Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा

संवादाताः हाम्रो प्रहार
साउन २३, २०८३

रामेछाप- रामेछाप अस्पतालले पहिलोपटक नियमित मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ । स्थानीयस्तरमै गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालले मानसिक रोग विशेषज्ञको नियमित सेवा सुरु गरेको हो ।

अस्पतालमा डिप्रेसन, चिन्ता तथा तनाव, निद्रासम्बन्धी समस्या, प्यानिक अट्याक, ओसीडी, बाइपोलार डिसअर्डर, स्किजोफ्रेनियालगायत मानसिक स्वास्थ्य समस्याको उपचार गरिने गरि उक्त सेवा दिन लागिएको रामेछाप अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सागर जर्घा मगरले बताए । मेसु जर्घा मगरले बाल तथा किशोर मानसिक स्वास्थ्य, वृद्धावस्थामा देखिने मानसिक समस्या तथा मदिरा र लागू पदार्थको दुर्व्यसनसम्बन्धी उपचार सेवासमेत उपलब्ध बताए । मेडिकल सुपरिटेन्डेन्ट जर्घामगरले मानसिक स्वास्थ्यसम्बन्धी समस्या लुकाएर राख्नुभन्दा समयमै पहिचान गरी विशेषज्ञसँग परामर्श लिनुपर्ने बताए । मानसिक स्वास्थ्य समस्या कमजोरी नभई अन्य स्वास्थ्य समस्याजस्तै उपचार र हेरचाह आवश्यक पर्ने अवस्था भएकाले समयमै उपचार पाए जीवनस्तरमा उल्लेख्य सुधार ल्याउन सकिने उनको भनाइ छ ।

अस्पतालमा वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. विजया सत्यालबाट मानसिक स्वास्थ्यसम्बन्धी विशेषज्ञ परामर्श तथा उपचार सेवा प्रदान गरिनेछ । एमडी मनोचिकित्सा अध्ययन गर्नुभएकी डा. सत्यालबाट विभिन्न मानसिक स्वास्थ्य समस्या भएका सेवाग्राहीले विशेषज्ञ सेवा लिन सक्ने अस्पतालले जनाएको छ ।

अस्पतालमा मानसिक स्वास्थ्य विशेषज्ञ सेवा प्रत्येक दिन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । सेवा अस्पतालको मानसिक स्वास्थ्य कक्षबाट उपलब्ध हुने जनाइएको छ । विशेषज्ञसँग परामर्श तथा अपोइन्टमेन्टका लागि ९७६५२०३३८४८ मा सम्पर्क गर्न सकिने अस्पतालले जनाएको छ ।

Related Posts

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो
समाचार

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो

संवादाताः हाम्रो प्रहार
भदौ ३१, २०८३
0

रामेछाप- नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितको सहयोगका लागि आर्थिक सहयोग गरेको छ । नेपाली काँग्रेसको मातृ संस्था समेत...

पुरा पढ्नुहोस्
उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने
समाचार

उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने

संवादाताः हाम्रो प्रहार
भदौ २७, २०८३
0

रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रामेछाप सहित गाउँपालिकाबाट प्रवाह हुने सरकारी सेवा गाउँमै पुर्‍याउने भएको छ । नागरिकहरुले...

पुरा पढ्नुहोस्
रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते
समाचार

रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते

संवादाताः हाम्रो प्रहार
भदौ २६, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा नं १ सुकाजोर खोला नजिक टाटाको योद्धा गाडि दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper