Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

दीप बहादुर स्मृति प्रतिष्ठानद्वारा  विद्यार्थीलाई पोसाक र पुस्तकालयलाई पुस्तक वितरण 

संवादाताः हाम्रो प्रहार
पुस २४, २०८०

रामेछाप– दीप बहादुर कार्की स्मृति प्रतिष्ठानले विभिन्न विद्यालयका विद्यार्थीलाई न्यानो कपडा, खाजाको लागि पैसा, इन्टरनेट शुल्क र विद्यालयको पुस्तकालयलाई विभिन्न पुस्तक सहयोग गरेको छ । रामेछाप नगरपालिकाको वडा नं ७ सुकाजोरमा रहेको प्रतिष्ठानले सोही वडामा रहेका २ विद्यालयमा अध्ययनरत विद्यार्थी र रामेछाप नगरपालिका वडा नं ८ मा रहेको अर्को विद्यालयको पुस्तकालयलाई विभिन्न पुस्तक सहयोग गरेको हो । 

रामेछापको वडा नं ७ सुकाजोरमा रहेको सेतीदेवी आधारभूत विद्यालय सिम्लेका २६ जना र सुकाजोरकै सिद्धेश्वर आधारभूत विद्यालयका २६ जना विद्यार्थीलाई न्यानो कपडा र जुत्ता–मोजा सहयोग गरिएको प्रतिष्ठानका अध्यक्ष कमल विक्रम कार्कीले बताए । त्यस्तै रामेछाप नगरपालिका वडा नं ८ मा रहेको गौरीशंकर माविमा रहेको पुस्तकालयलाई विद्यालयकै माग अनुसारका १ लाख ५० हजार बराबरका पुस्तकहरू उपलब्ध गराइएको पनि अध्यक्ष कार्की बताए । 

प्रतिष्ठानकै सहयोगमा सुकाजोरको गैयाश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई विद्यालय पोसाक, झोला, शैक्षिक सामाग्री, विद्यालयलाई आवश्यक पर्ने प्रोजेक्टर, कम्प्युटर, फर्निचर, इन्टरनेट शुल्क, विद्यार्थीका लागि प्रति विद्यार्थी १५ रुपैयाँका दरले दिवा खाजाको गागि पैसा दुई वर्ष देखि नियमित दिँदै आएको र यो वर्ष पनि दिइएको अध्यक्ष कार्कीले बताए । त्यस्तै अध्यक्ष कार्कीका अनुसार शिद्धेश्वर आविलाई गएको वर्ष देखि दिँदै आएको दिवा खाजाको प्रति विद्यार्थी १५ रुपैयाँका दरले यो वर्ष पनि दिइएको छ । 

गौरीशंकर माविमा अध्ययन गर्ने ३ जना छात्रा छात्रलाई प्रतिष्ठानले नै कक्षा ४ देखि १२ कक्षा सम्ममा शैक्षिक सामाग्री, विद्यालय पोषक र विभिन्न शीर्षकमा लाग्ने शुल्क समेत तिरिदिने व्यवस्था मिलाइएको अध्यक्ष कार्कीले बताए । 

आइतबार सम्बन्धित विद्यालयमै पुगेर रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेको प्रमुख आतिथ्ययतामा सामाग्री वितरण गरिएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले पोसाक तथा पुस्तक हस्तान्तरणले बालबालिकाको शैक्षिक प्रगतिमा ठुलो सहयोग पुग्ने धारणा राखे । 

कार्यक्रममा रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरका वडाध्यष्क समिर कार्की, प्रतिष्ठानका उपाध्यक्ष नारायण कार्की, सदस्य सुदिप कार्की लगायत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतको सहभागिता रहेको थिय ।

Related Posts

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते
समाचार

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते

संवादाताः हाम्रो प्रहार
फाल्गुन १८, २०८२
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीको सिरुबारीमा निर्वाचन सामाग्री सहित निर्वाचन कर्मचारी बोकेको मिनीट्रक दुर्घटना हुँदा दुई जनाको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper