Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

लिट्टिल स्टार स्कुलको १७ औँ एसइई ब्याचको बिदाइ 

संवादाताः हाम्रो प्रहार
चैत्र १०, २०८०

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीमा रहेको लिट्टिल स्टार अंग्रेजी स्कुलबाट २०८० सालमा एसइई परीक्षामा सामेल हुने विद्यार्थीहरुलाई सफलताका कामना सहित विद्यालयले बिदाइ गरेको छ । शुक्रवार विद्यालयमा बिदाइ तथा परीक्षा सफलताको शुभकामना सहित विद्यालयले विद्यार्थीहरूलाई बिदाइ गरेको हो । 

२०५२ सालमा स्थापना भएको लिट्टिल स्टार अंग्रेजी स्कुलले २०६३ सालबाट तत्कालीन एस.एल.सी परीक्षामा सामेल हुन थालेकाे हाे भने शुक्रवार बिदाइ गरिएका विद्यार्थीहरु १७ औँ ब्याचका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरेले विद्यार्थिहरुलाई उत्कृष्ट नतिजा ल्याउने गरी एसइई परीक्षामा सामेल हुन आग्रह गरे । उनले जिल्लामा पुरानो निजी विद्यालयको रूपमा आफ्नो विशिष्ट योगदान गरेको लिट्टिल स्टार अंग्रेजी स्कुलका लागि आगामी दिन पनि उत्कृष्ट हुँदै जाने बताए । 

बिदाइ तथा परीक्षा सफलताको शुभकामना कार्यक्रमका अध्यक्ष समेत रहेको विद्यालयका प्रधानाध्यापक रमेश फुयालले विद्यार्थीहरूलाई परीक्षा सफलताको शुभकामना दिँदै परीक्षामा राम्रो नतिजा ल्याउने गरी तयारी गर्न आग्रह गरे । उनले लिट्टिल स्टार अंग्रेजी विद्यालयबाट यस अघि अध्ययन सकेका विद्यार्थीहरू देशको लागि दक्ष जनशक्ति भइसकेको स्मरण गराउँदै चैत्र १५ गतेबाट हुने एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई देशको राम्रो र दक्ष जनशक्ति बन्छु भन्ने लक्ष्यका साथ अगाडि बढ्न सुझाव दिए । 

कार्यक्रममा सहभागी अभिभावकहरूले लिट्टिल स्कुलले माध्यमिक तह सम्मको शिक्षा राम्रो दिएको भन्दै धन्यवाद दिएका थिए । 

चैत्र १५ गतेबाट एसइई परीक्षामा सामेल हुने विद्यार्थीहरूले कक्षा १० सम्म अध्ययन गरेको विद्यालयलाई सधैँ स्मरण गरिरहने बताए । विद्यार्थीहरूले आफ्नो उच्च शिक्षा अध्ययनको प्रवेश विन्दु नै एसइई भएको बताउँदै एसइई परीक्षामा राम्रो नतिजा आउनेमा आफूहरू विश्वस्त रहेको दाबी गरे । 

कार्यक्रममा सामाजिक अभियन्ता सुन्दर घिमिरे, विद्यालयका सहायक प्रधानाध्यापक हस्त बहादुर लामा, पूर्व विद्यार्थी एवं राष्ट्रिय युवा परिषद्को जिल्ला प्रतिनिधि एलिना कार्की, शिक्षक तीर्थराज बराल, अमर रम्तेल लगायतले विद्यार्थीहरूलाई शुभकामना दिएका थिए ।

सोही कार्यक्रमको अवसरमा लिट्टिल स्टार अंग्रेजी स्कुलबाट साधारण धार तर्फ एसइइमा रामेछाप जिल्लाकै सबै भन्दा बढी उत्कृष्ट अंक ल्याउने ग्रिष्मा कार्कीलाई सम्मान गर्दै उनको अभिभावक गोम कार्कीलाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थी र शिक्षकहरू सामूहिक साङ्गीतिक प्रस्तुति समेत गरेका थिए ।

Related Posts

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो
समाचार

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो

संवादाताः हाम्रो प्रहार
भदौ ३१, २०८३
0

रामेछाप- नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितको सहयोगका लागि आर्थिक सहयोग गरेको छ । नेपाली काँग्रेसको मातृ संस्था समेत...

पुरा पढ्नुहोस्
उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने
समाचार

उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने

संवादाताः हाम्रो प्रहार
भदौ २७, २०८३
0

रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रामेछाप सहित गाउँपालिकाबाट प्रवाह हुने सरकारी सेवा गाउँमै पुर्‍याउने भएको छ । नागरिकहरुले...

पुरा पढ्नुहोस्
रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते
समाचार

रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते

संवादाताः हाम्रो प्रहार
भदौ २६, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा नं १ सुकाजोर खोला नजिक टाटाको योद्धा गाडि दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper