Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

लिखुतामाकोशीको दलित लक्षित वडा अभियान : ‘राज्यले दिने छुट र सहुलियतको प्रयोग गरौँ’

संवादाताः रामचन्द्र वि.क.
असार १६, २०८२

रामेछाप– लिखुतामाकोशी गाउँपालिकाले पालिका भित्रका सबै वडामा पुगेर दलित समुदायलाई राज्यले दिँदै आएका विभिन्न छुट, सहुलियत र विशेष सुविधाको बारेमा गाउँ गाउँमा पुगेर अभिमुखीकरण गरेको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको दलित लक्षित कार्यक्रम अन्तरगत मागमा आधारित दलित सशक्तीकरण तथा आयआर्जन कार्यक्रमबाट वडा तहमै पुगेर स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार र विभिन्न निकायबाट दलित समुदायले पाउने विभिन्न छुट, सहुलियत र विशेष सुविधाको बारेमा अभिमुखीकरण गरेको हो । गाउँपालिकाको आर्थिक सहयोगमा गुगल व्यावसायिक कन्सल्टेन्सी प्रा.लिले वडाको दलित बस्तीमै पुगेर सबै वडामा एक÷एक दिने अभिमुखीकरण गरिएको गाउँपालिकाले बताएको छ । 

“राज्यबाट दलित समुदायलाई विभिन्न छुट सहित सहुलियत र विशेष सुविधाहरू छन्, उहाँहरूलाई त्यस्ता सेवा र सुविधाको बारेमा जानकारी नहुँदा राज्यले प्रदान गर्ने धेरै अवसरबाट दलित समुदाय वञ्चित हुनु परेको छ । त्यस कारण पनि उहाँहरूको जनचेतनामा वृद्धि गर्दै त्यस्ता सुविधाको अधिकतम प्रयोग गर्न सहयोग पुग्ने उद्देश्य सहित वडा तहमै अभिमुखीकरण कार्यक्रम गरिएको हो,” गाउँपालिका अध्यक्ष केशव महतले भने । 

गाउँपालिकाको वडा नं १ मा वडाध्यक्ष प्रदिप कुमार तामाङ, वडा नं २ मा वडाध्यक्ष सन्तोष पौडेल, वडा नं ३ मा गोपाल तामाङ, वडा नं ४ वडाध्यक्ष दिपक पुलामी, वडा नं ५ मा रोम बहादुर तामाङ, वडा नं ६ मा वडाध्यक्ष शिव प्रसाद न्यौपाने र वडा नं ७ मा वडाध्यक्ष कल्पना पाण्डेको अध्यक्षतामा अभिमुखीकरण गरिएको गुगल व्यावसायिक कन्सल्टेन्सी प्रा.लिका प्रबन्ध निर्देशक गम्भिरराज दंगालले बताए । दंगालका अनुसार वडामा गरिएको अभिमुखीकरण कार्यक्रममा वडा, गाउँपालिका, प्रदेश र संघीय सरकारका विभिन्न निकायबाट दलित समुदायलाई पाउने छुट, सहुलियत र विशेष सुविधाहरू कस्ता छन् र त्यस्ता सुविधाहरू कसरी लिन सकिन्छ भन्ने जस्ता विषयको बारेमा जानकारी गराइएको छ । 

त्यस्तै वडा वडाबाट दलित समुदायले राखेका विभिन्न समस्याका बारेमा गाउँपालिकामा सबै वडाका दलित अगुवाहरूको समेत सहभागिता हुने गरी दलितका सवालमा केन्द्रित साझा सवाल कार्यक्रम मार्फत सरोकारवालाहरूसँग बसेर समाधानको प्रयास समेत गरिएको थियो । साझा सवाल कार्यक्रममा राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटी, गाउँपालिका अध्यक्ष केशव महत, उपाध्यक्ष दिपा पाख्रिन, नेपाल प्रहरीका प्रहरी निरीक्षक विक्रम खड्का मगर, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दिपक कुमार घिमिरे, गाउँपालिकाका वडाध्यक्षहरू, कार्यपालिका सदस्य लगायतले सवालमा उठाएका विभिन्न विषयका बारेमा जवाफ दिँदै दलित समुदायको सशक्तीकरणको लागि आ–आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् । 

दलित लक्षित कार्यक्रम अन्तरगत नै मागमा आधारित दलित समुदायको आयआर्जनलाई समेत थप सहयोग पुग्ने गरी १० जना दलित उद्यमीहरूलाई उनीहरूको माग र आवश्यकताको आधारमा विभिन्न सामाग्री निःशुल्क उपलब्ध गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामसिं डडालले बताए । उनका अनुसार यसरी सामाग्री पाउनेहरूमा गाउँपालिका र उद्योग तथा वाणिज्य कार्यालय रामेछापमा दर्ता भई सञ्चालनमा रहेका उद्योगीहरू रहेका छन् ।

Related Posts

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper