Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापमा सडक दुर्घटनाः दुईको मृत्यु, दुई घाइते

संवादाताः हाम्रो प्रहार
बैशाख ३, २०८१

रामेछाप- रामेछापमा सडक दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । सोमबार भएका छुट्टछुट्टै दुई सडक दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । 

सोमबार बिहान करिब ६ बजेको समयमा मन्थली नगरपालिका वडा नं ७ मुगीटारबाट मन्थली तर्फ आउँदै गरेको बा.प ०१–००६ ख ३८३९ नम्बरको बालुवा लोड भएको टिपर मन्थलीकै वडा नं ७ पोडेदह स्थित मन्थली–मुगीटार सडक खण्डमा दुर्घटना हुँदा टिपर चालक पबित्र बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रदिप कुमार सिंहले बताए । टिपरका सहचालक मनोज फुयाल भने घाइते भएका छन् । घाइतेलाई सामान्य उपचार पश्चात् थप उपचारको लागि काठमाण्डौ पठाइएको प्रनाउ सिंहले बताए । 

मृतक टिपर चालक पबित्र बस्नेतको ठेगाना रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं ३ रहेको र घाइते सहचालकको ठेगाना दोलखाको तामाकोशी गाउँपालिका वडा नं ६ च्यामा रहेको प्रहरी प्रमुख सिंहले बताए । टिपर सडकबाट करिब ५० मिटर तल खसेको बताइएको छ । 

त्यस्तै सोमबार दिउँसो रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ३ भिरपानीमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार २१ वर्षका अशोक नेपालीको ज्यान गएको छ भने मोटरसाइकलमा पछाडि सवार ३० वर्षका सन्जित दर्जी घाइते भएका छन् । तिल्पुङबाट काठमाण्डौ जाँदै गरेको बा ८९ प ४३८२ नम्बरको मोटरसाइकल सडकबाट करिब ५० मिटर तल खसेर मोटरसाइकलमा सवार मध्ये एकको ज्यान गएको र अर्का एक जना घाइते भएको प्रनाउ सिंहले बताए । सिंहका अनुसार मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउनेको ठेगाना मन्थली नगरपालिका वडा नं ३ कठजोर रहेको र अर्का घाइतेको ठेगाना दोलखाको मेलुङ गाउँपालिका वडा नं २ रहेको छ । 

मोटरसाइकल दुर्घटनामा घाइते भएका दर्जीको खाल्डेमा रहेको अस्पतालमा उपचार भइरहेको र मृतक नेपालीको शव मन्थली ल्याउने कार्य भइरहेको प्रहरीले बताएको छ । 

एकै दिन भएका दुई दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरी प्रमुख सिंहले बताए । 

Related Posts

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते
समाचार

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते

संवादाताः हाम्रो प्रहार
फाल्गुन १८, २०८२
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीको सिरुबारीमा निर्वाचन सामाग्री सहित निर्वाचन कर्मचारी बोकेको मिनीट्रक दुर्घटना हुँदा दुई जनाको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper