Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home कुराकानी

अन्तरवार्ताः हामी आश्वासन मात्र होइन, विद्यार्थीको हकहितका लागि अडिग भएर काम गर्नेछौं

संवादाताः हाम्रो प्रहार
चैत्र ३, २०८१

चैत्र ५ गते देशभर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ  । रामेछापको सदरमुकाम मन्थलीस्थित मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा पनि सोही दिन निर्वाचन हुनेछ  । उक्त क्याम्पसमा तीन फरक विद्यार्थी संगठनहरू छुट्टाछुट्टै समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन्  । नेपाल विद्यार्थी संघ (नेविसंघ) का तर्फबाट अध्यक्ष पदका उम्मेदवार विपुल रोकासँग उनको नेतृत्वमा रहेको प्यानलले विद्यार्थीका लागि के-के योजना अघि सारेको छ ? उनीहरूको प्रमुख प्रतिबद्धता के-के हुन् ? यिनै विषयमा केन्द्रित रहेर हाम्रो प्रहार डटकमका प्रधान सम्पादक रामचन्द्र विकले गर्नु भएको  कुराकानीको सम्पादित अंश प्रस्तुत छ ।

स्ववियु निर्वाचन २०८१ को प्रतिस्पर्धा कस्तो देख्नुभएको छ? तपाईंको प्यानलले किन जित्नु पर्ने ?

स्ववियु निर्वाचन २०८१ प्रतिस्पर्धात्मक र रोचक रहेको छ । विद्यार्थीहरुले कसरी सक्षम नेतृत्व छान्ने भन्ने निर्णय गर्नुपरेको छ । हाम्रो प्यानलले शैक्षिक सुधार, विद्यार्थी हकहित र क्याम्पसको समग्र विकासका लागि ठोस योजना प्रस्तुत गरेका छौं । यसका लागि हाम्रो नेतृत्व आवश्यक छ ।

तपाईंको प्यानलले जारी गरेको प्रतिबद्धता पत्रमा मुख्य प्राथमिकताका क्षेत्रहरु के-के छन् ?

हाम्रो प्रतिबद्धता पत्रमा विद्यार्थीहरुको शैक्षिक, भौतिक, तथा प्रविधिमैत्री सुविधा विस्तारलाई मुख्य प्राथमिकता दिइएको छ । प्रमुख प्रतिबद्धताहरुमा:

• INSU SCHOOL OF POLITICAL LEADERSHIP को स्थापना गरी विद्यार्थीहरुलाई संचारकला, राजनीतिक नेतृत्व, टिम बिल्डिङ, भावनात्मक बुद्धिमत्ता जस्ता सीप प्रदान गर्ने ।
• स्ववियु कप को स्थापना गरी खेलकुद प्रवर्द्धन गर्ने ।
• आर्थिक रूपमा कमजोर विद्यार्थीका लागि बाह्य श्रोत व्यवस्थापन गरी छात्रवृत्तिका लागि पहल गर्ने ।
• QAA (Quality Assurance and Accreditation) सुनिश्चिताका लागि विशेष पहल गर्ने ।
• विद्यार्थीहरुलाई अनलाइन कक्षा तथा लोकसेवा तयारी कक्षाको व्यवस्था मिलाउने ।
• क्याम्पस परिसरलाई स्वच्छ, सुन्दर बनाउन सरसफाई अभियान सञ्चालन गर्ने ।
• E-Library को स्थापना गरी विद्यार्थीहरुलाई सहज अध्ययनको वातावरण प्रदान गर्ने ।

विद्यार्थी समुदायलाई तपाईंको टिमले कसरी प्रतिनिधित्व गर्नेछ ?

हामी विद्यार्थी समुदायका वास्तविक माग र समस्याहरु उठान गर्दै उनीहरुको हकहितका लागि निरन्तर संघर्ष गर्नेछौं । हाम्रो टिमले नारा मात्र होइन, ठोस कार्ययोजना सहित अघि बढ्नेछ । सबै विद्यार्थीलाई समेट्ने, कुनै पनि विभेद नगर्ने, र उनीहरुको हितमा नीतिगत तथा व्यवहारिक सुधारका कार्यक्रम ल्याउनेछौं ।

तपाईंबाट विद्यार्थीले के अपेक्षा गर्न सक्छन् ?

विद्यार्थीहरुले हामीबाट पारदर्शी, निस्वार्थ र प्रभावकारी नेतृत्वको अपेक्षा गर्न सक्छन् । हामी सबै विद्यार्थी साथीहरुसँग सहकार्य गर्दै उनीहरुको भविष्य निर्माणका लागि आवश्यक वातावरण तयार पार्नेछौं ।

अन्त्यमा, मतदाताहरुलाई के सन्देश दिन चाहनुहुन्छ?

हामीले प्रस्तुत गरेका प्रतिबद्धताहरु केवल आश्वासन मात्र होइन, हामी विद्यार्थी हकहितका लागि अडिग भएर काम गर्नेछौं । तपाईंको अमूल्य मतले हाम्रो नेतृत्वलाई जित दिलाएर हाम्रो योजना कार्यान्वयन गर्ने अवसर दिनुहोस् । जय नेपाल !

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper