Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

नयाँ वर्षमा काठमाडौँ–ताँवेडाँडा ‘बाइक यात्रा’

संवादाताः रामचन्द्र वि.क.
चैत्र १५, २०८०

रामेछाप- रामेछापको उत्तरी क्षत्रमा अवस्थित पर्यटकीय स्थल ताँबेडाँडाको पर्यटन प्रवर्द्धन गर्न ‘बुलेट बाइक यात्रा’ हुने भएको छ । सङ्घीय राजधानी काठमाण्डौबाट सुरु हुने बुलेट बाइक यात्रा बिपी राजमार्ग–रामेछापको सदरमुकाम मन्थली हुँदै उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकाको संगम स्थलमा रहेको पर्यटकीय स्थल ताँबेडाडामा पुग्ने छ । नयाँ वर्ष २०८१ सालको पहिलो दिन अर्थात् वैशाख १ गते झन्डै तीन दर्जन बुलेट बाइकमा ताँबे डाँडा पुग्ने यात्रुहरूको टोलीले ताँबेडाँडामा पर्यटकहरू भित्र्याउनलाई एउटा सकारात्मक सन्देश दिने बताइएको छ । 

२०८० साल चैत्र ३० गते काठमाण्डौको तीनकुनेबाट सुरु भएको बाइक यात्रा बिपी राजमार्ग, रामेछापको सदरमुकाम मन्थली हुँदै गोकुलगंगा गाउँपालिकाको वडा नं ३ रस्नालुमा पुगेर बास बस्ने र २०८१ साल वैशाख १ गते ताँबेडाँडा पुग्ने कार्य तालिका रहेको  बाइक यात्रा टोलीका सदस्य मोहन बस्नेतले बताए । ‘आन्तरिक पर्यटन प्रवर्द्धन गरौँ’ भन्ने नाराका साथ नेपाल बुलेट हाउसले आयोजना गर्न लागेको ‘बुलेट बाइक यात्रा’ को हाल तयारी भइरहेको बस्नेतले बताए । 

रामेछापका विभिन्न पर्यटकीय स्थलहरू मध्ये उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाको संगस्थलमा रहेको ताँबेडाँडाको प्रचार प्रसार नहुँदा त्यस क्षेत्र ओझेलमा परेको र पर्यटकीय क्षत्रको राम्रो सम्भावना बोकेको ताँबे क्षत्रलाई थप चिनाउने उद्देश्यले ‘बुलेट बाइक यात्रा’ मार्फत प्रचार प्रसार गर्न लागिएको गोकुलगंगाका स्थानीय समेत रहेका मोहन बस्नेतले बताए । बस्नेतले ताँमेडाँडाबाट देखिने दृश्यको बारेमा बताउँदै भने– ‘शैलुङ, कालिन्चोक, खरिढुंगा, चरिकोट, दोलखा बजार, मैनापोखरी, जिरीको मनोरम दृृष्यसँगै गौरीशङ्कर, गणेश, जुगल, गौरिपर्वत, नुम्बुर, रोल्वालिङ हिमशृंखला, ग्याचुङ काङ, पुमोरी र अन्नपूर्ण हिमालको लर्कन समेत त्यस ठाउँबाट देखिने भएकाले नयाँ वर्षमा एउटा घुम्ने उपयुक्त ठाउँ ताँबेडाँडा रहेको छ । त्यसैले हामीले करिव ३ दर्जन बुलेट बाइकमा ७० जना भन्दा बढी पर्यटक पु¥याउने योजना बनाएका हौँ ।’

बुलेट बाइकमा ताँबेडाँडामा पुगेका यात्रुहरूले वैशाख १ गते ताँबेमा नै पिक्निक कार्यक्रमको समेत आयोजना गरेको बुलेट बाइक यात्रा टोलीले बताएको छ । हाल सम्म २० ओटा बाइक तयार भइसकेको र बाँकी बाइकहरूलाई पनि सहभागी गराउने गरी तयारी भइरहेको यात्रा टोलीका सदस्य मोहन बस्नेतको भनाई रहेको छ । 

ताँबेडाँडामा दिन बिताएर ‘बुलेट बाइक यात्रा’ को टोली दोलखाको जिरीमा हुने महोत्सवमा समेत सहभागी हुने कार्य तालिका रहेको बताइएको छ । 

पर्यटकीय क्षेत्रको राम्रो सम्भावना बोकेको ताँबेडाँडाको प्रचार प्रसारमा एउटा निजी क्षत्रले गर्न लागेको ‘बुलेट बाइक यात्रा’ ले थप सहयोग पुग्ने अपेक्षा रहेको उमाकुण्ड गाउँपालिका वडा नं ६ का स्थानीय हिरा श्रेष्ठले बताए ।

Related Posts

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper