Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

सुनापति गाउँपालिकाको प्रशासकीय भवन बिहीबारदेखि संचालनमा आउने, प्रधानमन्त्रीले उद्घाटन गर्ने

संवादाताः हाम्रो प्रहार
पुस १८, २०८०

रामेछाप- रामेछापको सुनापति गाउँपालिकाको नयाँ बनेको प्रशासकीय भवन संचालनमा आउने भएको छ । आर्थिक वर्ष २०७७/०७८ बाट निर्माण कार्य सुरु भएको भवन हाल निर्माण सम्पन्न भएर संचालनमा आउने भएको हो । भवन निर्माणको लागि गएका आर्थिक वर्षहरूमा एकै पटक पर्याप्त बजेट नभएको कारण पटक–पटकको बजेटबाट निर्माण कार्य गर्नु पर्ने भएकाले प्रशासकीय भवन बन्न ढिला भएको गाउँपालिकाले बताएको छ । 

आर्थिक वर्ष २०७७/०७८ देखि २०७९/०८० सम्ममा आइपुग्दा ६ ओटा टेन्डर गरेर काम सम्पन्न गरिएको सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सुवेदीले बताए । सुवेदीका अनुसार भवन निर्माणको लागि ४ करोड ५६ लाख ४४ हजार ५ सय १५ रुपैयाँ चार पैसाको लागत अनुमान गरिएको र इबिडिङ मार्फत घटी घटाउमा टेन्डर भएर हाल ३ करोड २८ लाख ४६ हजार ८ सय ८० रुपैयाँ ७ पैसामा निर्माण कार्य सम्पन्न भएको छ । निर्माण सम्पन्न भएको भवनमा हाल १० ओटा कोठा र २ ओटा हल रहेका छन् । 

निर्माण कार्य धेरै अगाडि सुरु गरिएको भए पनि पालिकाको अन्य विकासलाई प्राथमिकतामा राखेर वर्षैपिच्छे थोरै–थोरै बजेट थप्दै निर्माण गर्दा प्रशासकीय भवन बन्न ढिला भएको गाउँपालिका उपाध्यक्ष गिता विष्ट चौलागाईंले बताइन् । २०७४ को स्थानीय तहको निर्वाचन पछि बनेको सानो प्रिफ्याब भवनबाट सेवा दिँदा विगतमा सेवा प्रवाहमा समेत समस्या आउने गरेको बताउँदै उपाध्यक्ष चौलागाईंले अब सेवा प्रवाहमा सहज हुने धारणा व्यक्त गरिन् ।

प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने 

निर्माण कार्य सम्पन्न भएको भवनको प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले गर्ने भएका छन् । सुनापति गाउँपालिकाको वडा नं ३ हिलेदेवीमा निर्माण सम्पन्न भएको भवनको उद्घाटन बिहीबार दिउँसो प्रधानमन्त्री ‘प्रचण्ड’ ले गर्ने कार्यतालिका रहेको गाउँपालिकाले जनाएको छ । 

Related Posts

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper