Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home खेलकुद

अन्तर्राष्ट्रिय स्वर्ण पदक जित्ने खेलाडी सम्मानित

संवादाताः रामचन्द्र वि.क.
असार २५, २०८१

रामेछाप– न्युजिल्याण्डमा भएको दोस्रो आईटीएफ (तेक्वान्दो) अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा स्वर्ण पदक जितेका रुपसिंह तामाङलाई रामेछापको सुनापति गाउँपालिकाले सम्मान गरेको छ । न्युजिल्यान्डको हास्टिङ स्पोर्ट्स सेन्टरमा जुन ४ देखि भएको प्रतियोगिताको भेट्रान्स स्पेसल टेक्निकमा स्वर्ण जितेका तामाङलाई गाउँपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । सम्मानित तामाङ खाँडादेवी गाउँपालिका वडा नं ७ का स्थानीय हुन् । 

त्यसै गरी गाउँपालिकाले सातौँ एसियन तेक्वान्दो (अन्तर्राष्ट्रिय) प्रतियोगितामा भाग लिएर पदक जित्ने सुनापति गाउँपालिकाका तीन खेलाडीहरूलाई पनि नगद पुरस्कार सहित सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरूमा स्वर्ण पदक जित्ने सुनापति गाउँपालिका वडा नं २ की विनिता थापा मगर, रजत र कास्य पदक जित्ने वडा नं ३ का अनिल खड्का र साहिल दोङ रहेका छन् । तेक्वान्दो खेलाडी सँगै सुनापती गाउँपालिकाका तेक्वान्दो प्रशिक्षक समेत रहेका  सपूत मोक्तानलाई पनि गाउँपालिकाले सम्मान गरेको छ । सातौँ एसियन तेक्वान्दो (अन्तर्राष्ट्रिय) प्रतियोगितामामा नेपालकै तर्फबाट राम्रो कोच गरी सुनापति गाउँपालिकाको खेलाडीलाई स्वर्ण र कास्य पदक दिलाउन सफल भएको भन्दै गाउँपालिकाले उनलाई नगद पुरस्कार सहित सम्मान गरेको हो । 

सम्मानित हुने सबै खेलाडी र प्रशिक्षकलाई गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ र प्रमुख प्रशासकीय अधिकृत दिलकृष्ण श्रेष्ठले सम्मान गरेका थिए । 

५० भन्दा बढी देशलाई पछि पार्दै स्वर्ण पदक जितेका तामाङलाई सम्मान गर्दै सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले दुर्गम गाउँको एउटा खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेर देशलाई नै चिनाउने काम भएकोमा खुसी व्यक्त गरे । अध्यक्ष तामाङले रामेछापको खेलाडीले अन्तर्राष्ट्रिय स्तरको स्वर्ण पदक जित्ने खेलाडीलाई सम्मान गर्न पाउँदा आफूले नै खेल जितेको जस्तो महसुस भएको धारणा राखे । उनले तेक्वान्दो खेलबाट सुनापति गाउँपालिकालाई चिनाउने गरी तेक्वान्दो खेललाई अगाडि बढाउन गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलकृष्ण श्रेष्ठले खेलाडी र खेल राष्ट्रकै सम्पत्ति भएकाले राष्ट्रको सम्पत्तिलाई संरक्षण गर्दै खेलकै माध्यमबाट देशलाई चिनाउन सक्ने गरी खेलकुदलाई प्राथमिकतामा राखेर अगाडि बढ्नु पर्ने भनाइ राखे । उनले तेक्वान्दो र अन्य विभिन्न खेलकुदको लागि गाउँपालिकाको तर्फबाट सहयोग हुने प्रतिबद्धता जनाए । 

न्युजिल्याण्डमा भएको दोस्रो आईटीएफ (तेक्वान्दो) अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा स्वर्ण पदक जितेका रुपसिंह तामाङले गाउँपालिकाले आफू र अन्य विभिन्न खेलाडीलाई सम्मान गरेकोमा खुसी व्यक्त गर्दै तेक्वान्दो खेललाई गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्नु पर्ने धारणा राखे । उनले रामेछापका सबै स्थानीय तहहरूले तेक्वान्दो र अन्य खेललाई राम्रोसँग खेलाउन सके राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएर दर्जनौँ पदकहरू दिलाउन सकिने दाबी गर्दै रामेछापका स्थानीय तहहरूले त्यता तर्फ ध्यान दिनु पर्नेमा जोड दिए । 

गाउँपालिकाकै हलमा भएको बधाई, सम्मान र पुरस्कार वितरण कार्यक्रममा सुनापति गाउँपालिकाका वडाध्यक्षहरू, खेल प्रशिक्षक, खेलाडी, समाजसेवी लगायतको सहभागिता रहेको थियो । 

Related Posts

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper