Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछाप कारागारको अनुरोध: भागेका कैदी बन्दी असोज २० भित्रै सम्पर्कमा आउनु, नत्र कारबाही

संवादाताः हाम्रो प्रहार
अशोज १४, २०८२

रामेछाप- रामेछाप कारागारले जेनजी आन्दोलनका क्रममा देशका विभिन्न ठाउँमा रहेका कारागारबाट निस्केका कैदीबन्दीहरुलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । कारागार कार्यालय रामेछापले एक सूचना जारी गर्दै गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको बेला कारागारबाट बाहिर निस्केर हाल सम्म पनि आफू रहेको कारागारमा सम्पर्कमा नआएका कैदीबन्दीहरुलाई आफू बसेको कारागार वा नजिकको प्रहरी कार्यालयमा सम्पर्कमा आउन अनुरोध गरेको हो ।

विभिन्न कसुरमा कैद भुक्तान गरिरहेका र हाल कारागारबाट निस्केका र सम्पर्कमा नआएका कैदीबन्दीहरुलाई २०८२ असोज २० गते सम्म सम्पर्कमा आउन आग्रह गरिएको र तोकिएको समय अर्थात् असोज २० गते सम्ममा सम्पर्कमा नआएमा कारागार ऐन, २०७९ र प्रचलित कानुन अनुसार कारबाही हुने समेत सूचनामा उल्लेख गरिएको छ । सूचनामा कैदी बन्दी लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी कानुन अनुसार कारबाही हुने हुँदा त्यस्ता व्यक्तिहरूलाई तुरुन्त कारागार वा नजिकको प्रहरी कार्यालयमा पठाउन पनि भनिएको छ ।

विभिन्न कारागारबाट निस्केर हाल रामेछाप लगायत आसपासका जिल्लामा बसेका कैदीबन्दीहरु असोज २० गते भित्र कारागार वा प्रहरी कार्यालयमा सम्पर्कमा आएमा रामेछाप कारागारमै राखिने व्यवस्था समेत मिलाइने कारागार कार्यालय रामेछापका प्रमुख रुपक मण्डलले बताए । कारागारबाट निस्केका कैदीबन्दीहरुलाई कारागार सम्म ल्याउनको लागि कैदी बन्दीका परिवार, छिमेकी, समुदाय, नागरिक समाज, पत्रकार, व्यवसायी लगायतको समेत महत्त्वपूर्ण भूमिका हुने हुँदा सबैलाई सहयोग गरिदिन वा सूचना दिन आग्रह गरिएको प्रमुख मण्डलले बताए । यसरी सूचना दिने व्यक्तिको पहिचान गोप्य राखिने पनि प्रमुख मण्डलले बताए ।

१) ९८४१५६०९९० (प्रशासकीय अधिकृत श्री चुडामणि अर्याल, जिल्ला प्रशासन कार्यालय, रामेछाप

२) ९८५१२९०२३० (प्रहरी निरिक्षक श्री कौशल न्यौपाने, जिल्ला प्रहरी कार्यालय, रामेछाप
३) ९८४३५६२२९२ (सशस्त्र प्रहरी निरिक्षक श्री विकास उप्रेती, सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म, रामेछाप
४) अनुसन्धान सहायक श्री गृष्म भण्डारी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, रामेछाप
५) ९८४३३७९७२० (सहायक जिल्ला सरकारी वकिल श्री विनिता कपाली, जिल्ला सरकारी वकिल कार्यालय, रामेछाप
६) ९७६५२१८४७२ (कारागार प्रशासक श्री रुपक मण्डल, कारागार कार्यालय, रामेछाप
७) इमेल id: djoramechhap@gmail.com, dporamechhap_crime@nepalpolice.gov.np, daoramechhap@gmail.com

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper