनि यो कार्यक्रम मार्फत किसानहरुको आयआर्जनमा बृद्धि हुने देखिन्छ ।’

इकाई प्रमुखल लम्सालले चालु आर्थिक वर्षका लागि (वाख्रा जोन) बाख्रा पालन व्यवसायलाई थप प्रभावकारी बनाउन थप कार्यक्रम समेत गर्न सकिने भएकाले किसानहरुलाई योजना सहित माग गर्न अनुरोध गरेका छन् । 

बाख्रा जोन कार्यक्रम मार्फत बाख्रा पालनको लागि आवश्यक प्राविधिक ज्ञान, पचास प्रतिशत अनुदानमा बोका–पाठी र आफूहरुलाई आवश्यक पर्ने कृषि उपकरण समेत पाउने भएपछि बाख्रा पालन तर्फ किसानहरु आकर्षित हुदै गएको बाख्रा जोनका संयोजक भिम बहादुर श्रेष्ठले बताए । उनले भने– ‘उन्नत जातको बोका पाठी खरिद गर्दा धेरै मूल्य पर्ने डरले हामीले थोरै समयमा धेरै आम्दनी हुने बाख्रा पाल्न सकेका थिएनौ, अहिले परियोजना आएपछि अनुदान दिँदा धेरै सहयोग भएको छ । अब हामी व्यवसायिक बन्ने तर्फ लागीसकेका छौँ ।’

यो वर्ष सहभागि कृषि सहकारी, कृषि समूह र कृषि फार्महरुका लागि एक सय ओटा बोका–पाठी दिने कार्यक्र अन्तरगत ८२ ओटा बोयर क्रस बोका–पाठी तीन चरण गरी वितरण गरी सकिएको र बाँकी १८ ओटा पनि चाँडै वितरण गरिने कार्यक्रम रहेको परियोजना कार्यन्वयन इकाई रामेछापका खरिदार बेदराज काफ्लेले बताए । काफ्लेका अनुसार मंगलबार बाख्रा पालक किसानहरुलाई आवश्यक पर्ने कृषि उपकरण अन्तरगत २५ ओटा च्याफ कटर, ३ ओटा डिपिङ ट्यांक, २३ ओटा डिस्क मिल र १८ ओटा डिजीटल तौल मेसिन वितरण गरिएको छ ।

अघिल्लो बर्ष देखि सुरु भएको बाख्रा जोन कार्यक्रममा मन्थली नगरपालिकाको वडा नं १, २, ३, ७, ८, ९, १०, ११, १२ र १३ रहेका छन् । त्यस्तै खाँडादेवी गाउँपालिकाको वडा नं १, २, ३, ४ र ५ सहभागि रहेका छन् भने सुनापति गाउँपालिकाको वडा नं ३, ४ र ५ रहेका छन् ।

Related Posts

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper