रामेछाप– रामेछाप जिल्लाको क्षेत्र नं १ को पूर्व एमालेका क्षेत्रिय सदस्य सहित नेकपाका एक दर्जन बढी नेता तथा कार्यकर्ताले नेकपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । बुधबार नेपाली काँग्रेस रामेछापले काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा रामेछाप क्षेत्र नं १ का पूर्व एमालेका क्षेत्रिय सदस्य भरतराज खत्री सहित १६ जनाले नेकपा परित्याग गरी काँग्रेसमा प्रवेश गरेको तरुणदल रामेछापका सहसचिब जीवन कार्कीले बताए ।
सहसचिव कार्कीका अनुसार भरतराज खत्री र इबेन्द्र दाहालको नेतृत्वमा काँग्रेमा प्रवेश गर्नेहरु क्रमशः अम्बर बहादुर थापामगर, हेमराज श्रेष्ठ, सन्त बहादुर थापामगर, कृति बहादुर तामाङ, सुन बहादुर तामाङ, उमेश थापा, तेज बहादुर थापामगर, तुल बहादुर थापा मगर, लोक बहादुर श्रेष्ठ, नवराज खत्री, बलराम खुलाल, अनुप कुमार सुनुवार, गोविन्द खड्का र सुजन खड्का रहेका छन् ।
नेपाली काँग्रेसका युवा नेता एवं नेपाली काँग्रेका केन्द्रीय सदस्य प्रदीप पौडेलले उनिहरुलाई नेपाली काँग्रेसमा प्रवेश गराएका हुन् ।
नेपाल कम्युनिस्ट पार्टीको सरकारले भ्रष्ट्राचारमा लिप्ता भएर जनतामाथी कुठराघात गर्दै देश र जनताको अहितमा काम गरेकाले आफूले नेकपा परित्याग गरेको भरतराज खत्रीले बताए । आफ्नो राजनीति काँग्रेमा सशक्त हुने पनि खत्रीले बताए ।
कार्यक्रममा नेपाली काँग्रेस रामेछापका पार्टी सभापति लवश्री न्यौपाने, पूर्वपार्टी सभापति रामचन्द्र खड्का, पार्टी उपसभापति जितेन्द्र मोक्तान लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
इबेन्द्र दाहालको अध्यक्षतामा खिम्ति– काठमाडौं सम्पर्क समिति गठन
पार्टी प्रवेशसँगै इबेन्द्र दाहालको अध्यक्षतामा ७ सदस्यि नेपाली काँग्रेस खिम्ती– काठमाडौ सम्पर्क समिति बनेको छ । समितिको उपाध्यक्षमा राजु बरुवाल, सचिवमा प्रविन तामाङ, सदस्यहरुमा क्रमशः उमेश कुमार श्रेष्ठ, सुरेश श्रेष्ठ, लोक बहादुर श्रेष्ठ र कर्ण बहादुर श्रेष्ठ रहेका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्