Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

लिखुतामाकोशीको ‘डिजिटल’ प्रणालीको स्वास्थ्य सेवा: एक वर्षमा ८ सय बढीले लिए सेवा

संवादाताः हाम्रो प्रहार
माघ ८, २०८१

रामेछाप- रामेछापको लिखुतामाकोशी गाउँपालिकामा गएको वर्ष देखि संचालनमा आएको ‘डिजिटल प्राथमिक स्वास्थ्य सेवा’ बाट ८ सय भन्दा बढी नागरिकले सेवा लिएका छन् । गएको वर्ष देखि गणेश उज्जन (भुवन) स्मृति प्रतिष्ठान र एनपीओ आशा जापानको सहकार्यमा संचालन भएको ‘डिजिटल प्राथमिक स्वास्थ्य सेवा’ बाट गाउँपालिका भित्रका ८ सय भन्दा बढीले सेवा लिएका हुन् ।

एक वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले एक वर्षमा ‘डिजिटल प्राथमिक स्वास्थ्य सेवा’ मार्फत ३ सय २४ जनाले मातृ तथा शिशु स्वास्थ्य सम्बन्धी समस्याहरू दर्ता गराएका र उनीहरूलाई विभिन्न चरणमा ६ सय ५१ पटक सेवा दिइएको बताएको छ । त्यस्तै ४ सय ९३ जना दीर्घरोगीहरू आफ्नो समस्या सहित दर्ता गराएका (मधुमेह, उच्च रक्तचाप, दम) र दर्ता मध्ये ७ सय ३१ पटक सेवा दिइएको संस्थाले आफ्नो प्रगति विवरणमा प्रस्तुत गरेको छ । त्यसै गरी वार्षिक प्रगति प्रतिवेदनमा प्राथमिक उपचार तालिमलाई सरल र उपयोगी बनाउँदै १५ विद्यालयका ३ सय ५ जना विद्यार्थीहरूलाई प्रशिक्षण प्रदान गरिएको उल्लेख छ ।

कार्यक्रममा बोल्दै लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले गाउँपालिकाको ‘स्वस्थ नागरिक बनाउने’ अभियानमा गणेश उज्जन (भुवन) स्मृति प्रतिष्ठान र एनपीओ आशा जापानको सहकार्यमा ‘डिजिटल प्राथमिक स्वास्थ्य सेवा’ मार्फत नागरिकलाई दिइएको सेवा धेरै प्रभावकारी भएको बताउँदै उक्त कार्यको लागि गाउँपालिकाले पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाए । अध्यक्ष महतले स्वास्थ्य जस्तो संवेदनशील कार्यमा सहयोग गर्ने प्रतिष्ठानसँग मिलेर अन्य काम पनि गर्न सकिने धारणा व्यक्त गरे । 

प्रतिष्ठानकी अध्यक्ष सावित्री श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १ देखि ७ सम्मका वडाध्यक्षहरू, पालिकाका १५ विद्यालयका प्रधानाध्यापकहरू र स्वास्थ्य इन्चार्जहरू सहभागी रहेका थिए । कार्यक्रममा एनपीओ आशा जापानका अध्यक्ष योशिफुमी निनले यो कार्यक्रमले डिजिटल प्रविधिमार्फत स्वास्थ्य सेवामा ल्याएको सकारात्मक प्रभावबारे आफ्नो विचार राख्दै ग्रामीण क्षेत्रका नागरिकले सहज रूपमा सेवा पाउनु ठुलो उपलब्धि भएको धारणा व्यक्त गरे ।

सल्लाहकार राजकुमार श्रेष्ठले शिक्षा, स्वास्थ्य, र सामाजिक विकासमा प्रतिष्ठानको भूमिकालाई महत्त्वपूर्ण बताउँदै समुदायको स्वास्थ्य सुधारका लागि यस कार्यक्रमको आवश्यकता र महत्वलाई प्रस्तुत गरेका थिए । 

गएको वर्ष देखि संचालन भएको कार्यक्रम गाउँपालिकामा निरन्तर रूपमा संचालन हुने कार्यक्रमका परियोजना संयोजक गणेशमान लामाले बताए । 

कार्यक्रममा उत्कृष्ट योगदान गर्ने समुदाय स्वास्थ्य कार्यकर्ता वर्ष २०२४ पुरस्कार लालमाया तामाङ वडा नंं ५, समुदाय प्रभाव पुरस्कार सस्मिता माझी वडा नं ६ र नेतृत्व पुरस्कार उर्मिला पौडेल वडा नं २ लाई प्रदान गरिएको प्रतिष्ठानका सचिव रामहरि केसीले बताए ।

केसीका अनुसार आगामी वर्ष देखि प्रतिष्ठानकै सहयोगमा जेष्ठ नागरिक हेरचाह सेवा सुरु गरी जेष्ठ नागरिकको स्वास्थ्यमा विशेष ध्यान दिने र उनीहरूको जीवनस्तर सुधारमा काम गर्ने योजना रहेको छ । 

Related Posts

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी
समाचार

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी

संवादाताः हाम्रो प्रहार
जेष्ठ २४, २०८३
0

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको सभापतिमा रमेश कुमार रायमाझी निर्वाचित भएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको पहिलो...

पुरा पढ्नुहोस्
वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण
समाचार

वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण

संवादाताः हाम्रो प्रहार
जेष्ठ २२, २०८३
0

रामेछाप- विश्व वातावरण दिवसको अवसर पारेर रामेछाप जेसिजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु...

पुरा पढ्नुहोस्
लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper