Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home स्थानीय सरकार

घरमै पुगेर भत्ता दिने वडाध्यक्षको अनुभवः ‘उहाँहरुको खुसीलाई शब्दमा उतार्न सकिँदैन’

संवादाताः रामचन्द्र वि.क.
कार्तिक ६, २०७७

रामेछाप– दशैंको मुखमा जेष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिलाई घरमै दशैं खर्च आइपुग्दा त्यो भन्दा खुसी उनिहरुका लागि के हुन सक्छ र ? तीन दिन देखि सामाजिक सुरक्षा भत्ता बोकेर घर–घरमै पुगेका रामेछाप नगरपालिका वडा नं ५ रामपुरका वडाध्यक्षले पनि उनिहरुको खुसीलाई शब्दमा व्यक्त गर्ने अर्को शब्द नभएको अनुभव गर्छन् ।

आफू निर्वाचित भएदेखि नै घर–घरमै पुगेर भत्ता वितरण दर्गा देखिको अनुभव सुनाउँदै वडाध्यक्ष भिम बहादुर तामाङले भने– ‘नागरिकले पाउने सेवा सहज तरिकाले दिनु हाम्रो कर्तव्य हो । स्थानीय सरकार आउनु पहिला सामाजिक सुरक्षा भत्ता लिनकै लागि वडा कार्यालय र सदरमुकाम धाउँदा शारिरीक पीडा, मानिसक पीडा र आर्थिक भारलाई मध्यनजर गरेर हामीले उहाँहरुको घरमै पुगरे भत्ता दिन थाल्यौं, यो सेवाले उहाँहरुको खुसी अहिले सम्म पनि मापन गर्न सकेका छैनौं । उहाँहरुको खुसी नै हाम्रो खुसी हो । यसलाई हाम्रो कार्यकालभरी अझ सहज तरिकाले दिने गरी निरन्तरता दिन्छौं ।’

वडामा जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित जेष्ठ नागरिक र दलित बालबालिका गरि ४ सय ७३ जनालाई नजिकको टोल र टोलमा आउन नसक्नेहरुको घरमै पुगेर चालु आर्थिक वर्षको पहिलो चौमासिकको रकम वितरण गरिएको वडाध्यक्ष तामाङले बताए । यसरी घरमै पुगेर भत्ता उपलब्ध गराउँदा उनिहरुलाई परेको थप समस्या पनि जानकारी हुने र भावी योजना बनाउन समेत सहयोग पुग्ने अध्यक्ष तामाङको भनाई रहेको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा वितरणलाई पारदर्शी बनाउन स्थानीय तहमा अनिवार्य बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय गरेको भएपनि वडा कार्यालय सम्म आउन नसक्ने सेवाग्राहीका लागि त्यस्तो प्रणाली अव्यावहारिक हुने हुँदा आफ्नो कार्यकालभरी लक्षित वर्गकै अनुरोधमा जोखिम मोलेरै भएपनि सामजिक सुरक्षा भत्ता घरघरमै पु¥याउने अध्यक्ष तामाङले प्रतिवद्धता जनाए ।

९ वटा वडा रहेको रामेछाप नगरपालिकाका अधिकांस वडाहरुले घरघरमै पुगेर भत्ता वितरण गरिसकेका छन् ।

Related Posts

रामेछाप नगरपालिका बालमैत्री नगर घोषणा
समाचार

रामेछाप नगरपालिका बालमैत्री नगर घोषणा

संवादाताः रामचन्द्र वि.क.
भदौ २२, २०८२
0

रामेछाप- रामेछाप नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा भएको छ । बालमैत्री शासनयुक्त नगर हुन पुरा गर्नु पर्ने ५१ ओटा...

पुरा पढ्नुहोस्
सुनापतिको तिज विशेष लोकगीत प्रतियोगितामा १५ हजारको पुरस्कार वडा नं २ को समूहलाई
समाचार

सुनापतिको तिज विशेष लोकगीत प्रतियोगितामा १५ हजारको पुरस्कार वडा नं २ को समूहलाई

संवादाताः हाम्रो प्रहार
भदौ ८, २०८२
0

रामेछाप- सुनापति गाउँपालिकाले हरितालिका तिजको अवसर पारेर आयोजना गरेको गाउँपालिका स्तरीय लोकगीत प्रतियोगितामा वडा नं २ को दिदीबहिनी समूह प्रथम...

पुरा पढ्नुहोस्
स्थानीय तह स्वमूल्यांकनमा गोकुलगंगा पहिलो
समाचार

स्थानीय तह स्वमूल्यांकनमा गोकुलगंगा पहिलो

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८२
0

रामेछाप- रामेछापको गोकुगंगा गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा जिल्लामै प्रथम भएको छ । संघीय मामिला तथा सामान्य...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper