Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

राजनीतिक नेतृत्व ‘अपडेट’ भएन– काँग्रेस नेता भण्डारी

संवादाताः कुमार श्रेष्ठ
बैशाख ३, २०८१

रामेछाप- नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले नेपाली राजनीतिको नेतृत्वलाई समय अनुसार ‘अपडेट’ गर्न नसक्दा देशमा विभिन्न संकट उत्पन्न भएको बताएका छन् । आइतबार नेपाली काँग्रेस रामेछाप प्रदेश सभा (क) क्षेत्रीय कार्य समितिले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान तथा २०८१ सालको भित्ते पात्रो विमोचन कार्यक्रममा बोल्दै नेता भण्डारीले समय अनुसार धेरै कुरा अपडेट हुँदै गएको भए पनि राजनीतिक पार्टीमा नेतृत्व अपडेटमा देखिएको ढिलासुस्तीले देशमा विभिन्न समस्या उत्पन्न भएको बताएका हुन् । 

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका नेता भण्डारीले देशको वर्तमान राजनीतिक नेतृत्वको बारेमा बताउँदै भने– ‘अहिले प्रविधिको युग हो । यो प्रविधिको युगलाई समय अनुसार अपडेट गरेन भने केही काम हुँदैन । हामीले चलाउने मोबाइललाई अपडेट गरेन भने काम गर्दैन । तर, अपडेट गर्ने हो भने तुरुन्तै नयाँको जस्तै काम गर्छ । अहिले हाम्रो राजनीतिक नेतृत्वमा अपडेट नगर्ने दृश्य देखिएको छ । त्यसकैको परिणामले देशमा विभिन्न सङ्कटहरू उत्पन्न भइरहेका छन् । त्यसैले पनि देशलाई एउटा बाटोमा लैजाने हो भने राजनीतिक दलहरूले आफ्नो नेतृत्वलाई अपडेट गर्न जरुरी छ ।’ 

नेता भण्डारीले देशमा परिवर्तनको लागि हुने आन्दोलन गर्न, दुख कष्ट गर्न, पार्टी र नेतालाई संकट पर्दा गरिवका छोराछोरी खोज्ने नेताहरूले सत्ता र शक्तिमा पुगेपछि लाभ र अवसरको लागि आफ्नो परिवारका सदस्य मात्रै खोज्ने गरेको आरोप लगाए । 

नेपाली काँग्रेसको केन्द्रीय सदस्य समेत रहेका नेता भण्डारीले नेपाली काँग्रेस भित्रको वर्तमान अवस्थाको बारेमा टिप्पणी गर्दै नेता भण्डारीले भने– ‘चितवनका एक कार्यकर्ताले भरखरै बिहे गरेकी श्रीमती छाडेर वीपीसँग प्रवासमा गए । १० वर्ष पछि उनी नेपाल फर्केपछि पत्नीले भनिन, म तिम्रो नेता वीपी भेट्न चाहन्छु किनकि उनी कस्ता रहेछन् मलाई हेर्न देख्न मन छ । भर्खरै बिहे गरेकी पत्नीलाई छाडेर नेता रोज्ने कार्यकर्ताका नेता कस्ता रहेछन् मलाई जान्ने देख्ने उत्सुकता छ । तर के अहिले वीपीको पार्टीमा यस्तै विश्वास र आस्था छ ?’

रामेछाप प्रदेश सभा (क) क्षेत्रीय कार्य समितिका सभापति निरोज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस रामेछापका सभापति एवं प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम), नेपाली काँग्रेस रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्का, नेपाली काँग्रेस काठमाण्डौ क्षेत्र नं. १ का सभापति प्रलाद कार्की लगायतले नयाँ वर्षको शुभकामना दिँदै नेपाली काँग्रेसलाई बलियो बनाउन सबै एक भएर लाग्नु पर्ने धारणा राखेका थिए । 

देशको संघीय राजधानी काठमाण्डौमा भएको कार्यक्रममा नेपाली काँग्रेस रामेछाप प्रदेश सभा (क) क्षेत्रीय कार्य समितिका सदस्य नारायण घिमिरेले स्वागत मन्तव्य राखेका थिए । 

कार्यक्रममा नेपाली काँग्रेस रामेछापका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । 

Related Posts

रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा
समाचार

रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा

संवादाताः हाम्रो प्रहार
साउन २३, २०८३
0

रामेछाप- रामेछाप अस्पतालले पहिलोपटक नियमित मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ । स्थानीयस्तरमै गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध...

पुरा पढ्नुहोस्
जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper