Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

विश्व रक्तदाता दिवसमा रामेछापमा रक्तदान तथा अन्तरक्रिया कार्यक्रम

संवादाताः कुमार श्रेष्ठ
जेष्ठ ३१, २०८२

रामेछाप- हरेक वर्ष जून १४ तारिखका दिन मनाइने विश्व रक्तदाता दिवसको अवसरमा रामेछापमा रक्तदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकोे छ । जनस्वास्थ्य कार्यालय रामेछापको आयोजना, रामेछाप अस्पतालको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाको समन्वयमा आयोजित कार्यक्रममा रक्तदानमा १४ जना व्यक्तिहरुले रगत दान गरेका छन् । कार्यक्रम रामेछाप अस्पताल परिसरमा आयोजना गरिएको थियो ।

रक्तदानको वैज्ञानिक महत्व, सामाजिक योगदान र नियमित रक्तदानको आवश्यकताबारे अन्तरक्रिया समेत गरिएको थियो । कार्यक्रममा जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभु कुमार झाले रगतदान स्वास्थ्यका लागि हानिकारक नभई लाभदायक हुने उल्लेख गर्दै भने, “हरेक व्यक्तिले तीन–तीन महिनाको फरकमा रक्तदान गरेमा रगत अभावको कारण कुनै पनि बिरामीले ज्यान गुमाउनु नपर्ने अवस्था आउन सक्छ ।” उनले रक्तदानलाई ‘जीवन दान’ को रुपमा बुझ्न आग्रह गरे ।

त्यस्तै, नेपाल रेडक्रस सोसाइटी रामेछापका अध्यक्ष शिव कुमार कार्कीले रेडक्रसले लामो समयदेखि जिल्लामा नियमित रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी गराउँदै भने, “रगत अभावका कारण ज्यान गुमाउनुपर्ने अवस्थालाई न्यूनीकरण गर्न स्थायी र नियमित रक्त संकलन प्रणालीको खाँचो छ । यसका लागि स्थानीय तह, युवा समूह र स्वास्थ्य संस्थाबीच सहकार्य आवश्यक छ ।”

उनले स्थानीय सरकारहरूलाई प्रत्येक वडामा नियमित रक्तदान अभियान सञ्चालन गर्न समेत आग्रह गरे । कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले विद्यमान स्वास्थ्य संरचनामा रगत संकलन र वितरण व्यवस्थालाई थप प्रभावकारी बनाउन नीति र योजना आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा विगतमा धेरै पटक रक्तदान गरेका व्यक्ति तथा विभिन्न संघ–संस्थाहरुलाई सम्मान गरिनुका साथै प्रशंसा–पत्र प्रदान गरिएको थियो । कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेवक र सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper