Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

‘सत्ताभन्दा निष्ठा ठूलो हो, रामेछापको रूपान्तरणका लागि संसदमा जान लागेको हुँ’- खड्का

संवादाताः रामचन्द्र वि.क.
माघ १४, २०८२

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस रामेछापबाट उम्मेदवार बनेका रामचन्द्र खड्कासँग हाम्रो प्रहार डटकमका प्रधान सम्पादक रामचन्द्र विकले गरेको कुराकानीको सम्पादित अंश ।

लामो राजनीतिक जीवनपछि तपाईं २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्नु भएको छ । आफ्नो जीवन यात्रा र राजनीतिमा प्रवेशको पृष्ठभूमि बताइदिनुस् ।
मेरो जन्म वि.सं. २०१३ साल माघमा रामेछापको सुनापति गाउँपालिका–४, बेथानमा भएको हो । मेरो राजनीतिक चेतनाको बीउ भने सानै उमेरमा रोपियो । २०२१ सालको बम काण्डमा मेरा दाजु शिवबहादुर खड्कासहित केही युवामाथि राजगद्दी उल्ट्याउने अभियोग लाग्यो र फाँसीको सजायसम्मको अवस्था आयो । त्यतिखेर मेरा बुबा प्रधानपञ्च हुनुहुन्थ्यो, तर उहाँले पद त्यागेर हामीलाई अन्याय र दमनविरुद्ध उभिन प्रेरित गर्नुभयो । “तिमीहरूले पञ्चायती व्यवस्था र अन्यायको अन्त्य गर्नुपर्छ” भन्ने बुबाको भावनाले मलाई विद्रोही चेतनातर्फ डो¥यायो । त्यही कारणले म बाल्यकालदेखि नै राजनीतिक रूपमा सचेत भएँ । सुरुमा अनेरास्ववियुको सदस्य भएँ, पछि नेविसंघमा प्रवेश गरेँ । विद्यार्थी आन्दोलनमा सक्रिय हुँदा पटक–पटक पक्राउ परेँ, जेल परेँ, आरआर क्याम्पसबाट दुई वर्षका लागि रस्टिकेटसमेत भएँ । पछि ल क्याम्पसबाट आईएल र महेन्द्ररत्न क्याम्पसबाट बीएड पूरा गरेँ ।

विद्यार्थी आन्दोलन र पार्टी संगठनमा तपाईंको भूमिका कस्तो रह्यो ?
२०३० सालको घटनापछि केही साथीहरूसहित म पनि पक्राउ परेँ । म नाबालक भएकाले छुटेँ, तर त्यसले झन् हौसला बढायो । २०३१–३२ को विद्यार्थी आन्दोलनमा सक्रिय रहेँ । बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेरजस्ता नेताहरूलाई प्रत्यक्ष देख्ने, आन्दोलनमा सहभागी हुने अवसर पाएँ । २०३३ सालमा बीपी कोइराला नेपाल फर्किँदा स्वागत गर्न जाँदा हामीमाथि कुटपिटसमेत भयो । पछि कांग्रेसको क्रियाशील सदस्य बनेँ, शिक्षक पेशामा बसेर पनि पार्टी संगठन बलियो बनाउने काम गरिरहेँ । २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन- यी सबैमा म प्रत्यक्ष सहभागी थिएँ । २०४६ मा त म शिक्षक हुँदाहुँदै पनि पुलिस कस्टडीमा परेँ ।

तपाईं लामो समय पार्टी सभापति पनि हुनुभयो । त्यस अनुभवलाई कसरी हेर्नुहुन्छ ?
२०५७ सालदेखि म नेपाली कांग्रेस रामेछापको सभापति भएँ र तीन कार्यकाल नेतृत्व गरेँ । संगठन निर्माण, आन्तरिक एकता र लोकतान्त्रिक अभ्यासमा मैले सधैं जोड दिएँ । १३औँ महाधिवेशनपछि नेतृत्व हस्तान्तरण गरें । म कहिल्यै पदलाई टाँसिरहनुपर्छ भन्ने मान्यता राख्दिनँ । नेतृत्व हस्तान्तरण पनि लोकतन्त्रको सुन्दर अभ्यास हो भन्ने मेरो विश्वास हो ।

सत्ताको लोभ किन कहिल्यै पलाएन ?
२०५९ सालमा पार्टी फुट्दा मन्त्री बन्ने अवसर आउन सक्थ्यो । तर मैले पार्टी र आदर्श छोडिनँ । मलाई सत्ताभन्दा निष्ठा ठूलो लाग्छ । कलंकित भएर पदमा पुग्नुभन्दा निष्कलंक भएर संघर्षमै रहनु राम्रो ठान्छु । म पार्टीको इतिहास र मूल्य बचाउने पक्षमा उभिएको मान्छे हुँ ।

अहिलेको पुस्ता, विशेषगरी न्भल श् का मागलाई तपाईं कसरी सम्बोधन गर्नुहुन्छ ?
आजको पुस्ता जागरुक छ, प्रश्न सोध्छ र जवाफ खोज्छ । उनीहरूलाई भाषण होइन, अवसर चाहिएको छ- रोजगारी, सीप, प्रविधिमा पहुँच र उद्यमशीलताको वातावरण । यदि राज्यले यही पुस्तालाई देशभित्रै अवसर दिन सकेन भने पलायन रोकिन्न । त्यसैले मेरो प्राथमिकता सीपमूलक तालिम, स्टार्टअपमा सहुलियत ऋण, कृषि र पर्यटनसँग जोडिएका युवा उद्यम कार्यक्रम, र डिजिटल सेवा विस्तारमा हुनेछ । जेनजीले सुशासन र पारदर्शिता पनि खोजेको छ, त्यसैले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति व्यवहारमै लागू गर्नुपर्छ ।

कांग्रेसको नेतृत्व परिवर्तन र त्यसको प्रभावलाई कसरी हेर्नुहुन्छ ?
आज नेपाली कांग्रेस नयाँ नेतृत्वमा परिवर्तनको बाटोमा गएको छ । सभापति गगन कुमार थापाको नेतृत्वमा पार्टीले नीति, संगठन र कार्यशैलीमा नयाँ सोच अघि सारेको छ । यही परिवर्तनलाई जनताले साथ दिएर कांग्रेसलाई बहुमत दिए भने देश पनि परिवर्तन हुन्छ भन्ने मेरो दृढ विश्वास हो । पार्टीभित्र सुधार भयो भने सरकार सञ्चालनमा पनि सुधार हुन्छ, र त्यसको प्रत्यक्ष लाभ जनताले पाउँछन् ।

भ्रष्टाचार र सुशासनका विषयमा तपाईंको धारणा ?
आज जनप्रतिनिधिले जनभावनाअनुसार काम गरेन भने जनप्रतिनिधि नै संकटमा पर्छन् । अहिलेको पुस्ताले २७–२८ घण्टामै सरकार हल्लाउन सक्छ । त्यसैले पारदर्शिता, जवाफदेहिता र विधिको शासन अब विकल्प होइन, बाध्यता हो । कांग्रेसले अघि सारेको सुशासनको एजेन्डालाई कागजमा होइन, व्यवहारमा उतार्नुपर्छ ।

किन नेपाली कांग्रेसलाई भोट दिनुपर्छ ?
नेपालका सबै ठूला लोकतान्त्रिक परिवर्तन २००७ सालदेखि हाल सम्म कांग्रेसकै नेतृत्वमा भएका छन् । संविधान, प्रेस स्वतन्त्रता, खुला अर्थतन्त्र, नागरिक अधिकार—यी सबैको आधार कांग्रेस हो । यदि कांग्रेस कमजोर भयो भने लोकतन्त्र, संविधान र अर्थतन्त्र सबै कमजोर हुन्छन् । वामपन्थी पार्टीहरू मात्रैले राज्य व्यवस्था दीर्घकालसम्म धान्न सक्दैनन् । सन्तुलित, लोकतान्त्रिक र समावेशी राज्यका लागि कांग्रेस आवश्यक छ ।

रामेछापका मुख्य समस्या र तपाईंका चुनावी एजेन्डा के हुन् ?
म व्यक्तिवादी विकास होइन, नीतिगत सुधार र कार्यान्वयन गर्न सकिने योजनामा विश्वास गर्छु । त्यसैले चुनावी नारामात्र होइन, स्पष्ट घोषणापत्र÷प्रतिबद्धता पत्र ल्याउनेछु, जसमा जिल्लालाई सुहाउने र गर्न सकिने मात्रै कुरा समेटिनेछ । मेरा प्रमुख एजेन्डा यस्ता छन् ।
-विदेशिएका युवालाई स्वदेश फर्काएर कृषि, उद्योग र पर्यटनमार्फत जिल्लामै रोजगारी
-मल, बीउ, पशुदानामा सिधा सब्सिडी र किसानलाई उत्पादनमै आधारित प्रोत्साहन
-स्थानीय उत्पादन सरकारले खरिद गरेर बजारसम्म पु¥याउने व्यवस्था
-सडक, जलविद्युत् र खानेपानीको स्थानीय उपभोग सुनिश्चित गर्दै दीगो पूर्वाधार
-शिक्षा र स्वास्थ्य सेवामा गुणस्तर सुधार र पहुँच विस्तार
यी सबै नीतिगत निर्णय र दृढ कार्यान्वयनबाट मात्र सम्भव हुन्छ । त्यसैले प्रतिवद्धता पत्रमा समयसीमा, स्रोत र कार्यान्वयन संयन्त्रसमेत स्पष्ट रूपमा राखिनेछ । यि सबै कुरा मेरो घोषणापत्रमा आउँछन् ।

साधारण जीवनशैली भएका तपाईंले महँगो चुनाव कसरी लड्नुहुन्छ ?
घर धितो राखेर, केही सम्पत्ति बेचेर र आवश्यक ऋण लिएर म चुनाव लड्छु । मलाई विश्वास छ, मतदाताले मबाट पैसा होइन, इमान्दारी खोज्छन् । निष्ठावान मान्छेले पनि चुनाव जित्न सक्छ भन्ने उदाहरण दिन चाहन्छु ।

अन्त्यमा मतदातालाई के सन्देश दिन चाहनुहुन्छ ?
भोट हाल्दा भावनामा होइन, भविष्यमा सोचेर हाल्नुस् । जो सधैं तपाईंको सुख–दुःखमा साथ रह्यो, जसले स्वार्थ, डर र दबाबभन्दा माथि उठेर समाजको पक्षमा उभियो, उसैलाई छान्नुस् । म तपाईंहरूको शिर झुक्ने कुनै काम गर्ने छैन । देशलाई अस्थिरता, सौदाबाजी र सत्ता खेलबाट निकाल्न प्रत्यक्ष र समानुपातिक दुबै तर्फ नेपाली कांग्रेसलाई मत दिएर कांग्रेसलाई देशकै पहिलो ठूलो पार्टी बनाइदिनुस् र बलियो, स्थिर एकल सरकार बनाउने जनादेश दिनुस् । त्यही जनादेशबाट मात्र सुशासन, रोजगारी र विकास सम्भव हुन्छ । मेरो बाँकी जीवन जनताको सेवा र रामेछापको रूपान्तरणमै समर्पित रहनेछ ।

Related Posts

सहिदहरूको सम्झनामा रामेछापमा दिप प्रज्वलन
समाचार

सहिदहरूको सम्झनामा रामेछापमा दिप प्रज्वलन

संवादाताः हाम्रो प्रहार
माघ १६, २०८२
0

रामेछाप- देशका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सहिदहरूको स्मरण गर्दै रामेछाप जेसिजले दिप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ ।...

पुरा पढ्नुहोस्
रामेछापको विकासमा काँग्रेसको ऐतिहासिक योगदान छ- उपसभापति शर्मा
समाचार

रामेछापको विकासमा काँग्रेसको ऐतिहासिक योगदान छ- उपसभापति शर्मा

संवादाताः हाम्रो प्रहार
माघ १५, २०८२
0

काठमाण्डौँ- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले रामेछाप जिल्लाको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र सञ्चार क्षेत्रमा भएको विकासमा नेपाली कांग्रेसको ऐतिहासिक...

पुरा पढ्नुहोस्
बाल माविको स्वर्ण जयन्ती सम्पन्न, शिक्षाको विकासमा सबैको ऐक्यबद्धता
समाचार

बाल माविको स्वर्ण जयन्ती सम्पन्न, शिक्षाको विकासमा सबैको ऐक्यबद्धता

संवादाताः हाम्रो प्रहार
माघ १२, २०८२
0

रामेछाप- सुनापति गाउँपालिका वडा नं. ५ मा रहेको बाल माध्यमिक विद्यालयले स्थापनाको ५०औँ वर्ष पूरा गरेको अवसरमा स्वर्ण जयन्ती समारोह...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper