Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

सुनापतिको नीति, कार्यक्रम र बजेट: गाँजा खेतीको सम्भाव्यता अध्ययन, बुद्धचित्तको खेती

संवादाताः रामचन्द्र वि.क.
असार ११, २०८१

रामेछाप– रामेछापको सुनापति गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि नीति तथा कार्यक्रम ल्याएको छ । सोमबार सम्पन्न सुनापति गाउँपालिकाको गाउँ सभाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि नीति तथा कार्यक्रम ल्याएको हो । 

गाउँपालिकाले आर्थिक विकासलाई प्राथमिकतामा राखेर कृषि, पशु सेवा, उद्यम विकास, सहकारी क्षेत्र, वैदेशिक रोजगार, पर्यटन जस्ता क्षेत्रलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेको छ । 

सुनापति गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउन खाद्यान्न बाली प्रवर्द्धन कार्यक्रम संचालन गरिने, कृषिमा आधुनिकीकरणलाई प्राथमिकता दिने, सेतो मकै, टिमुर र सिस्नुलाई प्याकेजिङ र ब्राण्डिङ गर्ने, गाँजा खेतीको लागि सम्भाव्यता अध्ययन तथा अनुसन्धान कार्य अगाडि बढाउने, बहुमूल्य बुद्धचित्तको खेतीलाई व्यावसायिक रूपमा अगाडि बढाउन ‘एक सदस्य एक बुद्धचित्त, विद्यालय र समुदायको बगैँचा भित्र’ अभियान चलाउने जस्ता कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरेको छ । 

गाउँपालिका उपाध्यक्ष गिता विष्ट चौलागाईले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आर्थिक विकाससँगै सामाजिक विकास अन्तरगत शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य, महिला तथा बालबालिका लगायतका क्षेत्रलाई समावेश गरी विभिन्न कार्यक्रमहरू गरिने उल्लेख छ । त्यस्तै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पूर्वाधार विकास क्षेत्र अन्तरगत एक टोल एक पोखरी निर्माण, पानीको स्रोत वृद्धि गर्न वन जंगल क्षेत्रमा पोखरी निर्माण, एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिने जस्ता कार्यक्रम पनि नीति तथा कार्यक्रममा समावेश भएका छन् । 

सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा कुनै टिप्पणी भए वा कुनै सुझाव भए सभाका सदस्यहरूलाई आफ्नो ठाउँबाट उठेर प्रस्तुत गर्न गाउँपालिका अध्यक्ष तथा सभाका अध्यक्ष ठुलोकान्छा तामाङले समय दिएका थिए । नीति तथा कार्यक्रमलाई पास गराउनको लागि सभाका अध्यक्ष ठुलोकान्छा तामाङले सभामा पेश गरेका थिए भने सभामा पेश भएको नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पास भएको थियो । 

आगामी वर्षको लागि ५६ करोड ९० लाख ५२ हजारको बजेट

सुनापति गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि ५६ करोड ९० लाख ५२ हजार रुपैयाँको बजेट ल्याएको छ । आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रमलाई कार्यान्वयनको लागि विभिन्न क्षेत्रलाई समेटेर सोमबार सम्पन्न भएको गाउँ सभाले ५६ करोड ९० लाख ५२ हजार बराबरको बजेट ल्याएको हो । उपाध्यक्ष गिता विष्ट चौलागाईँले गाउँ सभामा प्रस्तुत गरेको बजेटमा आर्थिक विकास तर्फ ८५ लाख ३८ हजार ८ सय, सामाजिक विकास तर्फ २ करोड ४६ लाख २५ हजार, पूर्वाधार विकास तर्फ ७ करोड ४२ लाख ५० हजार, वन तथा वातावरण विपद् व्यवस्थापन तर्फ ४० लाख, संस्थागत विकास र सुशासन तर्फ ४१ लाख ३४ हजार विनियोजन भएको छ ।

त्यस्तै वडा तर्फ वडा नं १ लाई ४५ लाख ७५ हजार, वडा नं २ लाई ४२ लाख ८८ हजार, वडा नं ३ लाई ४२ लाख ९५ हजार वडा नं ४ लाई ४७ लाख ६४ हजार र वडा नं ५ लाई ४५ लाख ७८ हजार गरी कुल वडागत रूपमा योजनाहरू तर्फ २ करोड २५ लाख रकम विनियोजन भएको छ । 

यस्तो छ चालु आवमा भएका काम र आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट

सुनापति-गाउँपालिकाको-आव-२०८१-०८२-नीति-तथा-कार्यक्रमDownload
सुनापति-गाउँपालिकाको-आव-२०८१-०८२-बजेटDownload

Related Posts

सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिन्छु : प्रमुख प्रशासकीय अधिकृत नेगी
समाचार

सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिन्छु : प्रमुख प्रशासकीय अधिकृत नेगी

संवादाताः हाम्रो प्रहार
अशोज २५, २०८३
0

रामेछाप-  सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगीले सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्...

पुरा पढ्नुहोस्
चुनावी घोषणापत्रमा उल्लेख गरेभन्दा बढी काम गरिरहेका छौँ : अध्यक्ष तामाङ
समाचार

चुनावी घोषणापत्रमा उल्लेख गरेभन्दा बढी काम गरिरहेका छौँ : अध्यक्ष तामाङ

संवादाताः हाम्रो प्रहार
अशोज २४, २०८३
0

रामेछाप- रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले चुनावी घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धताभन्दा बढी काम गर्ने लक्ष्यसहित गाउँपालिका अघि बढिरहेको बताएका...

पुरा पढ्नुहोस्
आफ्नो अनुभव सुनाउँदै सुरेश श्रेष्ठले भने– ‘तीता क्षण बिर्सिन्छु, मीठा अनुभव बोकेर जान्छु’
समाचार

आफ्नो अनुभव सुनाउँदै सुरेश श्रेष्ठले भने– ‘तीता क्षण बिर्सिन्छु, मीठा अनुभव बोकेर जान्छु’

संवादाताः रामचन्द्र वि.क.
अशोज २४, २०८३
0

रामेछाप– कुनै ठाउँमा पुग्नु र त्यहाँको जिम्मेवारी पूरा गरेर बिदा हुनु सामान्य प्रशासनिक प्रक्रिया हो । तर, त्यो अवधिमा बनाएका...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper