रामेछाप– समुद्री सतहबाट साँढे चार हजार मिटरको उचाईमा अवस्थित पाँच पोखरी र जट पोखरीमा जनै पूर्णिमाको दिन हजारौको संख्यामा भक्तालुहरु मेला भर्ना जाने गर्छन् । रामेछापको उमाकुण्डा गाउँपालिका र गोकुलगंगा गाउँपालिकाको केही भूभाग गाडीको यात्रा गरेपछि एक दिनको पैदल यात्रापछि पुगिने यी दुई पोखरी उत्तरी रामेछापको महत्वपूर्ण पर्यटकिय स्थल हुन् । प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकिय क्षत्रमा कोरोना कहरकै बीचपनि यस वर्षको जनै पूर्णिमाको दिन पनि सयौंको संख्यामा मानिसहरु त्यस क्षत्रमा पुगेका छन् ।
हेर्नुहोस दश तस्विरमा प्राकृतिक सौन्दार्यले भरिपूर्ण जट पोखरी–पाँच पोखरी
तस्विर सौजन्यः जीवन कार्की, उमेश कार्की र सुरेन्द्र बस्नेतको फेसबुकबाट
आफ्नो प्रतिकृया दिनुहोस्