Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home स्थानीय सरकार

रामेछापको कामः ‘वडामै योजना सम्झौता, अशक्तलाई परिचयपत्र, क्षमता भएकालाई लोकसेवाको कक्ष’

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७७ पुष १४
  • 396shares

श्रीधर घिमिरे, गोठगाउँ– स्थानीय सरकार भनेकै गाउँका नागरिकको समस्या बुझ्ने नजिकको सरकार हो । रामेछाप नगरपालिकाले समस्या बुझ्ने मात्रै हैन् समधानको उपाय सहित नगरबाट प्रवाह हुने सेवा लिएर ९ ओटै वडामा पुग्ने अभियान चलाएको छ । नगरपालिका सम्म सहजै पुग्न नसक्ने अशक्तलाई परिचय पत्र, उपभोक्ता समितिलाई योजना सम्झौताको लागि सम्झौता पत्र र क्षमता भएका युवाहरुलाई लोक सेवाको ज्ञान लिएर नगरको सिंगो टिम नै एकीकृत घुम्ती शिविरमा निस्केको छ ।

नगर उपप्रमुख सृजना खड्का, प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादे सहितको टोलीले मंगलबार देखि रामेछाप नगरपालिका– १ गोठगाउँबाट विभिन्न सेवाको सुरुवात गरेका छन् ।

नागरिकका अधिकार स्थापित गराउन हामीले नागरिक मैत्री कानुन बनाएर गाउँमै सेवा लिएर आएका छौँ, उपप्रमुख सृजना खड्काले भनिन, ‘हामीले स्थानीयका लागि गर्ने मुख्य काम नै यस्तै हुन् । त्यसैको आधारमा रहेर अपाङ्गता भएका व्यक्तिलाई परिचय पत्र वितरणसँगै गाउँमै योजना सम्झौता गर्ने अभियानमा हामी वडा–वडामा आएका छौ । यसले हाम्रा नागरिकलाई थोरै भएपनि सेवा मिलेको छ ।’

नगरबाट प्रवाह हुने सेवा लिएर वडा–वडामा आफूहरु पुग्दा नगरपालिका सम्म आउन नसक्ने अपाङ्गता भएको व्यक्ति र एउटा योजना सम्झौता गर्न घण्टौ लगाएर नगरपालिका सम्म आउनु पर्ने बाध्यतामा रहेका उपभोक्ता समितिका पदाधिकारीलाई ठूलो रहात पुगेको नगर उपप्रमुख खड्काको ठम्याई रहेको छ ।

८ स्थानीय तह र विभिन्न सरकारी कार्यालय भएको रामेछाप जिल्लामा आफ्नै जिल्लाका निजामती कर्मचारी नहुँदा हाम्रो जिल्लाको पहिचान नै हराएको जस्तो भएकाले निजमती कर्मचारी तर्फ आकर्षण बढाउनको लागि लोक सेवाद्धारा लिईने नायव सुब्बा, खरिदार वा सो सरहको परिक्षा तयारी सम्बन्धी अभिमुखीकरण कार्यक्रम पनि सँगै लिएर आएको उपप्रमुख खड्काले बताईन् ।

राजनीतिक परिवर्तनबाट स्थापित स्थानीय सरकारले गरेका विकासबाट नागरिकहरुले गरेका अपेक्षाहरु पुरा हुँदै गएका छन्, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले भने, ‘गाउँको विकासमा हिजोको अवस्था र आजको अवस्था निकै फरक देखिन्छ । यहि गतिको विकास भयो भने पक्कै पनि नागरिकले पूर्ण रुपमा विकासको अनुभुती चाँडै गर्नेछन् ।’

भौगोलिक दृष्टिकोणले पनि यस नगरपालिकाका वडाहरु नगरको केन्द्रबाट धेरै टाढा रहेकाले नगरबाट टाढा रहेका नागरिकहरु नगरको सेवाबाट बञ्चित नहुन् र विभिन्न झन्झटबाट मुक्त हुन् भनेर अहिले तत्काल गर्नु पर्ने विविभन्न काम वडाबाटै गर्ने गरी एकीकृत घुम्ती शिविरको रुपमा यो अभियान लिएर गाउँमा आएको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेको भनाई रहेको छ ।

गोठगाउँबाट सुरु भएको एकीकृत शिविरमा मंगलबार १ नं वडा कार्यालयमा अपाङ्गता परिचय पत्र नविकरण र योजना सम्झौताको काम भएका छन् । त्यस्तै गोठाउँको चण्डेश्वरी माविमा अध्ययनरत विद्यार्थी र स्थानीय युवाहरु सहितको सहभागितामा लोक सेवाद्धारा लिईने नायव सुब्बा, खरिदार वा सो सरहको परिक्षा तयारी सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम भएको छ ।

९ दिन सम्म चल्ने शिविरमा नगर कार्यपालिका सदस्य ज्ञानुदेवी बस्नेत, नगरपालिकाका अधिकृत द्वोय नारायण सुवेदी र प्रेम श्रेष्ठ, इन्जिनियर तिलक बहादुर श्रेष्ठ, आन्तरिक लेखा परिक्षक संजिव कुमार लामिछाने, उद्यम विकास सहजकर्ता मनिशा सुवेदी, कम्प्युटर अपरेटर सन्दिप केसी लगायतको टोली रहेको छ ।

  • 396shares
ShareTweetPin

Related Posts

रामेछाप नगरपालिकाको ८ महिनाको पुँजीगत खर्च ३२ प्रतिशत मात्रै
स्थानीय सरकार

रामेछाप नगरपालिकाको ८ महिनाको पुँजीगत खर्च ३२ प्रतिशत मात्रै

‘व्यवसायिक बन्न हरेक नागरिकसँग सीप हुनुपर्छ’– नगर प्रमुख थापामगर
समाचार

‘व्यवसायिक बन्न हरेक नागरिकसँग सीप हुनुपर्छ’– नगर प्रमुख थापामगर

‘हाम्रो रामेछाप नगरपालिका’ नामक पुस्तक सार्वजनिक, नगरको वस्तुस्थिति बुझ्न मद्धत पुग्छ– नगर प्रमुख
समाचार

‘हाम्रो रामेछाप नगरपालिका’ नामक पुस्तक सार्वजनिक, नगरको वस्तुस्थिति बुझ्न मद्धत पुग्छ– नगर प्रमुख

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
संरक्षकः गुञ्ज कार्की, बुद्धिकुमार सुनुवार
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन