Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home स्थानीय सरकार

रामेछापका महिला उद्यमीलाई सिलाई मेसिन वितरण

रामहरि केसी संवादाताः रामहरि केसी
२०७७ असार १२

रमहरि केसी, रामेछाप– रामेछाप नगरपालिकाले व्यवसय प्रवद्र्धनको लागि महिला उद्यमीहरुलाई सिलाई मेसिन उपलब्ध गराएको छ । घरेलु स्यानेटरी प्याड उत्पादन गर्ने तालिम लिएका महिलाहरुलाई घरमै स्यानेटरी प्याड उत्पादनमा सहयोग पुर्‍याउने उद्देश्यले शुक्रबार नगरपालिकामा सिलाई मेसिन उपलब्ध गराएको हो ।

अघिल्लो आर्थिक वर्षमा स्यानेटरी प्याड उत्पान गर्न तालिम लिएका नगरका ९ वटै वडाका १८ जना महिलाहरुलाई नगरले निःशुल्क सिलाई मेसिन उपलब्ध गराएको नगर उपप्रमुख सृजना खड्काले बताउनुभयो । उहाँले भन्नुभयो– ‘उद्यम प्रवद्र्धनमा टेवा पुर्‍याउँदै महिलाहरुलाई स्वरोजगारमा समेत सहयोग पुग्ने गरी उहाँहरुलाई यसअघि नगरलेनै तालिम दिएको थियो । तालिम लिएर बसेका महिला दिदीबहीनलाई घरमै स्यानेटरी प्याड उत्पादनमा सहयोग पुग्योस भनेर हामीले मेसिन दिएका हौं ।’

सरकारले विद्यालयमा अध्ययनरत छात्राहरुलाई निःशुल्क स्यानेटरी प्याड वितरण गर्नु पर्ने नीति ल्याएकाले नगरमा उत्पादित घरेलु स्यानेटरी प्याड नगरमै खपत हुने हुँदा उत्पादित प्याड विक्री गर्न बजारको समस्या नरहेको पनि उहाँले बताउनुभयो । उपप्रमुख खड्काले उत्पादित घरेलु स्यानेटरी प्याड गाउँमै खपत हुने हुँदा धेरै मात्रमा स्यानेटरी प्याड उत्पादन गर्न महिला उद्यामीहरुलाई आग्रह गर्नुभएको छ ।

यसअघि महिला उद्यमीहरुले तालिम पछि घरमै उत्पादन गरेका स्यानेटरी प्याड नगरका विद्यालयमा अध्ययनरत छात्राहरुलाई निःशुल्क उपलब्ध गराएको थियो ।

नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा उपप्रमुख सुजना खड्का, शिक्षा शाखाका प्रमुख शुकदेव नेपाल, स्वास्थ्य शाखाका प्रमुख विष्णु कार्की लगायतको सहभागिता रहेको थियो ।

Related Posts

समाचार

मन्थलीको कार्यपालिका बैठक थानापतिमा, नगरको पर्यटन विकास पहिलो प्राथमिकतामा

मन्थलीमा जेष्ठ नागरिक दिवसः डेढ सयको स्वास्थ्य परीक्षण, नगर प्रमुख भन्छन्–‘जेष्ठ नागरिक हाम्रा सम्पत्ति हुन’
समाचार

मन्थलीमा जेष्ठ नागरिक दिवसः डेढ सयको स्वास्थ्य परीक्षण, नगर प्रमुख भन्छन्–‘जेष्ठ नागरिक हाम्रा सम्पत्ति हुन’

रामेछाप- ६ मा घरमै भत्ता, भत्ता बुझ्नेहरु भन्छन– ‘खर्च गरेर बैंक धाउनु पर्ने बाध्यता हट्यो’
समाचार

रामेछाप- ६ मा घरमै भत्ता, भत्ता बुझ्नेहरु भन्छन– ‘खर्च गरेर बैंक धाउनु पर्ने बाध्यता हट्यो’

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
संरक्षकः गुञ्ज कार्की, बुद्धिकुमार सुनुवार
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper