Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार आइतबार बिहान अन्दाजी ७ बजेको समयमा मन्थली नगरपालिका वडा नं ७ कल्लेरी मानेडाँडा बस्ने ३२ वर्षीय करण बि.क.ले पुरानो रिसइवीका कारण योजना बनाई काठमाडौँबाट मानिसहरू बोलाएर खाँडादेवी गाउँपालिका वडा नं ९ स्कुलडाँडा बस्ने ३५ वर्षीय जीवन बि.क.माथि निर्घात कुटपिट गरेका हुन् । कुटपिटबाट गम्भीर घाइते भई बेहोस भएका जीवन बि.क.लाई तत्काल उद्धार गरी मन्थलीस्थित रामेछाप सामुदायिक अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतले बताए ।

घटनालगत्तै खटिएको प्रहरी टोलीले आक्रमणमा संलग्न रामेछाप खाँडादेवी–३ आँपचौरका २५ वर्षीय गोपाल बि.क., खाँडादेवी–२ मझुवाका २० वर्षीय दिपेन्द्र लोहार, खाँडादेवी–१ राकाथुमका ३६ वर्षीय नारायण लोहार, मन्थली–७ कल्लेरीका ३२ वर्षीय करण बि.क. र सोही ठाउँकी २५ वर्षीया विपना खातीलाई पक्राउ गरेको छ । यस्तै सिन्धुलीको सुनकोसी गाउँपालिका–४ डाँगी बस्ने २४ वर्षीय रमन बि.क., ३० वर्षीय रमेश बि.क. र २० वर्षीय चतुरलाल बि.क. पनि पक्राउ परेका छन् ।

पक्राउ परेका सबै व्यक्तिहरू र उनिहरुले प्रयोग गरेका ४ ओटा मोटरसाइकल समेत नियन्त्रणमा लिई ज्यान मार्ने उद्योग कसूरमा थप अनुसन्धान अगाडि बढाइएको सूचना अधिकारी प्रहरी निरीक्षक राउतले बताए ।

Related Posts

चुनावी घोषणापत्रमा उल्लेख गरेभन्दा बढी काम गरिरहेका छौँ : अध्यक्ष तामाङ
समाचार

चुनावी घोषणापत्रमा उल्लेख गरेभन्दा बढी काम गरिरहेका छौँ : अध्यक्ष तामाङ

संवादाताः हाम्रो प्रहार
अशोज २४, २०८३
0

रामेछाप- रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले चुनावी घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धताभन्दा बढी काम गर्ने लक्ष्यसहित गाउँपालिका अघि बढिरहेको बताएका...

पुरा पढ्नुहोस्
आफ्नो अनुभव सुनाउँदै सुरेश श्रेष्ठले भने– ‘तीता क्षण बिर्सिन्छु, मीठा अनुभव बोकेर जान्छु’
समाचार

आफ्नो अनुभव सुनाउँदै सुरेश श्रेष्ठले भने– ‘तीता क्षण बिर्सिन्छु, मीठा अनुभव बोकेर जान्छु’

संवादाताः रामचन्द्र वि.क.
अशोज २४, २०८३
0

रामेछाप– कुनै ठाउँमा पुग्नु र त्यहाँको जिम्मेवारी पूरा गरेर बिदा हुनु सामान्य प्रशासनिक प्रक्रिया हो । तर, त्यो अवधिमा बनाएका...

पुरा पढ्नुहोस्
कांग्रेस केन्द्रीय सदस्यमा रामेछापका ९ नेताको उम्मेदवारी
समाचार

कांग्रेस केन्द्रीय सदस्यमा रामेछापका ९ नेताको उम्मेदवारी

संवादाताः रामचन्द्र वि.क.
अशोज २१, २०८३
0

रामेछाप- नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा रामेछापका ९ जनाले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । पार्टीको केन्द्रीय महाधिवेशनअन्तर्गत उम्मेदवारी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper