Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home अर्थ

सुकाजोरमा घरमै भत्ता, वडाध्यक्ष भन्छनः ‘नागरिकको खुसीले काम गर्ने उर्जा मिल्दो रहेछ’

संवादाताः हाम्रो प्रहार
बैशाख १५, २०७७

रामहरि केसी, रामेछाप- रामेछापको वडा नम्बर ७ सुकाजोरका स्थानीय आफ्नै घरमा पैसा पाउँदा निकै खुसी छन् । यो खुसी उनिहरुमा त्यतिकै आएको हैन् । आफैले भोट दिएर जिताएका जनप्रतिनिधिले चुनाव अघि गरेका बाचा पूरा गरेपछि उनिहरुको मुहारमा खुसी छाएको हो ।

वडाअध्यक्ष सहितको टोली सुकाजोरका विभिन्न बस्तीहरुमा हरेक चार महिनामा राज्यले उपब्ध गराउने सामाजिक सुरक्षा भत्ता लिएर पुग्छ । भत्ता बोकेर विभिन्न टोलका घर–घरमा पुग्दा कार्यालय सम्म जान नसक्ने जेष्ठ नागरिक, एकल महिला, लोपउन्मुख हायु जाती लगायतका नागरिकहरु निकै खुसी देखिन्छन् ।

आफ्नै गाउँमा भत्ता पाएपछि बिर्ताका राम बहादुर हायुले खुसी हुँदै भन्नुभयो– ‘चार–चार महिनामा पैसा लिनको लागि दिन माया मारेर पैसा खर्च गरेर वडा कार्यालय सम्म जानु पथ्र्यो, अहिले हामीले त्यो झन्झट बेहोर्नु पर्दैन् । हाम्रा लागि यो भन्दा खुसी अरु के हुन्छ र ?’

सडक खन्नु मात्रै विकास हैन, नागरिकका स–साना समस्यालाई समधान गर्न सक्यौ भने त्यस्ता कामले नागरिकहरु निकै खुसी हुने रहेछन् वडाध्यक्ष समिरि कार्कीले भन्नुभयो, ‘ त्यहि खुसी हामीलाई काम गर्ने उर्जा बन्दो रहेछ ।’

गाउँमा भत्ता लिएर जाँदा सम्बन्धित व्यक्तिले नै पैसा पाउँने भएकाले त्यो पैसाले उनिहरुलाई निकै सहयोग पुग्ने वडाध्यक्ष कार्कीको भनाई रहेको छ । यसले भत्ताको सहि सदुपयोग हुने पनि वडाध्यक्ष कार्कीको विश्वास रहेको छ । आफू निर्वाचित भएर आए देखि नै निरन्तर रुपमा गाउँमै गएर सुरक्षा भत्ता दिइएको र यसलाई निरन्तरता दिने उहाँको भनाई रहेको छ ।

करिव साँढे एघार सय सामाजिक सुरक्षा लिने मध्ये सात सय ३३ जना लोपउन्मुख हायु जाती रहेको वडा सचिब उत्तम कार्कीले बताउनुभयो । विभिन्न टोलमा लगिने एक चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्न एक हप्ता लाग्ने बताउनुभयो । विभिन्न टोलमा राखिएको भत्ता वितरण सिविरमा आउन नसक्ने अशक्तहरुको घरमै गएर वितरण गरिएको पनि सचिब कार्कीको भनाई रहेको छ ।

वडा कार्यालयबाट टाढा रहेका बस्तीहरुमा वडाबाट प्रवाह हुने सेवा लिएर प्रत्येक एक महिनामा वडाध्यक्ष र आफू सहितको टोली गाउँमै गएर विभिन्न सेवा समेत दिने गरेको सचिब कार्कीले बताउनुभयो ।

Related Posts

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो
समाचार

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो

संवादाताः हाम्रो प्रहार
भदौ ३१, २०८३
0

रामेछाप- नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितको सहयोगका लागि आर्थिक सहयोग गरेको छ । नेपाली काँग्रेसको मातृ संस्था समेत...

पुरा पढ्नुहोस्
उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने
समाचार

उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने

संवादाताः हाम्रो प्रहार
भदौ २७, २०८३
0

रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रामेछाप सहित गाउँपालिकाबाट प्रवाह हुने सरकारी सेवा गाउँमै पुर्‍याउने भएको छ । नागरिकहरुले...

पुरा पढ्नुहोस्
रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते
समाचार

रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते

संवादाताः हाम्रो प्रहार
भदौ २६, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा नं १ सुकाजोर खोला नजिक टाटाको योद्धा गाडि दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper