Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home स्थानीय सरकार

लिखुतामाकोशीको नीति तथा कार्यक्रमः कृषि, रोजगारी र स्वास्थ्य प्राथमिकतामा (पूर्णपाठ)

संवादाताः रामहरि केसी
असार १२, २०७७

लिखुतामाकोशी– लिखुतामाकोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि नीति तथा कार्यक्रम ल्याएको छ । बुधबार गाउँपालिकाको सातौं गाउँसभाले कोरोना भाइरसका कारण आउन सक्ने संकटलाई समधान गर्ने गरी आर्थिक विकासलाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्राम ल्याएको हो ।

आर्थिक विकासका लागि गाउँपालिकाले कृषि तथा पशुपंक्षी विकास मार्फत कृषिमा उन्नतिः लिखु तामाकोशी गाउँपालिकाबासीको समुन्नति, चिनौँ आफ्नो माटोः बनाऔँ आफ्नै गाउँ,  बारीका पाटा र खेतका गराः हुन्छन् सबै हराभरा, एक वडा तहः एक पकेट क्षेत्र, खोला खोल्सीको पानी, पाखाबारीको जिन्दगानी जस्ता नाराका साथ कार्यक्रमलाई पहिलो प्राथिमकतामा राखेको छ ।

त्यस्तै पर्यटकिय विकासका लागि एक वडा एक नमूना पर्यटकीय गन्तव्य, रोजगारीका लागि एक घरः एक उद्यमी, गुणस्तर शिक्षाका लागि समृद्ध लिखु तामाकोशीको प्राथमिकताः घर–घरमा शिक्षा, स्वच्छ खानेपानीका लागि एक घर एक धारा, लैंगिक समनताका लागि समावेशी विकासः समस्याको निकास, पूर्वधार विकासका लागि पूर्वाधार समुन्नतिको आधारः विकास जनताको अधिकार जस्ता नारा सहितका कार्यक्रमहरु आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रममा समेटिएका छन् ।

गाउँपालिका उपाध्यक्ष दिपशिखा न्यौपाने दाहालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोभिड–१९ को सङ्क्रमणलाई यथाशीघ्र रोकथाम तथा नियन्त्रण गर्न मापदण्ड अनुसार परीक्षणको दायरा वृद्धि, थप पि.सि.आर. ल्याव सञ्चालन, केस इन्भेस्टिगेसन, कन्ट्रयाक्ट ट्रेसिङ र परीक्षण कार्यका लागि गाउँपालिकाको केन्द्र धोबीमा व्यवस्था मिलाउने, सरकारी तथा अन्य सामुदायिक अस्पतालसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने जास्ता कार्यक्रमहरुलाई प्राथमिकतामा राखिएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपाध्यक्ष दाहालले आर्थिक वर्ष २०७७/०७८ का लागि अनुमानित बजेट ५९ करोड ११ लाख ६८ हजार २ सय पचास रुपैयाँ रहेको पनि बताईन् ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्काले आगामी आर्थिक वर्षको लागि ल्याईएको नीति तथा कार्यक्रमले समृद्ध गाउँपालिका बन्ने विश्वास व्यक्त गर्दै नीति तथा कार्यक्रमलाई जसरी पनि कार्यान्वय गराउनु पर्ने बताए । उनले आगामी आर्थिक वर्षका लागि ल्याईएको नीति तथा कार्यक्रम सफल बनाउनको लागि आफू रातदिन लागी पर्ने बताए । ‘हामी सबैको ऐक्यबद्धताः सुशासनयुक्त, समृद्ध लिखुतामाकोशी हाम्रो प्रतिवद्धता’ भन्ने मूल नाराका साथ ल्याइएको नीति तथा कार्यक्रम सफ बनाउनको लागि सबै एक भएर लाग्नु पर्ने पनि अध्यक्ष खड्काले बताए ।

लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्काको अध्यक्षता तथा रामेछाप प्रदेशसभा ‘क’ बागमती प्रदेशका सांसद शान्ती प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेल, सबै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्य, राजनीतिक दलका नेता, पत्रकार, स्थानीय नगरिक लगायतको सहभागिता रहेको थियो ।

यस्तो छ लिखुतामाकोशी गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७९ को नीति तथा कार्यक्रमः

नीति तथा कार्यक्रमको पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोस

Related Posts

रामेछाप नगरपालिका बालमैत्री नगर घोषणा
समाचार

रामेछाप नगरपालिका बालमैत्री नगर घोषणा

संवादाताः रामचन्द्र वि.क.
भदौ २२, २०८२
0

रामेछाप- रामेछाप नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा भएको छ । बालमैत्री शासनयुक्त नगर हुन पुरा गर्नु पर्ने ५१ ओटा...

पुरा पढ्नुहोस्
सुनापतिको तिज विशेष लोकगीत प्रतियोगितामा १५ हजारको पुरस्कार वडा नं २ को समूहलाई
समाचार

सुनापतिको तिज विशेष लोकगीत प्रतियोगितामा १५ हजारको पुरस्कार वडा नं २ को समूहलाई

संवादाताः हाम्रो प्रहार
भदौ ८, २०८२
0

रामेछाप- सुनापति गाउँपालिकाले हरितालिका तिजको अवसर पारेर आयोजना गरेको गाउँपालिका स्तरीय लोकगीत प्रतियोगितामा वडा नं २ को दिदीबहिनी समूह प्रथम...

पुरा पढ्नुहोस्
स्थानीय तह स्वमूल्यांकनमा गोकुलगंगा पहिलो
समाचार

स्थानीय तह स्वमूल्यांकनमा गोकुलगंगा पहिलो

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८२
0

रामेछाप- रामेछापको गोकुगंगा गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा जिल्लामै प्रथम भएको छ । संघीय मामिला तथा सामान्य...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper