

रामेछाप- नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘क’ क्षेत्रीय सभापतिमा सुन्दर खड्का विजयी भएका छन् । उनले अर्का उम्मेदवार मुरारी प्रसाद घिमिरेलाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन् । शनिवार सम्पन्न मत गणनाको अन्तिम नतिजा अनुसार खड्काले ३ सय ७७ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी मुरारी प्रसाद घिमिरेले २ सय ८४ मत पाएका थिए । त्यस्तै सभापतिका अर्का उम्मेदवार राजकुमार खत्रीले १ सय ५२ मत प्राप्त गरेका छन् ।



त्यस्तै सचिवमा अनुज खड्का ४ सय ३६ मतका साथ विजयी भएका छन् । उनले सचिव पदका अर्का उम्मेदवारलाई विनोद कुमार राउतलाई १ सय ७० को मतान्तरले पराजित गरेका थिए । राउतले २ सय ६६ मत प्राप्त गरेका छन् ।
रामेछाप प्रदेश सभा ‘क’ क्षेत्रीय उपसभापतिमा कुमार श्रेष्ठ, सहसचिवमा दलविक्रम कार्की र रन्जिता कार्की निर्विरोध निर्वाचित भइसकेका छन् ।
त्यस्तै रामेछाप प्रदेश सभा ‘क’ बाट प्रदेश अधिवेशन प्रतिनिधिमा क्रमशः कुमार खड्का, दिपक खड्का, दुर्लव कुमार अधिकारी, पुष्कर पौडेल, भरत खड्का, मोतिलाल तामाङ (एन्जल), सिताराम कार्की, युवराज सुवेदी, यादव प्रसाद दाहाल, निराजन कार्की, झपडराज भण्डारी, दामोदर खड्का, मनिषा काफ्ले, दिनेश कुमार कार्की, सन्तोष कुमार रोका, अपना कुमारी श्रेष्ठ, कुमार दर्जी र कल्पना सुनुवार निर्वाचित भएका छन् ।

















