Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

कर्मचारी मिलन केन्द्रद्वारा शुभकामना आदानप्रदान

संवादाताः रामचन्द्र वि.क.
बैशाख ३, २०८२

रामेछाप- कर्मचारी मिलन केन्द्र रामेछाप र लेखा समूह रामेछापले संयुक्त रुपमा नयाँ वर्षको शुभकामना आदानप्रदान तथा  २०८२ सालको भित्ते पात्रो तथा टेबुल पात्रो सार्वजनिक गरेका छन् । बुधवार एक कार्यक्रमको आयोजना गरी रामेछाप जिल्लामा कार्यरत सरकारी कर्मचारीहरू बिचमा २०८२ सालको शुभकामना आदानप्रदान सँगै कर्मचारी मिलन केन्द्र रामेछापद्वारा प्रकाशित भित्ते पात्रो र लेखा समूह रामेछापद्वारा प्रकाशित २०८२ सालको टेबुल पात्रो सार्वजनिक गरिएको हो । कर्मचारी मिलन केन्द्रका संरक्षक समेत रहेका रामेछापका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख लगायतका कर्मचारीहरूको सहभागिता रहेको थियो। 

प्रजिअ पौडेलले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई नयाँ वर्षको शुभकामना दिँदै नयाँ उत्साह र ऊर्जाका साथ नागरिकमुखी सेवा प्रवाहमा समर्पित हुन कर्मचारीलाई आग्रह गरे । त्यस्तै कर्मचारी मिलन केन्द्र रामेछापद्वारा प्रकाशित भित्ते पात्रो र लेखा समूह रामेछापद्वारा प्रकाशित २०८२ सालको टेबुल पात्रो सार्वजनिक गर्दै प्रजिअ पौडेलले भित्ते पात्रोमा जिल्लाका स्थानीय तह,  संघीय र प्रदेश मातहतका जिल्लाका सरकारी कार्यालयको प्रमुख र उनीहरूको सम्पर्क नम्बर सहितको विवरण समेत उल्लेख भएको र त्यस्ता विवरणहरूले सरकारी कार्यालयबिच समन्वय र सहकार्यमा थप सहजता आउने विश्वास व्यक्त गरे।

कार्यक्रममा बोल्दै कर्मचारी मिलन केन्द्र रामेछापका उपाध्यक्ष दीपक कुमार श्रेष्ठले नयाँ वर्ष २०८२ लाई कर्मचारीहरूबिचको आपसी सम्बन्ध सुदृढ बनाउने वर्षको रूपमा लिनुपर्ने धारणा राखे । लेखा समूह रामेछापको अध्यक्ष समेत रहेका श्रेष्ठले कर्मचारी मिलन केन्द्रले यस किसिमका कार्यक्रममार्फत सेवामा कार्यरत कर्मचारीहरूबिचको आत्मीयता र समझदारी अभिवृद्धि गर्ने  लक्ष्य लिएको बताए।

कर्मचारी मिलन केन्द्र रामेछापका सचिव अमर गिरीका अनुसार शुभकामना आदानप्रदान तथा भित्ते पात्रो सार्वजनिक कार्यक्रममा सहभागी भएका कार्यालय प्रमुख र कर्मचारीहरूले एक अर्कालाई फुलको गुच्छा दिँदै शुभकामना साटासाट गरेका थिए।

Related Posts

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper