Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

प्रधानमन्त्रीले संविधानको धारा नबुझेपछि, संविधान नै उपहार

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७७ पुष २४
  • 20shares

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको ठाडो उल्लङ्घन गरि असंवैधानिक, अलोकतान्त्रिक एवं स्वेच्छाचारी ढंगबाट प्रतिनिधि सभा विघटन गर्न प्रतिगामी कदम चालेको भन्दै नेकपा दाहाल–नेपाल समूह रामेछापले प्रधानमन्त्रीलाई संविधान अध्ययन गर्न अनुरोध गर्दै संविधन उपहार पठाएको छ । 

दाहाल–नेपाल समूह रामेछापका अध्यक्ष मैन कुमार मोक्तान र सचिव शान्ति प्रसाद पौडेलद्वारा हस्तक्षरित विरोध पत्र सहित संविधानको किताब जिल्ला प्रशासन कार्यालय रामेछाप मार्फत प्रधानमन्त्रीलाई पठाएका हुन् ।

अध्यक्ष मैन कुमार मोक्तान र सचिव शान्ति प्रसाद पौडेलद्वारा जारी विरोध पत्रमा भनिएको छ– ‘तपाईले २०७७ पौष ५ गते नेपालको संविधानको ठाडो उल्लङ्घन गरि असंवैधानिक अलोकतान्त्रिक एवम्  स्वेच्छाचारी ढंगबाट प्रतिनिधि सभा विघटन गर्न प्रतिगामी कदम चाल्नु भएकाले हामी त्यसपति तीव्र आपत्ति प्रकट गर्दै घोर विरोध एवम् भत्सना गर्दछौँ ।  हाम्रो ठुलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त गरिएको ऐतिहासिक राजनितिक परिवर्तन संघिय लोकतान्त्रिक गणतन्त्र  तथा नेपालको संविधानको रक्षा गर्न, वर्तमान असंवैधानिक कदम तथा सबै प्रकारको प्रतिगामी षड्यन्त्रलाई असफल पार्न र त्यसका लागि जस्तोसुकै संघर्ष गर्न  नेपाली जनता सक्षम छौँ भन्ने चेतावनी दिन चाहन्छौँ । तपाईलाई राम्ररी थाहा छ, संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्न अधिकार दिएको छैन । तथापी संविधानको सम्बन्धित धाराको पुनः अध्ययन गर्नुहोला भनेर सो धाराको प्रति समेत यसै साथ पठाएका छौँ ।

हामी अझै पनि तपाईलाई आफ्नो असंवैधानिक कदमका निम्ति पश्चातापका साथ राष्ट्रका सामु क्षमायाचना गर्न र प्रतिनिधि सभा सुचारु गरी संविधानलाई क्रियाशिल बनाउने पक्षमा आउन अनुरोध गर्दछौँ र सच्चिन अवसर प्रदान गर्दछौँ ।’

दाहाल–नेपाल समूह रामेछापका जिल्ला ईन्जार्च देवशकंर पौडेल, जिल्ला अध्यक्ष मैन कुमार मोक्तान, सचिब शान्ति प्रसाद पौडेल सहितको टोलीले रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मालाई विरोध पत्र सहित संविधान बुझाएका थिए ।

यस्तो छ विरोध पत्रः

  • 20shares
ShareTweetPin

Related Posts

‘प्रधानमन्त्रीका कारण राष्ट्रियता खतरामा’– पूर्व मन्त्री भट्टराई (भिडियो सहित)
राजनीति

‘प्रधानमन्त्रीका कारण राष्ट्रियता खतरामा’– पूर्व मन्त्री भट्टराई (भिडियो सहित)

रामेछापका दर्जनौं युवाले नेकपा त्यागे, प्रदीप पौडेलले गरे कांग्रेसमा स्वागत
राजनीति

रामेछापका दर्जनौं युवाले नेकपा त्यागे, प्रदीप पौडेलले गरे कांग्रेसमा स्वागत

तरुण अध्यक्षको सहयोगमा नामाडीमा ११ सय विद्यार्थीलाई माक्स वितरण
राजनीति

तरुण अध्यक्षको सहयोगमा नामाडीमा ११ सय विद्यार्थीलाई माक्स वितरण

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
संरक्षकः गुञ्ज कार्की, बुद्धिकुमार सुनुवार
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन