Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

मन्थली क्याम्पसमा ‘समुदायमा सरकारी वकिल’ कार्यक्रम सम्पन्न

संवादाताः कैलाश खत्री
पुस १६, २०८२

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीस्थित सहिद स्मृति बहुमुखी क्याम्पसमा ‘समुदायमा सरकारी वकिल’ कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सरकारी वकिल कार्यालय रामेछापको आयोजनामा बुधबार उक्त सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो । समुदायमा सरकारी वकिल अभियान अन्तर्गत विद्यार्थीहरूलाई सरकारी वकिल कार्यालयको काम, कर्तव्य र क्षेत्राधिकारका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कार्यालयले जनाएको छ ।

कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालय रामेछापका जिल्ला न्यायाधिवक्ता लोक बहादुर कटुवाल र सहायक जिल्ला न्यायाधिवक्ता विनिता कपालीले सरकारी वकिलले गर्ने कार्य सम्पादन, मुद्दाको प्रक्रिया र विविध कानुनी प्रावधानका बारेमा विद्यार्थीहरूलाई प्रष्ट पारेका थिए । सो क्रममा विद्यार्थीहरूले सरकारवादी मुद्दा, समाजमा देखिने कानुनी जटिलता र त्यसको समाधानका उपायबारे जिज्ञासा राखेका थिए ।

क्याम्पस प्रमुख डा. भरत कुमार श्रेष्ठले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा कानुनी चेतना अभिवृद्धि हुने बताए । “समाजमा शान्ति र सुव्यवस्था कायम गर्न हरेक नागरिकलाई देशको नियम कानुनबारे आधारभूत ज्ञान हुन जरुरी छ,” उनले भने । कार्यक्रमलाई आगामी दिनमा रामेछापका ग्रामीण बस्तीहरू सम्म लैजाने लक्ष्य राखिएको सरकारी वकिलको कार्यालयले बताएको छ । सरकारी वकिल र नागरिकबीचको दुरी कम गर्न यो अभियान प्रभावकारी हुने विश्वास लिइएको कार्यालयको भनाई रहेको छ ।

कार्यक्रममा सहायक क्याम्पस प्रमुख रिता दाहाल, क्याम्पसका प्राध्यापकहरू र विद्यार्थीहरूको उपस्थिति रहेको थियो । कार्यक्रम सरकारी वकिल कार्यालयका नासु अजय कुमार कुशवाहाले सहजीकरण गरेका थिए ।

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper