Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

सुनापतिको पर्यटकीय क्षेत्रमा दुई हजार बढी वृक्षारोपण

संवादाताः रामचन्द्र वि.क.
असार १६, २०८२

रामेछाप– रामेछाप जिल्लाको सुनापति गाउँपालिकाले हरियाली प्रवर्द्धन र वातावरणीय सन्तुलन कायम गर्न उल्लेखनीय कदम चालेको छ । गाउँपालिकाको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा परिचित लामा टोलदेखि सुनापति डाँडाको शिवमूर्ति वरिपरी हुँदै १०८ वटा लहरे माने सम्म पुग्ने सडक छेउछाउ करिब दुई हजार बढी बिरुवाहरू रोपिएको गाउँपालिकाले जानकारी दिएको छ ।

धान दिवसका रूपमा मनाइने असार १५ को अवसर पारेर गरिएको उक्त वृक्षारोपण कार्यक्रमको नेतृत्व गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले गरेका थिए । उनीसँगै वडाध्यक्षहरू, विभिन्न वडाका जनप्रतिनिधि, कर्मचारी तथा स्थानियवासीहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा धुपी, आलुचा, कपुर, अम्ब, मलगेडी, चाइनिज लालिगुराँस जस्ता विभिन्न बहुपयोगी, सास्कृतिक, औषधीय र आकर्षक प्रजातिका बिरुवाहरू रोपिएको हो । यस्ता बिरुवाहरूले वातावरणीय सन्तुलन कायम गर्नुका साथै पर्यटकीय सौन्दर्य अभिवृद्धिमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

सुनापति गाउँपालिकाको केन्द्रबाट १०८ वटा लहरे मानेसम्म पुग्ने सडक निर्माणका क्रममा केही जंगल नष्ट भएको अवस्थामा सो क्षतिलाई न्यूनीकरण गर्न पनि यो वृक्षारोपण गरिएको अध्यक्ष तामाङले बताए । उनले भने,“सडक विकाससँगै हामीले पर्यावरणीय सन्तुलन पनि कायम राख्नुपर्छ भन्ने सोचका साथ हामीले वृक्षारोपणलाई प्राथमिकतामा राखेका छौं ।”

उनका अनुसार अहिले लगाइएका बिरुवाहरूमा बहुसंख्यक चिरपरिचित सजावटी र औषधीय महत्वका छन्, जसले आगामी केही वर्षभित्रै पर्यटकहरूको ध्यान तान्ने खालको वातावरण बनाउनेछ। “हामीले केवल विकास मात्र हैन, दिगो विकास र हरित विकासको अवधारणा अनुरूप काम गरिरहेका छौं,” अध्यक्ष तामाङले भने ।

लामा टोलदेखि लहरे मानेसम्मको सडक मार्ग आफैँमा एक प्राकृतिक पदमार्ग जस्तै बनेको छ । लहरे माने डाँडँबाट रामेछाप र आसपासका जिल्लाको रमणीय ठाउँको समेत अवलोकन गर्न सकिन्छ । यस क्षेत्रमा हुने सिजनअनुसारको हुस्सु, हिमपात, र वसन्त ऋतुमा फुल्ने विभिन्न प्रजातिका फुलले नै पर्यटकलाई लोभ्याउने गर्छन् । यस्ता क्षेत्रमा हरियाली थपिनुले निश्चय नै पर्यटक आकर्षणमा टेवा पुर्‍याउने विश्वास स्थानीयको छ ।

गाउँपालिका अध्यक्ष तामाङले अब प्रत्येक वर्ष निरन्तर वृक्षारोपणलाई प्राथमिकतामा राख्ने र रोपिएका विरुवाको संरक्षणका लागि स्थानीय समुदायसँग सहकार्य गर्दै नियमित अनुगमन प्रणाली लागू गरिने बताए ।

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper