Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछाप अस्पतालको बेरुजु शून्यः सुशासनको नमूना

संवादाताः रामचन्द्र वि.क.
जेष्ठ ९, २०८२

रामेछाप- रामेछाप प्रादेशिक अस्पतालले सार्वजनिक वित्तीय व्यवस्थापनमा उल्लेखनीय सफलता हात पारेको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदनअनुसार अस्पतालको बेरुजु रकम शून्य देखिएको छ । महालेखापरीक्षकको ६२ औं प्रतिवेदनअनुसार उक्त वर्ष अस्पतालमा ९ करोड २४ लाख ९१ हजार रुपैयाँको लेखापरीक्षण गरिएको थियो । यति ठूलो रकमको लेखाजोखा हुँदाहुँदै पनि कुनै आर्थिक अनियमितता नदेखिनु अस्पताल प्रशासनको सुशासन र पारदर्शिताको प्रमाण हो । अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा पनि अस्पतालको बेरुजु शून्य थियो, जसले दुई वर्षदेखि निरन्तर पारदर्शी आर्थिक अभ्यास भइरहेको पुष्टि गरेको छ ।

अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष यमकुमार पाख्रिनले नेतृत्वकर्ताको सोच, प्रतिबद्धता र पारदर्शी कार्यशैलीले यस्तो उपलब्धि सम्भव भएको बताए । उनले भने, “यदि कुनै पनि सार्वजनिक निकायका नेतृत्वले नागरिक र सुशासनप्रति उत्तरदायी भएर काम गरे, हरेक प्रक्रिया पारदर्शी बनाइयो भने त्यस संस्थाको मूल्यांकन सकारात्मक हुन्छ । रामेछाप अस्पताल त्यसको जीवित उदाहरण हो ।”

निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठले पनि आर्थिक शुद्धता र सेवा प्रवाहमा पारदर्शिता नै प्रमुख कारण भएको बताए । “हामी हाम्रा हरेक गतिविधिबारे जानकारी दिन सधैं तयार छौं । राज्यका कुनै पनि निकायबाट मूल्यांकन हुँदा स्पष्ट विवरण दिन सक्ने अवस्थामा छौं,” उनले भने, “त्यसैले हाम्रा सेवा र आर्थिक गतिविधि दुवै क्षेत्रमा मितव्ययिता कायम गर्न सफल भएका छौं ।”

रामेछाप अस्पतालले यसअघि पनि उल्लेखनीय सफलता हात पारेको थियो । बागमती प्रदेशअन्तर्गत रहेका ५० शैयाका प्रादेशिक अस्पतालमध्ये ८९ प्रतिशत अंक प्राप्त गर्दै प्रदेशभर दोस्रो स्थान हासिल गरेको थियो ।

अस्पतालले हाल सामान्य रोगको उपचारदेखि जटिल शल्यक्रिया सेवा समेत प्रभावकारी ढंगले प्रदान गर्दै आएको छ । पूर्वाधार सुधार, जनशक्ति व्यवस्थापन र सेवा विस्तारसँगै यहाँका स्वास्थ्य सेवा नागरिकमैत्री बन्दै गएका छन् ।

Related Posts

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper