Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

लिखुतामाकोशीको ८ महिनाको प्रगतिः ४५ प्रतिशत खर्च, १ सय १३ योजना सम्झौता भई काम हुँदै

संवादाताः रामचन्द्र वि.क.
बैशाख ५, २०८२

रामेछाप- लिखुतामाकोशी गाउँपालिकाको चालु आर्थिक वर्षको दोस्रो चौमासिक सम्ममा प्रवाह भएका सार्वजनिक सेवा, विकास निर्माणको अवस्था, सेवा र विकास निर्माणको गुणस्तरीयता पालिकाबाट संचालनमा रहेका विभिन्न योजनाहरूको बारेमा सार्वजनिक सुनुवाइ मार्फत स्थानीय नागरिकको सहभागितामा सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को दोस्रो चौमासिकसम्ममा पालिका भित्र संचालनमा रहेका विकास निर्माणका योजना र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन गाउँपालिकामा स्थानीयहरूको सहभागितामा उनीहरूबाट आएका प्रश्नको उत्तर दिँदै सुझाव लिएर गाउँपालिकालाई थप सुशासनमैत्री बनाउँदै अगाडि बढ्ने उद्देश्य सहित सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो । 

सार्वजनिक सुनुवाइ कार्यक्रममा पालिकामा चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्ममा प्रवाह भएका सेवा तथा संचालनमा रहेका विकास निर्माणको अवस्था र आर्थिक प्रगतिको विवरण लिखुतामाकोशी गाउँपालिकाका पूर्वाधार विकास शाखाका प्रमुख सन्तोष जिसीले प्रस्तुत गरेका थिए । जिसीले प्रस्तुत गरेको दोस्रो चौमासिक सम्मको वित्तीय प्रगतिमा चालु तर्फ ५८.७६ प्रतिशत खर्च भएको छ भने पुँजीगत तर्फ २२.८६ प्रतिशत खर्च भएको छ । जिसीले प्रस्तुत गरेको वित्तीय प्रगतिमा विवरणमा चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्ममा चालु र पुँजीगत गरी जम्मा ४५.०८ प्रतिशत खर्च भएको उल्लेख छ । 

त्यस्तै जिसीका अनुसार लिखुतामाकोशी गाउँपालिकाका कुल आयोजना १८० मध्ये १ सय १३ ओटा आयोजना सम्झौता भई २५ ओटा सम्पन्न भएर भुक्तानी समेत भएको र सम्झौता भएका बाँकी आयोजनाहरूको काम समेत भइरहेका छन् । सम्झौता हुन बाँकी ३१ ओटा आयोजनालाई पनि सम्झौता गर्न विभिन्न प्रक्रियाहरू अगाडि बढाइएको उनले बताए । 

जिसीले प्रस्तुत गरेको गाउँपालिकाको प्रगति विवरणमा स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरू पालिका देखि वडा तहसम्म सम्पन्न भएका, आमा सुरक्षा अन्तरगत गर्भवती जाँच तथा सुत्केरी महिलालाई प्रोत्साहन भत्ता प्रदान, लगायतका कार्य सम्पन्न भइसकेका छन् । 

चालु आर्थिक वर्षमा पालिका भित्र संचालनमा रहेका विकास निर्माणका योजना र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नागरिक तहबाट विभिन्न सुझावको अपेक्षा सहित आयोजना गरिएको सार्वजनिक सुनुवाइको बारेमा जानकारी गराउँदै गाउँपालिका उपाध्यक्ष दिपा पाख्रिनले कार्यक्रममा सहभागीलाई प्रश्न, गुनासा र सुझाव दिन आग्रह गरेपछि कार्यक्रममा गुनासो, प्रश्न र सुझाव राख्न आएका पालिकावासीले पालिकाबाट संचालनमा रहेका विकास निर्माणमा भएको ढिलासुस्तीलाई चाँडो सम्पन्न गर्न अनुरोध गर्दै कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक विकास लगायतका काममा नागरिकसँग थप समन्वय गरेर काम गर्न सुझाव दिएका थिए । उनीहरूले गाउँपालिकाको प्रशासकीय भवन हालसम्म बन्न नसकेको, एम्बुलेन्स संचालनमा विभिन्न समस्या देखिएको, अस्पतालको भवन बन्न ढिलाइ भएको, भौतिक पूर्वाधारका काममा ढिला भएको लगायतका समस्या राखेका थिए । सार्वजनिक सुनुवाइमा प्रश्नकर्ताहरूले गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूलाई स्थानीय नागरिकहरूसँग समन्वय गरेर नागरिकका अपेक्षा अनुसारका काम गर्न अनुरोध समेत गरेका थिए ।

गाउँपालिकाबाट प्रवाह भएका काम र सेवा प्रवाहको बारेमा राखेका विभिन्न जिज्ञासा तथा प्रश्नको बारेमा लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले जवाफ दिँदै पालिकाको चौतर्फी विकासको लागि नागरिकहरूले दिएका सुझावलाई आत्मसात् गर्दै सिंगो गाउँपालिकाको टिमले पुरा गर्ने धारणा व्यक्त गरे । अध्यक्ष महतले नागरिकहरूले उठाएका विभिन्न गुनासा र सुझावहरूलाई कार्यान्वयन गर्न नागरिकको समेत सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै आगामी दिनमा पालिका र वडाबाट हुने काममा नागरिकलाई साथ आग्रह गरे ।

सार्वजनिक सुनुवाइमा उठेका विभिन्न विषयमा जवाफ दिँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामसिंह डाडलले गाउँपालिकाबाट प्रवाह हुने सार्वजनिक सेवा र विकास निर्माणका कामलाई थप पारदर्शी बनाउँदै नागरिकमैत्री बनाउनेमा आफू र पालिकाको सिंगो कर्मचारीको टिम लागेर काम गर्ने प्रतिबद्धता जनाए । 

कार्यक्रममा नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिकाका सभापति भोजराज खड्का (सुन्दर), नेकपा एमाले लिखुतामाकोशी गाउँपालिका कमिटी अध्यक्ष केबी पौडेल, नेकपा माओवादी केन्द्र लिखुतामाकोशी गाउँपालिका कमिटी अध्यक्ष शेरबहादुर खड्का र राष्ट्रिय स्वतन्त्र पार्टी लिखुतामाकोशी गाउँपालिकाका समिति सदस्य रविन महतारा लगायतले गाउँपालिकाले प्रवाह गरेका सेवा प्रवाह, विकास निर्माण लगायतका विषयमा विभिन्न टिप्पणी सहित आ–आफ्नो धारणा राखेका थिए । 

राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरूले राखेका विभिन्न प्रश्न र जिज्ञासाको जवाफ दिँदै गाउँपालिका अध्यक्ष महतले उनीहरूले दिएका विभिन्न सुझावहरूलाई आगामी दिनमा कार्यान्वयन गर्दै जाने प्रतिबद्धता जनाए ।

सार्वजनिक सुनुवाइमा वडा नं १ देखि वडा नं ७ सम्मका जनप्रतिनिधि, गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरू जबाफदेही बक्ताका रुपमा सहभागी रहेका थिए । 

Related Posts

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper