Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामपुर अन्तर वडा भलिबल प्रतियोगिताको उपाधि ओखलढुंगाको चम्पादेवी-२ लाई

by हाम्रो प्रहार
कार्तिक २४, २०८३

रामेछाप- रामेछापको रामेछाप नगरपालिका–५ रामपुरमा शुक्रबारदेखि जारी अन्तर वडा खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि ओखलढुंगाको चम्पादेवी गाउँपालिका–२ ले जितेको छ । आइतबार फाइनल खेलमा रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुर ए लाई हराउँदै चम्पादेवी-२ ले प्रतियोगिताको उपाधि जितेको हो । प्रतियोगिताको उपाधिसँगै विजेता टिमले ८० हजार नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता बनेको रामपुर ए ले ५० हजार नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यता प्रतियोगिताको तृतीय र सान्त्वनाको लागि भएको प्रतिस्पर्धामा ओखलढुंगाकै चम्पादेवी गाउँपालिका–१ ले रामेछाप नगरपालिका- ४ हिमगंगालाइ पराजित गर्दै तृतीय भएको छ । तृतीय भएको टिमले ३० हजार नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सान्त्वना चित्त बुझाएको हिमगंगाले पनि १० हजार नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसै गरी, प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने ६ जना खेलाडीलाई एक हजारदेखि एक हजार पाँच सय रुपैयाँसम्म नगद पुरस्कारसहित मेडल प्रदान गरिएको थियो । प्रतियोगितामा प्रथम द्वितीय तृतीय र सान्त्वना हुने टिम र उत्कृष्ट हुने खेलाडीहरूलाई रामेछाप नगरपालिका वडा नं ५ का वडाध्यक्ष हरिश्चन्द्र श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए । पुरस्कार वितरण गर्दै वडाध्यक्ष श्रेष्ठले एक दर्जन भन्दा बढी टिमले खेलमा सहभागिता जनाउँदै अनुशासित रूपमा खेल प्रदर्शन गरेर वडाको खेल क्षेत्रमा सहयोग पुर्‍याउने सबै खेलाडीलाई धन्यवाद दिए । उनले वडा कार्यालयले आगामी दिनमा पनि यस्ता प्रतियोगिता सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ५ रामपुरको आर्थिक सहयोग तथा सुनकोशी सामुदायिक सिकाइ केन्द्र रामपुरको आयोजनामा भएको खेलमा रामेछाप ओखलढुंगा लगायतका गरी १३ टिमले सहभागिता जनाएको खेल संयोजक टंकराज श्रेष्ठले बताए ।

Related Posts

रामपुर अन्तरवडा भलिबल प्रतियोगिताको फाइनलमा रामेछाप-५ रामपुर ए र चम्पादेवी-२ प्रवेश
समाचार

रामपुर अन्तरवडा भलिबल प्रतियोगिताको फाइनलमा रामेछाप-५ रामपुर ए र चम्पादेवी-२ प्रवेश

by हाम्रो प्रहार
कार्तिक २२, २०८३
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका–५ रामपुरमा शुक्रबारदेखि जारी अन्तरवडा खुला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा रामेछाप नगरपालिका–५ रामपुर ए र ओखलढुंगाको चम्पादेवी...

Read moreDetails
दशैं–तिहारमा स्वास्थ्यको ख्याल गरौँ, चाडपर्वसँगै नसर्ने रोगबाट पनि सचेत बनौँ
समाचार

दशैं–तिहारमा स्वास्थ्यको ख्याल गरौँ, चाडपर्वसँगै नसर्ने रोगबाट पनि सचेत बनौँ

by हाम्रो प्रहार
कार्तिक १, २०८३
0

किसुनलाल महतो दशैं र तिहार नेपाली समाजका महत्वपूर्ण चाडपर्व हुन् । यी पर्वले परिवार, आफन्त र साथीभाइबीच भेटघाट, आत्मीयता र...

Read moreDetails
कांग्रेस केन्द्रीय सदस्यमा रामेछापका ९ नेताको उम्मेदवारी
समाचार

कांग्रेस केन्द्रीय सदस्यमा रामेछापका ९ नेताको उम्मेदवारी

by रामचन्द्र वि.क.
अशोज २१, २०८३
0

रामेछाप- नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा रामेछापका ९ जनाले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । पार्टीको केन्द्रीय महाधिवेशनअन्तर्गत उम्मेदवारी...

Read moreDetails
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper