Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home अर्थ

‘सहकारीको दैनिक कारोबार देखेर वैंकहरु आत्तिन थाले’– महासचिव खड्का

संवादाताः हाम्रो प्रहार
पुस ११, २०७७

रामेछाप– बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका महासचिब जीवशराज खड्काले सहकारीको गतिविधिले बैंकहरु आत्तिएको बताएका छन् । रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघको १३औं बार्षिक साधारसभामा बोल्दै जनताबाट संचालित सहकारीहरुले  दैनिक रुपमा लाखौ‌को कारोबार गर्दै गएको देखेर बैंकहरु आत्तिदै गएको बताएका हुन् ।

“सामान्य नागरिकले जम्मा गरेको केही पैसाबाट एउटा सहकारीले दैनिक लाखौ कारोबार गर्छ, जुन कारोबार अधिकासं बैंकहरुको हुँदैन, महासचिब खड्काले भने, ‘हाम्रो ठूलो कारोबार देखेर उनिहरु आत्तिन थालेका छन् । हाम्रो आर्थिक गतिविधिलाई झन मजबुद र पारदर्शी बनाउन सके बैंकहरु भन्दा हामी अगाडि आउन सक्छौ ।”

स्थानीय सरकारले सहकारीलाई सहयोग नगर्दा स्थानीय तहरुह आर्थिक रुपमा अगाडि बढ्न नसकेको महासचिब खड्काको भनाई रहेको छ । नेफ्सकुनका केद्रिय सदस्य समेत रहेका खड्काले जिल्लामा भएका सहकारीहरुले नेफ्सकुनमा आबद्ध भएर काम गरे धेरै फाइदा हुने बताएका छन् ।

त्यस्तै कार्यक्रममा बोल्दै रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहालले जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्थाहरुले नीति नियममा रहेर पारादर्शि रुपमा काम गर्न सके जिल्लालाई सहकारीको माध्यमबाट नै समृद्ध बनाउन सकिने बताए ।

कार्यक्रममा रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका निवर्तमान अध्यक्ष गोविन्द प्रसाद घिमिरे, नेपाल पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्री, विभिन्न सहकारीका प्रतिनिधि लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

साधारसभामा रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका महासचिब नविन केसीले संघको अघिल्लो वर्ष प्रगति विवरण प्रस्तुत गरेका थिए । त्यस्तै महासचिब केसीले संघले आगामी वर्षका लागि विभिन्न कार्यक्रमहरु सहितको १३ बुँदे प्रस्तावित कार्यक्रमहरु रहेको बताएका छन् ।

रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघको कारोबार ४८ लाख माथी

रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघको कारोबार ४८ लाख २१ हजार ३ सय ७ रुपैयाँ रहेको छ । आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष पार्वती पाठकले चालु आर्थिक वर्षको पौष महिनाको १० गते सम्मा सहकारीले उक्त कारोबार गरेको बताईन् । त्यस्तै आर्थिक वर्ष २०७६÷०७७ को खुद नाफा ६२ हजार १ सय ३७ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । लेखा सुपरिवेक्षण समितिका संयोजक प्रज्ञान खड्काले लेखा समितिको प्रतिवेदन प्रस्तु गरेका थिए ।

Related Posts

रामेछाप जिल्ला बचत संघको अध्यक्षमा पुनः जगन्नाथ दाहाल
अर्थ

रामेछाप जिल्ला बचत संघको अध्यक्षमा पुनः जगन्नाथ दाहाल

संवादाताः हाम्रो प्रहार
पुस २३, २०७९
0

रामेछाप- रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघको संचालक समितिको अध्यक्षमा पुनः जगन्नाथ दाहाल नै दोहोरिएका छन् । शनिबार सम्पन्न...

पुरा पढ्नुहोस्
मन्थली बचतको २५ वर्षे यात्रा, १ अर्ब ६ करोड बढीको कारोबार
अर्थ

मन्थली बचतको २५ वर्षे यात्रा, १ अर्ब ६ करोड बढीको कारोबार

संवादाताः हाम्रो प्रहार
मंसिर १७, २०७९
0

रामेछाप- २५ वर्ष अघि मन्थलीमा स्थापना भएको मन्थली बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति १ अर्ब माथि पुगेको छ...

पुरा पढ्नुहोस्
रामेछाप र दोलखाको माटोमा अम्लीयपन बढ्दै, कृषि चुन प्रयोग गरेर घटाउन सुझाव
अर्थ

रामेछाप र दोलखाको माटोमा अम्लीयपन बढ्दै, कृषि चुन प्रयोग गरेर घटाउन सुझाव

संवादाताः हाम्रो प्रहार
जेष्ठ २७, २०७९
0

रामेछाप– रामेछाप र दोलखाको माटोमा अम्लीयपनको मात्रा बढ्दै गएको पाइएको छ । माटो तथा मल परीक्षण प्रयोगशाला हेटौडाले सदरमुकाम मन्थलीमा...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper