Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

बाल माविको ५० वर्षे यात्रा : माघ १० गते स्वर्णजयन्ती मनाउने

संवादाताः हाम्रो प्रहार
माघ २, २०८२

रामेछाप– सुनापति गाउँपालिका वडा नं. ५ भिरकोटमा अवस्थित बाल माध्यमिक विद्यालयले आफ्नो स्थापना कालको ५० वर्ष पूरा गरेको अवसरमा स्वर्णजयन्ती समारोह आयोजना गर्ने भएको छ । विद्यालयले आधा शताब्दी लामो शैक्षिक यात्रालाई स्मरणीय बनाउँदै माघ १० गते शनिवार सामाजिक, शैक्षिक र सांस्कृतिक गतिविधिसहित स्वर्णजयन्ती मनाउन लागेको विद्यालयका प्रधानाध्यापक चक्रबहादुर मानन्धरले जनाकारी दिए ।

स्थापना कालदेखि निरन्तर रूपमा ग्रामीण क्षेत्रमा शिक्षाको ज्योति फैलाउँदै आएको बाल माविले यस अवधिमा सयौँ विद्यार्थीलाई औपचारिक शिक्षासँगै अनुशासन, संस्कार र सामाजिक जिम्मेवारीको पाठ सिकाउँदै आएको प्रधानाध्यापक मानन्धरको भनाइ छ । “स्रोत–साधनको अभाव, भौगोलिक कठिनाइ र विभिन्न चुनौतीबीच पनि विद्यालयले आफ्नो शैक्षिक यात्रालाई निरन्तर अगाडि बढाउँदै यहाँसम्म आइपुगेको छ, यो सम्पूर्ण शिक्षक, अभिभावक, विद्यार्थी र समुदायको सामूहिक योगदानको परिणाम हो,” उनले भने । स्वर्णजयन्ती समारोह सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न गरिने प्रधानाध्यापक मानन्धरले बताए । समारोहमा विद्यालयको इतिहास, उपलब्धि र योगदानलाई उजागर गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू समावेश गरिएको बालमाविका सहायक प्रधानाध्यापक एवं सूचना अधिकारी माइकल लामाले जानकारी दिए ।

सूचना अधिकारी लामाका अनुसार विद्यालयका जग्गादाता, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, पूर्व शिक्षक–अभिभावक संघ अध्यक्ष, संस्थापक व्यक्तित्वहरू, पूर्व प्रधानाध्यापकहरू, समाजसेवी, सहयोगी दाताहरू, दीर्घकालीन रूपमा सेवा प्रदान गरेका शिक्षक तथा कर्मचारी, वर्तमान विद्यार्थीहरू, स्थायी सेवा पूरा गरेका कर्मचारीहरू तथा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका पूर्व विद्यार्थी र विशिष्ट महानुभावहरूलाई सम्मान गरिने छ ।

त्यसैगरी, समारोहअन्तर्गत शैक्षिक प्रदर्शनी, सांस्कृतिक कार्यक्रम र स्काउटद्वारा विशेष कार्यक्रम प्रस्तुत गरिनेछ ।

विद्यालयले स्थापना कालदेखि हालसम्मको ५० वर्षे यात्रा सुन्दर, सफल र ऐतिहासिक रहेको उल्लेख गर्दै स्वर्णजयन्ती समारोहलाई केवल उत्सव मात्र नभई भावी पुस्ताका लागि प्रेरणाको स्रोत बनाउने लक्ष्य लिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु लामाले बताए । अध्यक्ष लामाले विद्यालयले सम्पूर्ण जग्गादाता, पूर्व पदाधिकारी, शिक्षक, विद्यार्थी, अभिभावक, पूर्व विद्यार्थी, समाजसेवी तथा शिक्षा प्रेमी महानुभावहरूलाई गरिमामय उपस्थितिका लागि सादर अनुरोध गरेका छन् ।

Related Posts

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper