Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home स्थानीय सरकार

अपाङ्गताको पक्षमा बोलीरहने वरिष्ठ पत्रकार नयाँघरे सहित ३ जना सम्मानित

संवादाताः कुमार श्रेष्ठ
मंसिर १८, २०७७

रामेछाप– अपाङ्गताको क्षेत्रमा क्रियाशिल रामेछापका वरिष्ठ पत्रकार बद्री नयाँघरे सहित ३ जनालाई मन्थली नगरपालिकाले सम्मान गरेको छ । मन्थली नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको पछिल्लो अवस्था कस्तो छ र आगमी दिनमा कसरी अगाडि बढ्न सकन्छि भन्ने बिषयमा २९ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा वरिष्ठ पत्रकार नयाँघरे सहित ३ जना सम्मानित भएका हुन् ।

अपाङ्गता सचेतन सेवा केन्द्र रामेछापको अध्यक्ष समेत रहेका पत्रकार नयाँघरे, अपाङ्गता सचेतन सेवा केन्द्र रामेछापकै सदस्य निर्मला कार्की र महिला उपहार मञ्च नेपालको सदस्य गीता कर्माचार्यलाई प्रसंशा पत्र सहित दोसल्ला ओढाएर नगर प्रमुख रमेश कुमार बस्नेतले सम्मान गर्नुभएको हो । त्यस्तै कमजोर आर्थिक अवस्था भएका अन्य ६ जनालाई नगर उपप्रमुख माया कुमार कार्कीले एक हजार नगद सहित ब्लाङ्केट दिएर सहयोग गर्नुभएको छ ।

विगत १८ वर्ष देखि अपाङ्गता भएका व्यक्तिहरुको हकअधिकारको निम्ती निरन्तर लागीरहेका पत्रकार बद्री नयाँघरेले जिल्लाभरीका अशक्त र अपाङ्गताको पक्षमा आवाज उठाउँदै स्थानीय सरकारलाई समेत सकरात्मक सल्हासुझाव दिदै अगाडि बढीरहेकाले उहाँको उच्च सम्मान गर्दै उहाँ सहित ३ जनालाई सम्मान गरिएको मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले बताउनुभयो ।

समाजमा पछाडि पारिएका समुदायको निम्ती सँधै आवाज उठाउँदै आएको स्थानीय सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई परेको समस्या समधानको लागि पनि उत्तिकै लागी परिरहेको छ, नगर प्रमुख बस्नेतले भन्नुभयो, “हाम्रो नगरमा भएका यस्ता व्यक्तिलाई लक्षित गरि क्षमता अभिवृत्ति र जिवीकोपार्जनमा प्रत्यक्ष टेवा पुग्ने गरी कार्यक्रमहरु ल्याउँछौ ।”

महत्वपूर्ण दिन पारेर अपाङ्गताको पक्षमा आवाज उठाउँदै आएका आफू सहित ३ जनालई सम्मान गरेकोमा नगरपालिकालाई धन्यबाद दिँदै बरिष्ठ पत्रकार नयाँघरेले भन्नुभयो, “समाजमा पछाडि पारिएका समुदायको पक्षमा बोलीरहने हामीलाई सम्मान गर्दा निकै खुसी लागेको छ । यस्ता सम्मानले हामी केही व्यक्तिको मनमा निकै खुसी छाएको छ । तर जिल्लाका सबै स्थानीय तहले जिल्लाभरीमा अपाङ्गता भएका व्यक्तिहरुलाई फाइदा पुग्ने कार्यक्रम ल्याउन जरुरी छ । अपाङ्गताको क्षेत्रमा केही सुधारका कामहरु शुरु भएपनि दिर्घकालिन फाइदा हुने खालका कार्यक्रम ल्याउनु प¥यो । जुन कार्यक्रमले अहिलेका जनप्रतिनिधिलाई सधै सम्झिरहन पाउँ ।”

Related Posts

सुनापतिका अध्यक्ष ठुलोकान्छा तामाङको दाबी- ‘गफ कम, काम धेरै’
समाचार

सुनापतिका अध्यक्ष ठुलोकान्छा तामाङको दाबी- ‘गफ कम, काम धेरै’

संवादाताः हाम्रो प्रहार
पुस १७, २०८२
0

रामेछाप- रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले जनप्रतिनिधिहरूले चुनावका बेला गरेका वाचाहरू भाषणमा मात्र सीमित नराखी काममै उतारेर देखाएको बताएका...

पुरा पढ्नुहोस्
गाउँपालिकाबाट प्रवाह हुने सेवा लिएर गाउँमै पुग्यो सुनापति
समाचार

गाउँपालिकाबाट प्रवाह हुने सेवा लिएर गाउँमै पुग्यो सुनापति

संवादाताः रामचन्द्र वि.क.
पुस १४, २०८२
0

रामेछाप– रामेछापको सुनापति गाउँपालिकाले गाउँपालिकाबाट प्रवाह हुने विभिन्न सेवा गाउँमै पुगेर दिन थालेको छ । गाउँपालिकाले आइतबारदेखि एकीकृत घुम्ती शिविर...

पुरा पढ्नुहोस्
रामेछाप नगरपालिका बालमैत्री नगर घोषणा
समाचार

रामेछाप नगरपालिका बालमैत्री नगर घोषणा

संवादाताः रामचन्द्र वि.क.
भदौ २२, २०८२
0

रामेछाप- रामेछाप नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा भएको छ । बालमैत्री शासनयुक्त नगर हुन पुरा गर्नु पर्ने ५१ ओटा...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper