Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाज

कठजोरका दुई सय बढी जेष्ठ नागरिक ३ नं वडा कार्यालयद्वारा सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २०, २०७७

रामेछाप– मन्थली नगरपालिका वडा नम्बर ३ ले वडामा रहेका ७० वर्ष माथिका जेष्ठ नागरिकालाई सम्मान गरेको छ । वडा कार्यालयले शनिबार एक कार्यक्रमको आयोजना गरी ७० वर्ष पार गरी सामाजिक सुरक्षा भत्ता लिई रहेका दुई सय बढी जेष्ठ नागरिकलाई न्यानो कपडा सहित सम्मान गरेको हो ।

वडा कार्यालय नजिक गरिएको कार्यक्रममा ७० वर्ष नाघेका महिला जेष्ठ नागरिकलाई फरिया–चोलो उपलब्ध गराउँदै पछेउरा ओढाएर सम्मान गरिएको छ भने पुरुष जेष्ठ नागरिकलाई दौरा सुरुवालको साथमा ढाका टोपी लगाएर सम्मान गरिएको छ । वडा नम्बर ३ का वडाध्यक्ष केशव रोक्काको अध्यक्षता भएको कार्यक्रममा बोल्दै मन्थली नगरपालिकाका नगर प्रमुम एवं जेष्ठ नागरिक सम्मान कार्यक्रमका प्रमुख अतिथि रमेश कुमार बस्नेतले सम्मान कार्यक्रमले स्थानीय जनप्रतिनिधि र जेष्ठ नागरिकबीचमा भेट गराउनुका साथै जेष्ठ नागरिकहरुको समस्या बुझ्न थप सहयोग पुगेको बताउनुभयो । नगर प्रमुख बस्नेतले जेष्ठ नागरिकहरुका लागि आगामी वर्षहरुमा पनि प्याकेजमै कार्यक्रम बनाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष केशव रोक्काले सम्मानित व्यक्तिहरुले विगतमा समाजलाई पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै जेष्ठ नागरिकहरुलाई सम्मान गरेको बताउनुभयो । आगामी दिनमा पनि वडा कार्यालयले जेष्ठ नागरिककहरुको अपेक्षा अनुसारनै कार्यक्रमहरु गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

जेष्ठ नागरिक सम्मान कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक कोइराला, मन्थली नगरपालिकाको न्यायिक समितिका सदस्य एवं वडा नं ३ का वडा सदस्य नारायण बोगटी, वडा सदस्यहरु क्रमशः तुल बहादुर बस्नेत, बिमला रम्तेल, भिममाया श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

सम्मानित भएका व्यक्तिहरुले आफैले चुनाव जिताएर पठाएका स्थानीय सरकारका जनप्रतिनिधिले गाउँमै आएर सम्मान गर्दा आफूहरुलाई निकै खुसी लागेको बताएका छन् ।

Related Posts

सुनापतिका अध्यक्ष ठुलोकान्छा तामाङको दाबी- ‘गफ कम, काम धेरै’
समाचार

सुनापतिका अध्यक्ष ठुलोकान्छा तामाङको दाबी- ‘गफ कम, काम धेरै’

संवादाताः हाम्रो प्रहार
पुस १७, २०८२
0

रामेछाप- रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले जनप्रतिनिधिहरूले चुनावका बेला गरेका वाचाहरू भाषणमा मात्र सीमित नराखी काममै उतारेर देखाएको बताएका...

पुरा पढ्नुहोस्
मातृशोकबाट जन्मिएको  सेवा भाव: ६९० विद्यार्थीलाई घेसे विमान सिंहको न्यानो कपडा उपहार
समाचार

मातृशोकबाट जन्मिएको सेवा भाव: ६९० विद्यार्थीलाई घेसे विमान सिंहको न्यानो कपडा उपहार

संवादाताः हाम्रो प्रहार
पुस १४, २०८२
0

रामेछाप– मानिसको जीवनमा एउटा यस्तो मोड आउँछ, जसले उसको बाँच्ने उद्देश्य नै बदलिदिन्छ । रामेछापको सुनापति गाउँपालिका–४ भ्वाँसाका घेसे विमान...

पुरा पढ्नुहोस्
गाउँपालिकाबाट प्रवाह हुने सेवा लिएर गाउँमै पुग्यो सुनापति
समाचार

गाउँपालिकाबाट प्रवाह हुने सेवा लिएर गाउँमै पुग्यो सुनापति

संवादाताः रामचन्द्र वि.क.
पुस १४, २०८२
0

रामेछाप– रामेछापको सुनापति गाउँपालिकाले गाउँपालिकाबाट प्रवाह हुने विभिन्न सेवा गाउँमै पुगेर दिन थालेको छ । गाउँपालिकाले आइतबारदेखि एकीकृत घुम्ती शिविर...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper