Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home स्थानीय सरकार

रामेछाप नगरमा व्यवासायिक पशुपालनको लागि किसानलाई तालिम

संवादाताः हाम्रो प्रहार
पुस १७, २०७७

रामेछाप– रामेछाप नगरपालिकाले पशुपालन कृषकहरुलाई पशुपालनको लागि आवश्यक पर्ने ज्ञान सहितको तालिम दिन थालेको छ । नगरको ९ ओटै वडामा संचालन हुने तालिम बिहिरबार देखि सुरु भएको छ ।

बाख्रा पालक अगुवा कृषकहरुका लागि रामेछाप– १ गोठगाउँबाट सुरु गरिएको तीन दिने तालिमको उद्घाटन गर्दै रामेछाप नगर उपप्रमुख सृजना खड्काले भनिन्– ‘पशुपालनका लागि हाम्रो नगरका ९ वटै वडाका छुट्टा छुट्टै विशेषता छन् । त्यसैको आधारमा हामीले पशुपालन कृषकलाई तालिम दिन थालेका छौँ । जस मध्ये वडा नं १ गोठगाउँ बाख्रा पालनको लागि उपयुक्त देखिएको छ । सोही अनुसार यहाँका बाख्रा पालक अगुवा कृषकहरुलाई तीन दिने तालिम दिन लागिएको हो । यसले उहाँहरुलाई व्यवसायिक बाख्रा पालनमा सहयोग पुग्ने छ ।’

नगरपालिकाले कृषकहरुलाई व्यवासय सुरु गर्दा आवश्यक पर्ने आधारभूत तालिम लिई सकेपछि अनुदान पाइने आश नराखी सुरुमा आफ्नै खर्चमा व्यवसाय गर्दा राम्रो हुने उपप्रमुख खड्काको भनाई रहेको छ । व्यवसाय सुरु गरेर उत्पादन सुरु हुन थालेपछि नगरपालिकाले कृषकहरुलाई थप सहयोग गर्ने पनि उनको भनाई छ । नगरपालिकाले किसानहरुलाई प्राथमिकतामा राखेर योजना बनाएको कुरा बताउँदै उपप्रमुख खड्काले काम गर्न इच्छुक किसानलाई नगरपालिकाले पूर्ण रुपमा सहयोग गर्ने पनि प्रतिबद्धता व्यक्त गरिन् । पशुपालन वा अन्य कृषि फार्महरु संचालन गर्दा सामुहिक रुपमा गरे धेरै राम्रो हुने भएकाले तालिममा सहभागी कृषकलाई पनि सामुहिक रुपमा व्यवसाय गर्न आग्रह गरिन् ।

त्यस्तै कार्यक्रममा बोल्दै नगरपालिकाका अधिकृत होम बहादुर थापाले नगरपालिकाको किसान लक्षित कार्यक्रमहरु गाउँ–गाउँमा पुर्‍याउने उद्देश्य रहेकाले किसानहरुलाई पशुपालनमा थप आकर्षित गराउनको लागि तालिमले थप सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

किसान लक्षित तालिमले कृषकहरुलाई धेरै फाइदा पुग्ने भएकाले नगरपालिकाले वडा–वडामा संचालन गरेको तालिम निकै उपलब्धीमूलक भएको वडाध्यक्ष नर बहादुर थापाको भनाई रहेको छ ।

तीन दिन सम्म चल्ने तालिममा बाख्रा पालन गर्दा बाख्रलाई कस्ता–कस्ता रोग लाग्छन्, रोग लागेपछि कसरी उपचार गर्ने, रोग लाग्न नदिने उपाय, स्थानीय जातबाटै पनि कसरी धेरै आम्दानी लिन सकिन्छ लगायतका बारेमा किसानहरुलाई जानकारी गराईने रामेछाप नगरपालिका पशु शाखाका प्रमुख काजी शेर्पाको भनाई रहेको छ । यस्तो तालिम नगरका ९ ओटै वडामा संचालन हुने पनि प्रमुख शेर्पाको भनाई रहेको छ ।

Related Posts

सुनापतिका अध्यक्ष ठुलोकान्छा तामाङको दाबी- ‘गफ कम, काम धेरै’
समाचार

सुनापतिका अध्यक्ष ठुलोकान्छा तामाङको दाबी- ‘गफ कम, काम धेरै’

संवादाताः हाम्रो प्रहार
पुस १७, २०८२
0

रामेछाप- रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले जनप्रतिनिधिहरूले चुनावका बेला गरेका वाचाहरू भाषणमा मात्र सीमित नराखी काममै उतारेर देखाएको बताएका...

पुरा पढ्नुहोस्
गाउँपालिकाबाट प्रवाह हुने सेवा लिएर गाउँमै पुग्यो सुनापति
समाचार

गाउँपालिकाबाट प्रवाह हुने सेवा लिएर गाउँमै पुग्यो सुनापति

संवादाताः रामचन्द्र वि.क.
पुस १४, २०८२
0

रामेछाप– रामेछापको सुनापति गाउँपालिकाले गाउँपालिकाबाट प्रवाह हुने विभिन्न सेवा गाउँमै पुगेर दिन थालेको छ । गाउँपालिकाले आइतबारदेखि एकीकृत घुम्ती शिविर...

पुरा पढ्नुहोस्
रामेछाप नगरपालिका बालमैत्री नगर घोषणा
समाचार

रामेछाप नगरपालिका बालमैत्री नगर घोषणा

संवादाताः रामचन्द्र वि.क.
भदौ २२, २०८२
0

रामेछाप- रामेछाप नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा भएको छ । बालमैत्री शासनयुक्त नगर हुन पुरा गर्नु पर्ने ५१ ओटा...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper